नेभिगेशन
सबै कुरा

सुर्खेतका ४३ वर्षीय पुरुषको काठमाडौँमा हत्या, १ महिलासहित ३ जना पक्राउ

काठमाडौँ । काठमाडौँको गोकर्णमा भएको एक पुरुषको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । सुर्खेतको लेकबेँसी–२ स्थायी घर भई काठमाडौंको कागेश्वरी मनोहरा–९ मा बस्दै आएका ४३ वर्षीय होमबहादुर फौजामगरको हत्या अरोपमा प्रहरीले एक महिला समित ३ जनालाई पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा पाँचथरको तुम्लिङ गाउँपालिका वडा न. ५ स्थायी वतन भई हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा न. १० कपन बालुवाखानी बस्ने बर्ष ३८ को अमृत मगर, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थायी घर भई हाल बुढानीलकण्ठ–१० कपन बस्ने बर्ष ३५ का भुवन श्रेष्ठ र ईलामको माई नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती बस्ने बर्ष २७ की बिमला भट्टराई रहेका छन् । 

Ncell
Extreme Energy

प्रहरीका अनुसार मृतक होम बहादुरलाई कुटपीट गरी उनीहरु भागेका थिए । अनुसन्धानका क्रममा उनीहरुले होमबहादुरलाई कुटपिट गरेको खुलेको थियो । 

होमबहादुर मंगलबार अपरान्ह गोकर्णेश्वर–६ नयाँ बस्तीस्थित सार्वजनिक स्थानमा सख्त घाइते अवस्थामा भेटिएका थिए । सूचना प्राप्त गर्नासाथ  प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले घाईतेलाई उपचारार्थ नारायणटार स्थित शंखरापुर अस्पतालमा पठाईएको थियो ।  करिब ०३ः३० बजेको समयमा उपचारमा संलग्न चिकित्सकहरुले घाईते होम बहादुर फौजामगरलाई मृत घोषणा गरेका थिए । 

पक्राउ परेको तीनैजना अहिले प्रहरी वृत्त बौद्धको हिरासतमा छन् । घटनाबारे थप अन्ुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

प्रहरीका अनुसार गएराति निज शौकत अस्वाभाविक रूपमा हिँडडूल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...