नेभिगेशन
सबै कुरा

ब्लुटुथ कनेक्सन र नेभिगेसन सहितको पल्सर एनएस २०० नेपाली बजारमा

काठमाडाैँ । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० को बिक्री वितरण सुरु गरेको छ । पहिले नै नेपाली युवाहरुमाझ लोकप्रिय बजाज पल्सर एनएस २०० अब ब्लुटुथ कनेक्सन र नेभिगेसन सहितको पूर्ण डिजिटल कन्सोलको साथ बजारमा आएको हो ।

नयाँ बजाज एनएस २०० मा पावर, प्रविधि, र डिजाइनको उत्कृष्ट संयोजन रहेको छ । यसमा ट्रिपल स्पार्क फोर भल्भ इन्जिन उपलब्ध रहेको छ जसले १८ किलोवाट पावर र १८.७४ एनएम टर्क उत्पन्न गर्छ । यसमा लागि ६–स्पीड गियरबक्स र नयाँ प्रणालीको एलइडी लाइटिङ रहेको छ । यस मोटरसाइकलको मुख्य विशेषता भनेको ब्लुटुथ कनेक्टिभिटी सहितको पूर्ण–डिजिटल कन्सोल हो जसमा टर्न–बाई–टर्न नेभिगेसन, गियर पोजिसन इन्डिकेटर, डिस्ट्यान्स–टु–एम्प्टी रिडआउट, र इन्धन खपतको डेटा रहेको छ । अपसाइड–डाउन फ्रन्ट फोर्क्स र डुअल–च्यानल एबिएसले उत्कृष्ट ब्रेकिङ कन्ट्रोल प्रदान गर्दछ । स्पोर्टी डिजाइन, उन्नत इन्जिनियरिङ र उत्कृष्ट पावर–टु–वेट रेसियोले यस मोटरसाइकल जस्तोसुकै सडकमा फिट हुने कम्पनीको दाबी छ ।

यसबारे बोल्दै गोल्छा ग्रुपका निर्देशक श्री अभिमन्यु गोल्छाले भने, ‘हामी नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुशी छौँ । एनएस २०० पहिले नै नेपाली राइडरहरुको मनमा बस्न सफल भइसकेको मोटरसाइकल हो । ग्राहकहरुको आवश्यकतालाई नै ध्यानमा राख्दै हामीले नयाँ प्रविधिलाई अगाल्दै पूर्ण डिजिटल कन्सोल सहितको बजाज पल्सर एनएस २०० नेपालमा भित्राएका हौँ ।’

नयाँ बजाज पल्सर एनएस २०० को मुल्य रु ४,४४,९०० रहेको छ । ग्राहकहरूले उक्त मोटरसाइकल देशभरका बजाज शोरुमबाट खरिद गर्न सक्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेनजी आन्दोलनमा क्षति भएको संरचना पुर्ननिर्माण गर्न नेशनल लाईफ इन्स्योरेन्सको १ करोड सहयोग

जेनजी आन्दोलनमा क्षति भएको संरचना पुर्ननिर्माण गर्न नेशनल लाईफ इन्स्योरेन्सको १ करोड सहयोग

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो । प्रमुख कार्यकारी अधिकृत श्री खत्रीले उक्त अवसरमा कम्पनीले विगतमा शिक्षा, स्वास्थ्य, दैबी प्रकोप ब्यवस्थापन एवं...
“पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजनाकाे लाभ ग्राहकहरूले कार्तिक २७ सम्म उठाउन सक्ने

“पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजनाकाे लाभ ग्राहकहरूले कार्तिक २७ सम्म उठाउन सक्ने

सिप्रदी अटोपार्ट्स प्रा.लि. द्वारा संचालित “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजना अन्तर्गत अब ग्राहकहरूले कार्तिक २७ गते (नोभेम्बर 13) सम्म टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा...
ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल

ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले विभिन्न पेसा तथा व्यवसायसँग आबद्ध समूह लक्षित गरी आफ्नो व्यवसाय विस्तारका लागि यस्ता अन्तरकृयात्मक कार्यक्रमहरु संचालन गरिरहेको जानकारी दिए...
यी ४ उद्योगले तिरे डेडिकेटेड तथा ट्रङ्क लाइनको पहिलो किस्ता

यी ४ उद्योगले तिरे डेडिकेटेड तथा ट्रङ्क लाइनको पहिलो किस्ता

भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र प्लास्टिकले बक्यौताको पहिलो किस्तावापतको रकम तिरेका प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । उनका अनुसार...

भर्खरै