नेभिगेशन
सबै कुरा

रास्वपाको निष्कर्षः विपद्को पूर्वतयारीलाई सरकारले प्राथमिकता दिएन, मोबाइलमा रिङटोन बजाएर मात्रै पुग्दैन

काठमाडाैँ । सरकारको प्रथमिकतामा रवि, रास्वपा र सहकारीमा अड्किदा प्राकृतिक प्रकोपको समयमा जनताले आहत भोग्नुपरेको रास्वपाले निष्कर्ष निकालेको छ । आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकबारे जानकारी गराउँदै कार्यवाहक प्रवक्ता मनिष झाले मान्छे मरिसकेपछि मोबाइल रिङटोनमा सन्देश बजाउँदैमा राज्य संयन्त्रको भूमिका प्रभनवकारी नहुने बताए । 

‘सबै पाटीका नेता कार्यकर्ताको राजनीति अहिले तीन खम्बामा अड्किएको थियो । रवि, रास्वपा र सरकारी । त्यो बाहेक कसैले केही सोचेको थिएन । त्यसैले गर्दा होला यत्रो पाकृतिक विपत्ति केही तयारी नै थिएन । किनकी त्यो बाहेक कसैले सोचेकै थिएन । त्यसैले आवश्यक परेको बेला के गर्नुपर्छ सरकारी संयन्त्रले भन्नेमा चुक्यो’, कार्यवाहक प्रवक्ता झाले भने । 

साथै उनले यसअघिको सरकारमा गृहमन्त्री रहेका रवि लामिछानेको निर्णयलाई बेवास्ता गर्दा पनि विपत्तिमा सरकार चुकेको दावी गरे । ‘सभापति लामिछने गृहमन्त्री रहेको बेलामा असोज १७ सम्म बाढी, पहिरोको जोखिम छ त्यही अनुसार तयारी गर्ने निर्णय गर्नुभएको थियो । तर बर्तमान गठबन्धन आएपछि त्यसलाई निरन्तरता दिइएन । त्यसमा संवेदनशिलता उहाँहरुले देखाउनुभएन । र असक्षमता तथा अर्कमण्यता हामीले देख्यौँ’, ‘झाले भने मान्छे मरिसकेपछि मोबाइल रिङटोनमा सन्देश बजाउँदैमा राज्य संयन्त्रको भूमिका प्रभावकारी हुँदैन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...