नेभिगेशन
सबै कुरा

अनमोल केसीको 'हिरासत' - चिरायु अस्पतालको 'बेड न. ५०१'

१३ असोज, काठमाडौँ । आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेको अभिनेता अनमोल केसी चिरायु अस्पतालको बेड नम्बर ५०१ मा भर्ना भएका छन् ।

गएराति १ बजे अस्पताल पुगेका केसीलाई डा अजयकाे निगरानीमा राखिएको अस्पतालले जनाएको छ । 

CG

अस्पतालका एक स्वास्थ्यकर्मीका अनुसार केसीको स्वास्थ्यमा समस्या भनेको देखिएको छैन् । अस्पतालको क्याबिन बेडमा रहेका केसीलाई परिवार, आफन्त तथा वकिलहरुले भेटिरहेका छन् । 

शुत्रवार पक्राउ परेको केसीलाई सिंहदरबार प्रहरी वृतको हिरासतमा राख्न लगिए पनि उनि बस्न नमानेपछि मध्यरातमा चिरायु पुर्याइएको थियो । प्रहरी वृत सिंहदरबार स्रोतका अनुसार मध्यरातसम्म पनि हिरासत छिर्न नमानेपछि प्रहरीले नै उनलाई अस्पताल लगेको हो । 

थुनुवा बिरामी भए पहिला सरकारी अस्पतालमा चेकजाँच गराउनु पर्ने, सरकारी अस्पतालले रिफर गरे मात्रै निजी अस्पतालमा लैजान पाउने कानुनी व्यवस्था छ । 

तर कानुनी उलंग्न गरेको आरोपम पक्राउ परेको केसीलाई प्रहरीले समेत कानुनीको खिल्ली उडाएर निजी अस्पतालको क्याबिनमा पुर्याएको छ । 

अहिले उनलाई महारजगञ्जस्थीत चिरायु अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अस्पताल स्रोतका अनुसार अनमोलको स्वास्थ्य अवस्थामा बिग्रिएको छैन । 

अस्पताल स्रोतका अनुसार प्रहरीले नै भर्ना गर्नुु पर्ने भन्दै लिएर आएपछि राति साढे १ बजेतिर भर्ना गरिएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

पक्राउ पर्नेमा कास्की घर भई शुक्लागण्डकी नगरपालिका–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दैै विगत ३ महिनादेखि रातको समयमा मोटरसाइकलमा चढेर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो ।
मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

उनका अनुसार रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।
अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको र मृतक दुवैको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको जनाएको छ । बिच गाउँमा रहेकाे अवस्थामा यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।