नेभिगेशन
सबै कुरा

झ्याप्ले खोला पहिरोः दुर्घटनास्थलबाट १४ शव निकालियो

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले जाममा परेका गाडी पुरिँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । केहीबेर अघिको भीषण पहिरोका कारण जाममा रहेका बसहरू पुरिएका थिए । 

पहिरोले पुरेको स्थानबाट अहिलेसम्म १४ शव निकालिएको छ । जसमा एक जना बालक,  ५ महिला र  ८ जना पुरुषहरू रहेका छन् 

पहिरो खसेर गाडी पुरेपछि थानकोट प्रहरी वृत्तबाट प्रहरीहरू उद्धारमा खटिएका थिए। घटनास्थलमा उद्धारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको  आपतकालीन खोज तथा उद्धार समिति (¥याट) का सदस्य आशिष थापाले घटनास्थलबाट १४ वटा शव निकालिएको पुष्टि गरे । 

‘भीषण पहिरो झरेको छ  । कति गाडी पुरिए भन्ने नै यकिन छैन् । ठूलो मात्रामा मानवीय क्षति भएको अनुमान छ,’ थापाले भने, ‘यतिबेलासम्म १४ वटा शव निकालिएको छ । अरु शवहरू पनि देखिएको छ निकाल्न सकिएको छैन् । ’

थापाकाअनुसार घटनास्थलमा अन्य आधा दर्जन गाडीहरू पुरिएको अनुमानमा खोजी जारी राखिएको छ । पुरीएको वीङ्गर भ्यान र मृतकबारे अहिलेसम्म केही खुलेको छैन् ।  

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ...
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा...
कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुङ्गाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन्।...

भर्खरै