नेभिगेशन
सबै कुरा

पर्यटन दिवसको अवसरमा वीरगंज नाकामा भारतीय पर्यटकलाई स्वागत

वीरगंज । विश्व पर्यटन दिवसको अवसरमा वीरगंज नाका हुँदै भारतबाट आएका धार्मिक पर्यटकहरुलाई विशेष सम्मान गरिएको छ । वीरगंजका होटल तथा पर्यटन व्यवसायीहरूले नेपालका प्रमुख धार्मिक स्थल जनकपुरको जानकी मन्दिर र काठमाडौँको पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका भारतीय पर्यटकहरुलाई सिमानाका मै फूलमाला र टीकासहित स्वागत गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पर्यटन व्यवसायी संघ वीरगंजका अध्यक्ष हरि पन्तका अनुसार धार्मिक पर्यटनलाई प्रोत्साहन गर्न यस किसिमको स्वागत कार्यक्रम गरिएको हो । धार्मिक पर्यटनमा ठूलो सम्भावना भएपनि राज्यको बेवास्ताका कारण नेपालका धार्मिक स्थलहरूको विकास र प्रवर्द्धनमा खासै प्रगति नभएको गुनासो पन्तले व्यक्त गरे । ‘धार्मिक स्थलहरूको महत्त्वपूर्ण भूमिका छ, तर राज्यको उदासीनताका कारण यी स्थलहरू ओझेलमा परेका छन्उ’, उनले भने, ‘धार्मिक पर्यटकहरूलाई नेपालमा स्वागत गर्दै हामीले धार्मिक पर्यटन प्रवर्द्धनको सन्देश दिन खोजेका छौँ । उनले  पशुपतिनाथ, जनकपुर, गढिमाई, मुक्तिनाथजस्ता पवित्र स्थलहरूको प्रचारप्रसारमा राज्यले ध्यान पुर्‍याउनुपर्छ ।’ 

Marvel

स्वागत कार्यक्रममा भारतीय पर्यटकहरुलाई शुभसाइतको रुपमा दही र जुस खुवाएर काठमाडौँ र जनकपुर यात्रा सफल होस् भन्ने कामनासहित विदाई गरिएको थियो । पन्तका अनुसार काठमाडौँ र जनकपुरसम्मको सवारी भाडाको व्यवस्था समेत वीरगंजका पर्यटन व्यवसायीहरुले गरेका थिए ।

स्वागत तथा सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहान, पर्सा शाखाका उपाध्यक्ष युवराज खड्का, युवा अभियन्ता दिलीपराज कार्की, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, होटल तथा पर्यटन व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष रचेन्द्र थापा, महासचिव माधव बस्नेत, सचिव सन्दीप बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
४४ हिमाल आरोहण गर्न ७६ देशका १ हजार ४१० आरोहीलाई अनुमति, करिब ३२ करोड रोयल्टी सङ्कलन

४४ हिमाल आरोहण गर्न ७६ देशका १ हजार ४१० आरोहीलाई अनुमति, करिब ३२ करोड रोयल्टी सङ्कलन

आरोहण अनुमति प्रदान गरेका हिमालमध्ये सबैभन्दा धेरै मनास्लु (८,१६३ मिटर) का रहेका छन् । मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० आरोहीले अनुमति लिएका छन् । जसमा ३७३...
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको...
गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार काठमाडौँस्थित कस्मो एडभेन्चर कम्पनीमार्फत नेपाली पथप्रदर्शक सहित हिमाल आरोहणमा गएका उनीहरू गत असोज २९ गतेदेखि सम्पर्कविहीन भएका थिए ।
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...