नेभिगेशन
सबै कुरा

पर्यटन दिवसको अवसरमा वीरगंज नाकामा भारतीय पर्यटकलाई स्वागत

वीरगंज । विश्व पर्यटन दिवसको अवसरमा वीरगंज नाका हुँदै भारतबाट आएका धार्मिक पर्यटकहरुलाई विशेष सम्मान गरिएको छ । वीरगंजका होटल तथा पर्यटन व्यवसायीहरूले नेपालका प्रमुख धार्मिक स्थल जनकपुरको जानकी मन्दिर र काठमाडौँको पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका भारतीय पर्यटकहरुलाई सिमानाका मै फूलमाला र टीकासहित स्वागत गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पर्यटन व्यवसायी संघ वीरगंजका अध्यक्ष हरि पन्तका अनुसार धार्मिक पर्यटनलाई प्रोत्साहन गर्न यस किसिमको स्वागत कार्यक्रम गरिएको हो । धार्मिक पर्यटनमा ठूलो सम्भावना भएपनि राज्यको बेवास्ताका कारण नेपालका धार्मिक स्थलहरूको विकास र प्रवर्द्धनमा खासै प्रगति नभएको गुनासो पन्तले व्यक्त गरे । ‘धार्मिक स्थलहरूको महत्त्वपूर्ण भूमिका छ, तर राज्यको उदासीनताका कारण यी स्थलहरू ओझेलमा परेका छन्उ’, उनले भने, ‘धार्मिक पर्यटकहरूलाई नेपालमा स्वागत गर्दै हामीले धार्मिक पर्यटन प्रवर्द्धनको सन्देश दिन खोजेका छौँ । उनले  पशुपतिनाथ, जनकपुर, गढिमाई, मुक्तिनाथजस्ता पवित्र स्थलहरूको प्रचारप्रसारमा राज्यले ध्यान पुर्‍याउनुपर्छ ।’ 

Ncell
Extreme Energy

स्वागत कार्यक्रममा भारतीय पर्यटकहरुलाई शुभसाइतको रुपमा दही र जुस खुवाएर काठमाडौँ र जनकपुर यात्रा सफल होस् भन्ने कामनासहित विदाई गरिएको थियो । पन्तका अनुसार काठमाडौँ र जनकपुरसम्मको सवारी भाडाको व्यवस्था समेत वीरगंजका पर्यटन व्यवसायीहरुले गरेका थिए ।

स्वागत तथा सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहान, पर्सा शाखाका उपाध्यक्ष युवराज खड्का, युवा अभियन्ता दिलीपराज कार्की, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, होटल तथा पर्यटन व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष रचेन्द्र थापा, महासचिव माधव बस्नेत, सचिव सन्दीप बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीः ७५७ जना पर्यटक सम्पर्कविहीन

भोटेकोशी बाढीः ७५७ जना पर्यटक सम्पर्कविहीन

नेपाल पर्यटन बोर्डले भोटेकोशी बाढीपछि नेपाल भ्रमणमा रहेका करिब ७५७ जना पर्यटकहरु सम्पर्कविहीन रहेको जनाएको छ ।
व्यावसायिक संस्थालाई राजनीतिबाट टाढा राखौँः सभामुख

व्यावसायिक संस्थालाई राजनीतिबाट टाढा राखौँः सभामुख

सभामुख डोलप्रसाद (डीपी) अर्यालले व्यावसायिक तथा पेशागत संस्थाभित्र राजनीतिक गतिविधि नगर्न सुझाव दिएका छन् ।
नेपाल ल्याइयो थप तीन आरोहीको शव

नेपाल ल्याइयो थप तीन आरोहीको शव

किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपरान्ह कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो ।
ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्...