नेभिगेशन
सबै कुरा

ब्लुटुथ कनेक्सन र नेभिगेसन सहितको पल्सर एनएस २०० नेपाली बजारमा

काठमाडाैँ । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० को बिक्री वितरण सुरु गरेको छ । पहिले नै नेपाली युवाहरुमाझ लोकप्रिय बजाज पल्सर एनएस २०० अब ब्लुटुथ कनेक्सन र नेभिगेसन सहितको पूर्ण डिजिटल कन्सोलको साथ बजारमा आएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नयाँ बजाज एनएस २०० मा पावर, प्रविधि, र डिजाइनको उत्कृष्ट संयोजन रहेको छ । यसमा ट्रिपल स्पार्क फोर भल्भ इन्जिन उपलब्ध रहेको छ जसले १८ किलोवाट पावर र १८.७४ एनएम टर्क उत्पन्न गर्छ । यसमा लागि ६–स्पीड गियरबक्स र नयाँ प्रणालीको एलइडी लाइटिङ रहेको छ । यस मोटरसाइकलको मुख्य विशेषता भनेको ब्लुटुथ कनेक्टिभिटी सहितको पूर्ण–डिजिटल कन्सोल हो जसमा टर्न–बाई–टर्न नेभिगेसन, गियर पोजिसन इन्डिकेटर, डिस्ट्यान्स–टु–एम्प्टी रिडआउट, र इन्धन खपतको डेटा रहेको छ । अपसाइड–डाउन फ्रन्ट फोर्क्स र डुअल–च्यानल एबिएसले उत्कृष्ट ब्रेकिङ कन्ट्रोल प्रदान गर्दछ । स्पोर्टी डिजाइन, उन्नत इन्जिनियरिङ र उत्कृष्ट पावर–टु–वेट रेसियोले यस मोटरसाइकल जस्तोसुकै सडकमा फिट हुने कम्पनीको दाबी छ ।

Ncell
Extreme Energy

यसबारे बोल्दै गोल्छा ग्रुपका निर्देशक श्री अभिमन्यु गोल्छाले भने, ‘हामी नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुशी छौँ । एनएस २०० पहिले नै नेपाली राइडरहरुको मनमा बस्न सफल भइसकेको मोटरसाइकल हो । ग्राहकहरुको आवश्यकतालाई नै ध्यानमा राख्दै हामीले नयाँ प्रविधिलाई अगाल्दै पूर्ण डिजिटल कन्सोल सहितको बजाज पल्सर एनएस २०० नेपालमा भित्राएका हौँ ।’

नयाँ बजाज पल्सर एनएस २०० को मुल्य रु ४,४४,९०० रहेको छ । ग्राहकहरूले उक्त मोटरसाइकल देशभरका बजाज शोरुमबाट खरिद गर्न सक्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

यससँगै प्रभावित क्षेत्रमा थप एक हप्तासम्म एनसेलका भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क उपलब्ध हुनेछन्। यसअघि एनसेलले बाढी आएको दिन भदौ १० गते प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क...
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...