नेभिगेशन
सबै कुरा

दाङमा कपाल काटेरै दाजुभाईले जुटाउँछन् पढाइ खर्च

दाङ । दाङमा एकै घरका दुई भाइले सैलुन व्यवसाय (कपाल काटेर) बाट पढाइ खर्च जुटाउँदै आएका छन् । लमही नगरपालिका–४ अर्नहवाका २० वर्षीय अस्कर बस्नेत र १८ वर्षीय अरुण बस्नेतले लमही बजारमा सैलुन व्यवसाय गरेर आफ्नो खर्च जुटाउने गरेका छन् । सैलुन व्यवसाय सुरु गरेको करिब डेढवर्ष भएको उनीहरू बताउँछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहान कलेज जाने र दिउँसोको समयमा कपाल काट्ने गरेको अरुण बताउँछन् । खाली समयमा त्यसै बस्नु र बरालिनुभन्दा आफ्नो खर्च पनि जुट्ने र बरालिनु पनि नपर्ने भएकाले व्यवसाय सुरु गरेको अरुणले बताए ।

Ncell
Extreme Energy

‘खाली बसेर डुल्नुभन्दा केही गर्नुपर्छ भनेर दुई भाइ मिलेर सैलुन व्यवसाय सुरु गरेका हौँ’, उनले भने । आम्दानी राम्रै भएको बताउँदै अरुणले सैलुन व्यवसायले दुई भाइको पढाइ खर्च र घरखर्च समेत धानेको बताए । ‘बिहान कलेज जान्छौँ, कलेजबाट फर्किएपछि र कलेज बिदाको दिन कपाल काट्ने काम गर्छौँ’, उनले भने । उनीहरुले मासिक १० हजार पाँच सय रुपैयाँ तिर्ने गरी सटर भाडामा लिएर व्यावसाय सञ्चालन गरेका छन् ।

लमहीमा रहेको आदर्श माविमा अस्करले डिप्लोमा इन सिभिल इन्जिनियरिङ तेस्रो वर्ष र अरुण कक्षा १२ मा व्यवस्थापन सङ्कायमा अध्ययनरत छन् । कपाल काटेर भएको आम्दानीले उनीहरूले अध्ययनका लागि आवश्यक किताब, कापी, कलम, स्कुल पोसाक र मासिक शुल्क तिर्ने गरेका छन् । पढाइ बिहानी सत्रमा हुने भएकाले दिउँसोको समयमा व्यवसाय गर्न सहज भएको उनीहरू बताउँछन् ।

अहिले दैनिक तीन हजार रुपैयाँसम्म कमाइ हुने गरेको उनीहरू बताउँछन् । पहिले कपाल काट्ने सिप सिकेकाले त्यही सिपको सदुपयोग गरेको अस्कर बताउँछन् उनीहरू मात्र नभइ सिप सिक्न आउनेहरूलाई समेत सिकाउने गरेको अरुण बताउँछन् । ‘सिप सिक्छौँ भनेर आउनेहरूलाई सिकाउँछौँ, सिप सानो–ठुलो हुँदैन’, उनले भने । अहिले सञ्चालन गरेको व्यवसाय विस्तार गदै जाने दुईभाइको योजना पनि छ ।

उनीहरूले सुरु गरेको व्यवसायबाट आफू मात्र नभई अन्यलाई समेत रोजगार दिने गरेका छन् । ‘मेरो विदेश जाने कुनै योजना छैन, यही व्यवसायलाई विस्तार गर्ने योजना छ’, अस्कर भन्छन्,  ‘विदेश गए भनेको जस्तो काम पाइँदैन, आफ्नो देशमा जस्तो सहज पनि हुँदैन ।’ अधिकांश युवा रोजगारीका लागि बिदेशिने गरेका छन् तर सिप सिकेर नेपालमै काम गर्न लाज मान्ने गरेको उनको भनाइ छ ।

उनीहरुका बुवा गोपाल बस्नेत छोटो दुरी (लोकल रुट) को बस चालक हुन् । ‘बुवाको कमाइले घरपरिवारका केही आवश्यकता पूरा हुन्छ तर सबै खर्च धान्न समस्या भएपछि हामी दुई भाइ मिलेर व्यवसाय सुरु गरेका हौँ, व्यवसाय राम्रो हुँदै गएको छ’, अरुणले भने । सिभिल इन्जिनियरिङको पढाइमा अलि बढी मिहिनेत गर्नुपर्ने भए पनि खाली भएको समयमा सैलुनमा आएर कपाल काट्ने गरेको अस्कर बताउँछन् । ‘पढाइ बाहेक खाली भएको समयमा म कपाल काट्ने गर्छु’, अस्करले भने,  ‘सानै उमेरमा आफूले व्यवसाय सञ्चालन गरेकोमा खुसी लाग्छ ।’ मासिक ४५ देखि ५० हजार रुपैयाँसम्म जनही कमाइ हुने उनीहरू बताउँछन् । उनीहरुले आफ्नो खर्च कटाएर केही रकम बचत समेत गर्ने गरेका छन् । 

सैलुन व्यवसाय अझै पनि अधिकांश भारतीय मूलका नागरिकले सञ्चालन गर्ने गरेका छन् । ठुला सहरबजारदेखि साना व्यापारिक केन्द्रसम्म उनीहरूकै वर्चस्व छ । पछिल्लो समयमा नागरिकको बुझाइमा परिवर्तन आउन थालेपछि नेपालीले समेत सैलुन व्यवसाय गर्न थालेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फेरी बढ्याे पेट्रोलियम पदार्थको मूल्य, कती पुग्याे ?

फेरी बढ्याे पेट्रोलियम पदार्थको मूल्य, कती पुग्याे ?

योसँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा  २ सय रुपैयाँ, सुर्खेत र दाङमा १ सय ९९ रुपैयाँ कायम हुने भएको छ । त्यस्तै, चारआली, विराटनगर, जकपुर,...
फेरी पक्राउ परे दुर्गा प्रसाईं

फेरी पक्राउ परे दुर्गा प्रसाईं

उनलाई शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा भक्तपुर प्रहरीले प्र्रसाईलाई निवासबाटै पक्राउ गरेको हो।
विभाजित नेताहरुलाई जोड्ने उद्देश्यले कांग्रेसका युवा नेताहरुले सुरु गरे ‘देश र काँग्रेस जोड्ने’ अभियान

विभाजित नेताहरुलाई जोड्ने उद्देश्यले कांग्रेसका युवा नेताहरुले सुरु गरे ‘देश र काँग्रेस जोड्ने’ अभियान

नेता नैनसिंह महर, रञ्जित कर्णलगायतको पहलमा सञ्चालन हुन लागेको अभियानअन्तर्गत साउन २० गते ‘राष्ट्रिय एकता भेला’ आयोजना गरिने जानकारी दिइएको छ ।  आयोजकका अनुसार पालिका, प्रदेशसभा तथा प्रतिनिधिसभा...