नेभिगेशन
सबै कुरा

समाचार प्रकाशन प्रशारण गरेकै आधारमा जेल सजाय हुनु कल्पनाबाहिरको विषय हो : नाफिज

काठमाडाैँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले समाचार सामग्री प्रकाशन प्रशारण गरेकै आधारमा पत्रकारलाई जेल सजाय हुनु कल्पनाबाहिरको विषय भएको बताएको छ । सिधाकुरा डटकमका प्रकाशक र सम्पादकलाई अदालतको अवहेलनाको विषयमा जेल सजाय तोक्ने निर्णय चिन्ताजनक रहेको बताएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नाफिजका सचिव दिपक भट्टले एक विज्ञप्ती सार्वजनिक गर्दै सिधाकुराले प्रकाशित गरेको  समाचारजन्य विषयवस्तु सम्बन्धमा सर्वोच्च अदालतको फैसलाप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । ‘नाफिजका महासचिवसमेत रहेका उक्त अनलाइनका कार्यकारी सम्पादक नवीन ढुंगानासहितका पत्रकारहरुबाट उक्त सामग्री हटाई माफीसमेत मागेको अवस्थामा भएको जेल चलानप्रति हाम्रो गम्भीर चासो र चिन्ता छ ।’, विज्ञप्तीमा भनिएको छ, ‘समाचार सामग्री प्रकाशन प्रशारण गरेकै आधारमा जेल सजाय हुनु हाम्रो कल्पनाबाहिरको विषय हो ।’

Ncell
Extreme Energy

कानुनको अधीनमा अदालतबाट हुने न्याय निरुपणमा आफूहरुको सम्मान हुँदाहुँदै माफी मागेर सामग्री हटाइसकेको अवस्थामा पत्रकारलाई जेल पठाउने निर्णय चिन्ताजनक रहेको नाफिजले जनाएको छ। ‘अदालतको अवहेलना भएको भनी मुद्दा दायर भएको भनिएको प्रकाशित तथा प्रशारित सामग्री हटाएको र माफीसमेत मागिसकेको अवस्थामा पत्रकारलाई जेल चलान गर्दा प्रेस स्वतन्त्रतामा पर्न जाने असरप्रति नाफिज चिन्ता व्यक्त गर्दछ ।’, विज्ञप्तीमा उल्लेख छ । 

त्यस्तै नाफिजले नेपालको संविधानले प्रदान गरेको पूर्ण प्रेस स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताको पक्षमा ध्यान दिनसमेत आग्रह गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
यी सडक छन् आज अवरुद्ध

यी सडक छन् आज अवरुद्ध

वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।
काठमाडौँको होस्टलमा छोराको हत्या, सहन नसकेर गाउँमा आमा बितिन्

काठमाडौँको होस्टलमा छोराको हत्या, सहन नसकेर गाउँमा आमा बितिन्

काठमाडौँको होस्टलमा छोराको हत्या भएको खबर सुनेर गाउँमा आमाले पनि मृत्यु रोजेकी छिन् । छोराको हत्याको खबरले विक्षिप्त बनेकी आमाले पीडा सहन नसकेर  प्राण त्यागेकी हुन् ।
गरिमा चौधरीका परिवारसँग सरकारको तीनबुँदे सहमति, सात दिनभित्र कानुन सुधारको सुझाव

गरिमा चौधरीका परिवारसँग सरकारको तीनबुँदे सहमति, सात दिनभित्र कानुन सुधारको सुझाव

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ।