नेभिगेशन
सबै कुरा

रौतहटमा चाडवाड लक्षित नागरिक सहायता कक्ष सञ्चालन

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त आयोजनामा पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर मुख्य चोकमा नागरिक सहायता कक्ष सञ्चालन भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नजिकिदै गरेको दशैँ तिहार तथा छठ पर्वलाइ लक्षित गरेर यात्रुहरुका समस्या समाधानको लागी चन्द्रनिगाहपुरमा नागरिक सहायता कक्ष संचालनमा ल्याएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक राजकुमार राईले जानकारी दिए । नागरिक सहायता कक्ष मंगलबार देखि संचालनमा आएको हो । 

Ncell
Extreme Energy

चाडवाडको समयमा विभिन्न स्थानहरूबाट आफ्नो गन्तव्यमा जाने यात्रुहरूलाई सहजिकरणको लागि कुनै पनि सवारी साधनहरूले तोकिएको भाडादर भन्दा आफुखुसी बढी भाडा लिएको वा नलिएको अनुगमन गर्न र यात्रुहरूलाई सवारी साधनहरुको सहजता गराउने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याईएको डिएसपी राईले बताए ।  यात्रुलाइ सवारी साधनमा यात्रा गर्दा कुनै समस्या परेका खण्डमा  तुरुन्त नागरिक सहायता कक्षमा सम्पर्क गर्न डिएसपी राईले आग्रह गरेका छन । 

यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख तथा प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले चाडबाडको मौका छोपी कसैले अनाधिकृत भाडा असुल गरेको पाइएमा तुरुन्त सम्पर्क गर्न आम नागरिकहरुलाइ आग्रह गरेका छन् । त्यसरी भाडा असुल गरेको जानकारी आएमा कारवाही गरिने समेत प्रहरी निरिक्षक अधिकारीले बताए । चाडबाडमा यात्रा गर्न सहज होस भन्ने मुख्य हेतुले यो नागरिक सहायता कक्ष स्थापना गरेको उनले बताए ।

यता इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले चाडपर्वको अवसरमा हुन सक्ने चोरी, डकैती तथा  लुटपाट जस्ता घटना हुन नदिन बैंक , वित्तिय संस्था तथा सुन चाँदी पसललाई लक्षित गरी विशेष गस्ती टोली परिचालन गर्न शुरु गरेको  डिएसपी राईले जानकारी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
यी सडक छन् आज अवरुद्ध

यी सडक छन् आज अवरुद्ध

वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।
काठमाडौँको होस्टलमा छोराको हत्या, सहन नसकेर गाउँमा आमा बितिन्

काठमाडौँको होस्टलमा छोराको हत्या, सहन नसकेर गाउँमा आमा बितिन्

काठमाडौँको होस्टलमा छोराको हत्या भएको खबर सुनेर गाउँमा आमाले पनि मृत्यु रोजेकी छिन् । छोराको हत्याको खबरले विक्षिप्त बनेकी आमाले पीडा सहन नसकेर  प्राण त्यागेकी हुन् ।
गरिमा चौधरीका परिवारसँग सरकारको तीनबुँदे सहमति, सात दिनभित्र कानुन सुधारको सुझाव

गरिमा चौधरीका परिवारसँग सरकारको तीनबुँदे सहमति, सात दिनभित्र कानुन सुधारको सुझाव

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ।