नेभिगेशन
सबै कुरा

अनमोल केसीले भनेका थिए प्रहरीले के गर्न सक्छ गरोस् !

१२ असाेज, काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उनलाई शुक्रबार भक्तपुरको साँगाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनलाई प्रहरीले पटक पटक छलफलका लागि बोलाउँदा समेत उल्टै प्रहरीलाई चुनौती दिएपछि कानुनी प्रक्रिया पुरा गरेर पक्राउ गरेको अपराध अनुसन्धान कार्यालय काठमाडौंले जनाएको छ । 

Ncell
Extreme Energy

केसीले आपराधिक विश्वासघात गरेको भन्दै प्रहरीमा उजुरी परेपछि पक्राउ गरिएको कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले बताए । 

चन्द्रकला कटवाल थापाले केसीले रावायण नामक फिल्म खेल्नका लागि १० लाख रुपैयाँ लगेको तर सम्झौता गर्न नमानेको भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ । उनले फिल्म अनमोल सहित  अरू कलाकारलाई पनि एडभान्स दिँदा १ करोड १५ लाख खर्च भएको तर अनमोलले विश्वासघात गरेकाले सबै लगानी डुबेको उजुरीमा उल्लेख गरेकीछिन् । 

राठोरका अनुसार ‘पैसा लगेर सम्झौता नगरेको र सुटिङमा पनि नआएको भन्ने उजुरी परेपछि छलफलका लागि पटकपटक बोलाउँदा समेत अनमोल प्रहरी कार्यालय उपस्थित भएका थिएनन्  । बरु प्रहरीले के गर्न सक्छ गरोस् भन्ने जवाफ दिएको प्रहरीले जनाएको छ । 

केसीका विरुद्द काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर  पक्राउ गरेको हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...