नेभिगेशन
सबै कुरा

सर्लाहीका ७ पालिकाका कर्मचारी र लाभग्राहीले चाडपर्वमा पनि पाएनन् तलबभत्ता

सर्लाही । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अन्तिम समय भइसक्दा पनि सर्लाहस्का केही पालिकाको खाता सञ्चालन नहुँदा तलबभत्ता भुक्तानीमा समस्या भएको छ । दसैँलगायत चाडपर्व आइसक्दासमेत कर्मचारीले तलबभत्ता र सामाजिक सुरक्षाभत्ता पाउने लाभग्राहीले रकम पाउन सकेका छैनन् । जसले गर्दा यसपटकको चाडपर्व खल्लो हुने भन्दै कर्मचारी तथा लाभग्राहीहरू निरास छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्लाको चन्द्रनगर गाउँपालिका–६ की ५३ वर्षीया रतियादेवी माझीले सरकारले दिने सामाजिक सुरक्षाभत्ताले यसपटकको दसैँ तिहार मनाउने योजना बनाएका थिए । सोही भत्ता रकमले छ जनाको परिवारमा खुसी ल्याउने योजना कार्यान्वयन नहुने भएपछि उनी निराश छिन् । “श्रीमानको मृत्युपछि परिवारको लालनपालनको जिम्मा मेरै काधँमा छ । घरमा दिगो आम्दानी गर्ने व्यक्ति नहुँदा ज्याला मजदुरीबाट आएको पैसाले परिवारको दुई छाक टार्नसमेत मुस्किल छ । भवितव्य परिहाले ऋण गर्नुको विकल्प छैन । यसपटक चाडपर्व सोही रकमले धान्ने योजना थियो तर हालसम्म रकम आएको छैन”, उनले भनिन्, “तीन महिना बित्न लाग्यो रकम नपाएको, कार्यालयमा जाँदा आएको छैन भन्छन् सरहरुले । दसैँमा बालबालिकालाई मीठो मसिनो ख्वाउला साचेको अब नसकिने भो ।”

Ncell
Extreme Energy

जिल्लाको गोडैता नगरपालिका–१, पिपरियाका महेन्द्र कुशवाहा पनि भत्ता नआएपछि छटपटीमा छन् । दमको दीर्घरोगी उहाँलाई चाडबाडसँगै औषधिमूलो किन्नसमेत समस्या भएको छ । “भत्ताकै पैसाले औषधि किनेर खाने गरेको छ । आयआर्जनको अर्को उपाय छैन । नातिनातिना दसैँ आयो भन्दै आउँछन् । मिठाई किनेर दिनेसमेत क्षमता छैन”, उनले गुनासो गरे ।  

उनीहरुको जस्तै समस्या छ नगरमा काम गर्ने कर्मचारीहरूको पनि । कविलसी नगरपालिका–२, स्थित बालगोविन्द जनता मावि पिपरियाका शिक्षक वीरेन्द्र साहले विभिन्न कारणले पालिकाको खाता सञ्चालन हुन नसक्दा तलबभत्तासमेत नपाएको दुःखेसो पोखे । चाडबाडको समयमा तलब नपाउँदा शिक्षकशिक्षिकालाई घरजानसमेत समस्या भएको उनले बताए । “दसैँ जस्तो चाडबाडको समय छ । घर जाँदा छोराछोरीले मीठोमसिनो, लत्ताकपडा माग्छन्, आफूले पारिश्रमिक पाएको छैन । कसरी घर जाने ”, उनले भने । 

यस पालिकाकामा आन्तरिक विवादका कारण हालसम्म नगरसभाबाट बजेट पारित हुनेसकेको छैन । त्यसैकारण आर्थिक कारोबार ठप्प छ ।

यस्तै, बसवरिया गाउँपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेब जयलाल सहनीले तलबभत्ता नपाउँदा ऋण काडेर चाडबाड मनाउन बाध्य भएको बताए । “बच्चाबच्चीले तलब आएको छैन भनेर मान्दैन्न, दसैँको समय छ । सबैले लगाएको खाएको देख्छन् । घरमा आएर झगडा गर्छन् । काम गरेको कार्यालयले तलब दिनसकेको छैन”, उनले गुनासो गरे । 


माथि उल्लिखित सबै प्रतिनिधि पात्रमात्र हुन् । जिल्लाका सातवटा पालिकाले समयमै परिषद् गरेर खाता सञ्चालन नगर्दा सामाजिक सुरक्षाभत्ता पाउने लाभग्राही, सयौँ कर्मचारी तथा पालिकाको विभिन्न क्षेत्रमा काम गरिरहेका सङ्घसंस्था, कार्यालय तथा कम्पनीहरु प्रभावित बनेका छन् । समग्रमा आठ हजार सामाजिक सुरक्षाभत्ता लाभग्राही, करिब चार सय ५० कर्मचारीले यस्तो समस्या भोगेका छन् । २० पालिका रहेको सर्लाहीमा हालसम्म ईश्वरपुर, गोडैता र कविलासी नगरपालिका तथा पर्सा, बिष्णु, बसवरिया र चन्द्रनगर गाउँपालिकाले परिषद् सम्पन्न गरेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐनले निर्दिष्ट गरेको नियमानुसार आवश्यक प्रक्रिया नपुर्‍याएकाले यी पालिकाहरूको खाता सञ्चालनमा नआएको कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका निमित्त कोष नियन्त्रक रुपेशकुमार तिवारीले जानकारी दिए । 


अन्य आठ नगरपालिका र पाँच गाउँपालिकाले परिषद् सम्पन्न गरी पहिलो चौमासिक रकम निकासा गरेर नियमित तलबभत्ता वितरण गरिरहेको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्री रावलको कार्यक्रममा अब फूलमाला, खादा र बुके निषेध, ९ बुँदे निर्देशिका जारी

मन्त्री रावलको कार्यक्रममा अब फूलमाला, खादा र बुके निषेध, ९ बुँदे निर्देशिका जारी

मन्त्रालयका अनुसार अब मन्त्री सहभागी हुने कार्यक्रममा अनावश्यक सम्मान, अभिनन्दन तथा विशेष समारोह आयोजना गरिने छैन । स्वागत औपचारिक र संक्षिप्त बनाउन तथा कार्यक्रमसँग प्रत्यक्ष सम्बन्धित व्यक्ति र...
बाँसबारीमा जमिन भासिएपछि पल्टिएको घर (तस्बिरहरु)

बाँसबारीमा जमिन भासिएपछि पल्टिएको घर (तस्बिरहरु)

भासिन सक्ने अवस्था भएपछि यहाँ बसेकाले ३ दिनअघि नै घर छोडेका थिए । यो घरमा गेष्ट हाउस सञ्चालनमा थियो । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले भासिएको भाग आज त्रिपालले...
हामीले नोटबन्दी गर्ने बारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

हामीले नोटबन्दी गर्ने बारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको 'नागरिक, नीति र नेतृत्व' संवाद कार्यक्रममा  सहभागीले 'नोटबन्दी किन नगर्ने?' भनी प्रश्न गरेका थिए ।
रास्वपा केन्द्रीय समिति बैठक सुरू (तस्बिर)

रास्वपा केन्द्रीय समिति बैठक सुरू (तस्बिर)

आजको बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन, राइट टु रिकलसम्बन्धी दस्तावेज निर्माण, केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय समिति सदस्य, विभाग प्रमुख, स्थानीय निर्वाचनका लागि केन्द्रीय...