नेभिगेशन
सबै कुरा

झ्याप्ले खोला पहिरोः दुर्घटनास्थलबाट १४ शव निकालियो

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले जाममा परेका गाडी पुरिँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । केहीबेर अघिको भीषण पहिरोका कारण जाममा रहेका बसहरू पुरिएका थिए । 

पहिरोले पुरेको स्थानबाट अहिलेसम्म १४ शव निकालिएको छ । जसमा एक जना बालक,  ५ महिला र  ८ जना पुरुषहरू रहेका छन् 

पहिरो खसेर गाडी पुरेपछि थानकोट प्रहरी वृत्तबाट प्रहरीहरू उद्धारमा खटिएका थिए। घटनास्थलमा उद्धारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको  आपतकालीन खोज तथा उद्धार समिति (¥याट) का सदस्य आशिष थापाले घटनास्थलबाट १४ वटा शव निकालिएको पुष्टि गरे । 

‘भीषण पहिरो झरेको छ  । कति गाडी पुरिए भन्ने नै यकिन छैन् । ठूलो मात्रामा मानवीय क्षति भएको अनुमान छ,’ थापाले भने, ‘यतिबेलासम्म १४ वटा शव निकालिएको छ । अरु शवहरू पनि देखिएको छ निकाल्न सकिएको छैन् । ’

थापाकाअनुसार घटनास्थलमा अन्य आधा दर्जन गाडीहरू पुरिएको अनुमानमा खोजी जारी राखिएको छ । पुरीएको वीङ्गर भ्यान र मृतकबारे अहिलेसम्म केही खुलेको छैन् ।  

Marvel

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न  सहज भयो’

शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न  सहज भयो’

अन्नपूर्ण–५ का धोस्केखोर, किन्दु, झारवाङ र घिरवाङमा ४५ घर छन् । पोखरा, काठमाडौँलगायत सहरमा बसाइँ सरेका परिवारबाहेक ३५ घरपरिवार गाउँमै बसोबास गर्थे । गत असोज ८ देखि ११...
राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्ष भयो, मर्मत गरिएन

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्ष भयो, मर्मत गरिएन

अस्पतालमा सिटीस्क्यान सेवाको पनि अभाव छ । उक्त उपकरण बिग्रिएको दुई वर्षभन्दा बढी भइसकेको छ । तर, त्यसको मर्मत हुन सकेको छैन । मर्मत खर्च निकै महँगो भएकाले...
जापानमा बढ्याे बेरोजगारी

जापानमा बढ्याे बेरोजगारी

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगस्टमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले बढेर मौसमी रूपमा समायोजित छ करोड ८३ लाख ४० हजार पुगेको छ...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...