नेभिगेशन
सबै कुरा

सुर्खेतका ४३ वर्षीय पुरुषको काठमाडौँमा हत्या, १ महिलासहित ३ जना पक्राउ

काठमाडौँ । काठमाडौँको गोकर्णमा भएको एक पुरुषको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । सुर्खेतको लेकबेँसी–२ स्थायी घर भई काठमाडौंको कागेश्वरी मनोहरा–९ मा बस्दै आएका ४३ वर्षीय होमबहादुर फौजामगरको हत्या अरोपमा प्रहरीले एक महिला समित ३ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा पाँचथरको तुम्लिङ गाउँपालिका वडा न. ५ स्थायी वतन भई हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा न. १० कपन बालुवाखानी बस्ने बर्ष ३८ को अमृत मगर, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थायी घर भई हाल बुढानीलकण्ठ–१० कपन बस्ने बर्ष ३५ का भुवन श्रेष्ठ र ईलामको माई नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती बस्ने बर्ष २७ की बिमला भट्टराई रहेका छन् । 

प्रहरीका अनुसार मृतक होम बहादुरलाई कुटपीट गरी उनीहरु भागेका थिए । अनुसन्धानका क्रममा उनीहरुले होमबहादुरलाई कुटपिट गरेको खुलेको थियो । 

होमबहादुर मंगलबार अपरान्ह गोकर्णेश्वर–६ नयाँ बस्तीस्थित सार्वजनिक स्थानमा सख्त घाइते अवस्थामा भेटिएका थिए । सूचना प्राप्त गर्नासाथ  प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले घाईतेलाई उपचारार्थ नारायणटार स्थित शंखरापुर अस्पतालमा पठाईएको थियो ।  करिब ०३ः३० बजेको समयमा उपचारमा संलग्न चिकित्सकहरुले घाईते होम बहादुर फौजामगरलाई मृत घोषणा गरेका थिए । 

पक्राउ परेको तीनैजना अहिले प्रहरी वृत्त बौद्धको हिरासतमा छन् । घटनाबारे थप अन्ुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...