नेभिगेशन
सबै कुरा

बाँकेका दुई स्थानीय तहमा पशुपालक कृषकलाई सुत्केरी भत्ता

५ भदौ, बाँके । बाँकेका दुई स्थानीय तहले पशु चौपायाबाट उत्पादनमा वृद्धि गर्न भन्दै पशुपालक कृषकलाई सुत्केरी भत्ता प्रदान गर्ने भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्लाको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले ब्याएका (सुत्केरी) गाई र भैँसीको पोषणका लागि उक्त भत्ता दिन लागेका हुन् । बीमा गरिएका पशुका कृषकलाई बैजानाथ गाउँपालिकामा रु तीन हजार र कोहलपुर नगरपालिकामा रु दुई हजार सुत्केरी भत्ता प्रदान गरिने ती स्थानीय तहका पशु विकास शाखाले जनाएका छन् । 

Ncell
Extreme Energy

“यो कृषकले असाध्यै मन पराएको कार्यक्रम हो, त्यसैले झन् यसमा आकर्षण बढ्दै गएको छ”, कोहलपुरका पशु सेवा शाखाका अधिकृत गोविन्दबहादुर रोकायले भन्छन । उनले पशु चौपाया सुत्केरी भएपछि पोषण आवश्यक हुने भएकाले उनीहरुलाई पोषणको अभाव हुन नदिन सो कार्यक्रम सुरु हुन लागेको जानकारी दिए ।  

रोकायाका अनुसार व्यावसायिक पशुपालन गरिरहेका कृषकले बढीमा रु ५० हजारसम्म र साना कृषकले रु दुई हजारदेखि रु १० हजारसम्म लगेका छन् । नगरपालिकाका १५ वडामध्ये सबैभन्दा बढी १३ नं वडामा गाई र भैँसीको सुत्केरी भत्ता लैजाने कृषक धेरै छन् । पशु सेवा शाखाको वार्षिक कार्यक्रमअनुसार पशुको लगत लिन नगरपालिकाले सूचनासमेत जारी गरेको छ । कोहलपुरमा विसं २०७५ देखि सो कार्यक्रम सुरु भएको हो ।  

गत वर्ष पाँच सय ३४ पशु चौपायाका लागि रु १० लाख छ हजार आठ सय गाई र भैँसीको सुत्केरी भत्तामा खर्च भएको थियो । यस वर्ष चार सय गाई र भैँसीका लागि रु आठ लाख सुत्केरी भत्ता प्रदान गरिने तयारी गरिएको छ । 

जिल्लाको बैजनाथ गाउँपालिकाले पशु, चौपायाको सुत्केरी भत्ताका लागि गत वर्ष रु २४ लाख २१ हजार वितरण गरेको थियो । सो पालिकामा आठ सय सात गाई र भैँसीका लागि सो रकम खर्च भएको हो ।

आव २०७८÷७९ मा गाउँपालिकाले चार सय १२ गाई र भैँसीका लागि रु १२ लाख ३६ हजार पशुपालक कृषकलाई सुत्केरी भत्ताका रुपमा वितरण गरेको गाउँपालिकाका पशु विकास अधिकृत खडगबहादुर सिंहले जानकारी दिए । यस वर्षका लागि छलफल चलिरहेको छ । सिंहका अनुसार यस वर्षका लागि रु ३० लाख बजेट प्रस्ताव भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।