नेभिगेशन
सबै कुरा

रविको प्रश्नः ‘म गृहमन्त्री रहँदा सरकारले नागरिकको ज्यान लियो भन्नेहरु अहिले किन चुपचाप ?’

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपदको समयमा सरकार निरिह देखिएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको आजको बैठकमा बोल्दै समितिका सदस्य समेत रहेका लामिछानेले सरकारले विपदको समयमा नागरिकको उद्दार र व्यवस्थापनमा असफल भएको बताएका हुन् । 

बैठकमा बोल्दै लामिछानेले संसदका २ ठूला दल सरकार साझेदारीमा रहेको तर नागरिकको जीवन रक्षामा असफल भएको बताएका छन् । आफू गृहमन्त्री रहँदा सरकारले नागरिकको ज्यान लियो भन्ने सांसदहरु सत्तामा भएपछि चुपचाप बसेको उनले बताए । ‘यहीँ हुनुहुन्छ माननीयज्यूहरु, त्यसबेला राजु सदाको मृत्यु हुँदा त्यो मृत्यु हैन, राज्यले हत्या गरेको हो भन्नुहुन्थ्यो । त्यो ढंगको प्रतिक्रिया हुनुपर्यो नि । त्यो किसिमको अर्जेन्सीको महसुस हुनुपर्यो नि । त्यसको महसुस भएर त्यहि किसिमको अभिव्यक्त हुनुपर्यो नि विपदमा । भोलीका दिनमा यस्तो नहोस भनेर ।’, लामिछानेले भने, ‘घातक छ, २ तिहाईको सरकार घातक छ । एउटा प्रतिपक्षमा बस्नुपर्छ ठूलो पार्टी । नत्र यस्तै हुन्छ, शान्त हुन्छ, केहीपनि नभएजस्ता हुन्छ । महत्वपूर्ण कुरामा चुपचाप भइन्छ । यो घातक हो ।’

Global Ime Bank

त्यस्तै रास्वपा सभापति लामिछानेले सरकारले विपदको पूर्वतयारी राम्रोसँग गर्न नसकेको र विपद्पछि राजमार्गमा अलपत्र नागरिकको सहज ढंगले उद्दार गर्न नसकेको समेत आरोप लगाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
असार मसान्तभित्र उम्मेदवारको सूची पठाउन जिल्ला कार्यसमितिलाई राप्रपाको निर्देशन

असार मसान्तभित्र उम्मेदवारको सूची पठाउन जिल्ला कार्यसमितिलाई राप्रपाको निर्देशन

राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन रुपन्देही जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ ।
नेकपा एसले भन्यो, ‘रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको हो’

नेकपा एसले भन्यो, ‘रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको हो’

नेकपा (एकीकृत समाजवादी)ले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको जनाएको छ ।
गायिका एलिना चौहानलाई गालीगलौज गर्ने गुञ्जन राई पक्राउ

गायिका एलिना चौहानलाई गालीगलौज गर्ने गुञ्जन राई पक्राउ

गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा गुञ्जन राईलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले चितवन स्थायी घर भई ललितपुरको बाडेगाउँमा बसोबास गर्दै आएका ३३...
बारपाकको दलित बस्तीः २१ घरधुरीका लागि एउटा मात्र शौचालय !

बारपाकको दलित बस्तीः २१ घरधुरीका लागि एउटा मात्र शौचालय !

दिपासा बिक (१८ महिने सुत्केरी) हरेक दिन बिहानको ३–४ बजे हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्छिन् । तीस वर्षकी उनीसँगै छरछिमेकका अन्य छोरी बुहारीहरु कोही एकाबिहानै र कोही...