नेभिगेशन
सबै कुरा

टी–२० अलराउन्डरको विश्व वरियताकाे दाेस्राे स्थानमा उक्लिए दीपेन्द्रसिंह ऐरी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ऐतिहासिक छलाङ मारेका छन् । अलराउण्डर ऐरीले टी–२० अलराउन्डरको विश्व वरियतामा ४ स्थान माथि उक्लिएर दोस्रो स्थानमा पुगेका छन् । यसअघि छैटौँ स्थानमा रहेका ऐरी ४ स्थान माथि उक्लिएर दोस्रो स्थानमा पुगेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विश्व वरियतामा अलराउण्डर ऐरीको रेटिङ २३० रहेको छ । नेपाली खेलाडीले आईसीसीको विश्व वरियतामा हात पारेको यो सबैभन्दा ठूलो सफलता हो । उनीभन्दा अगाडी अर्थात पहिलो स्थानमा इङ्ल्यान्डका लायम लिभिङस्टोन रहेका छन् । त्यस्तै तेस्रो स्थानमा अस्ट्रेलियाका मार्क्स स्टोइनिस रहेका छन् । 

Extreme Energy

ऐरीले हालसम्म ७० वटा टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । त्यस्तै उनले ब्याटिङतर्फ पनि अंक सुधार गरेका छन् । उनी ब्याटिङतर्फ ४३औँ नम्बरमा छन् भने टी–२० बलरको वरियतामा दीपेन्द्र ७१औँ स्थानमा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले ३१ बलमा २ चौका...
पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक ४० रन बनाए । उनी अविजित रहेका उनले २५ बलमा उक्त रन बनाएका हुन् । त्यस्तै महेदी हसनले ३२ रन बनाए भने कप्तान...
एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ रोजेका छन् ।
श्रीलंकन विकेटकिपर सदिरा समिराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

श्रीलंकन विकेटकिपर सदिरा समिराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

पोखरा एभेन्टर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समिराविक्रमालाई अनुबन्ध गरेको छ ।