नेभिगेशन
सबै कुरा

रविको प्रश्नः ‘म गृहमन्त्री रहँदा सरकारले नागरिकको ज्यान लियो भन्नेहरु अहिले किन चुपचाप ?’

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपदको समयमा सरकार निरिह देखिएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको आजको बैठकमा बोल्दै समितिका सदस्य समेत रहेका लामिछानेले सरकारले विपदको समयमा नागरिकको उद्दार र व्यवस्थापनमा असफल भएको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा बोल्दै लामिछानेले संसदका २ ठूला दल सरकार साझेदारीमा रहेको तर नागरिकको जीवन रक्षामा असफल भएको बताएका छन् । आफू गृहमन्त्री रहँदा सरकारले नागरिकको ज्यान लियो भन्ने सांसदहरु सत्तामा भएपछि चुपचाप बसेको उनले बताए । ‘यहीँ हुनुहुन्छ माननीयज्यूहरु, त्यसबेला राजु सदाको मृत्यु हुँदा त्यो मृत्यु हैन, राज्यले हत्या गरेको हो भन्नुहुन्थ्यो । त्यो ढंगको प्रतिक्रिया हुनुपर्यो नि । त्यो किसिमको अर्जेन्सीको महसुस हुनुपर्यो नि । त्यसको महसुस भएर त्यहि किसिमको अभिव्यक्त हुनुपर्यो नि विपदमा । भोलीका दिनमा यस्तो नहोस भनेर ।’, लामिछानेले भने, ‘घातक छ, २ तिहाईको सरकार घातक छ । एउटा प्रतिपक्षमा बस्नुपर्छ ठूलो पार्टी । नत्र यस्तै हुन्छ, शान्त हुन्छ, केहीपनि नभएजस्ता हुन्छ । महत्वपूर्ण कुरामा चुपचाप भइन्छ । यो घातक हो ।’

Ncell
Extreme Energy

त्यस्तै रास्वपा सभापति लामिछानेले सरकारले विपदको पूर्वतयारी राम्रोसँग गर्न नसकेको र विपद्पछि राजमार्गमा अलपत्र नागरिकको सहज ढंगले उद्दार गर्न नसकेको समेत आरोप लगाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
यी सडक छन् आज अवरुद्ध

यी सडक छन् आज अवरुद्ध

वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।
काठमाडौँको होस्टलमा छोराको हत्या, सहन नसकेर गाउँमा आमा बितिन्

काठमाडौँको होस्टलमा छोराको हत्या, सहन नसकेर गाउँमा आमा बितिन्

काठमाडौँको होस्टलमा छोराको हत्या भएको खबर सुनेर गाउँमा आमाले पनि मृत्यु रोजेकी छिन् । छोराको हत्याको खबरले विक्षिप्त बनेकी आमाले पीडा सहन नसकेर  प्राण त्यागेकी हुन् ।
गरिमा चौधरीका परिवारसँग सरकारको तीनबुँदे सहमति, सात दिनभित्र कानुन सुधारको सुझाव

गरिमा चौधरीका परिवारसँग सरकारको तीनबुँदे सहमति, सात दिनभित्र कानुन सुधारको सुझाव

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ।