नेभिगेशन
सबै कुरा

रास्वपाले गर्यो प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन माग, दुईतिहाइको सरकार कामचलाउ जस्तो भएको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन माग गर्दै सबै राजनीतिक दलहरुको ध्यानाकर्षण गराएको छ । 

दुईतिहाइको सरकार कामचलाउ जस्तो भएकोसमेत दाबी गर्दै रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय जीवनका तमाम समसामयिक विषयहरुबारे तत्काल छलफल गर्न आवश्यक देखिएकाले प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन अपिल गरेका हुन् । 

विपद्को पूर्वतयारीमा सरकारको चुकेको दाबी गर्दै व्यवस्थापनमा समेत सरकारका असफल भएको आरोप लगाएको छ । साथै पार्टी कार्यालय निमार्णका लागि विवादित व्यवसायीसँग दान लिएको जग्गाका विषयमा समेत रास्वपाले स्वार्थको द्वन्द्वको डरलाग्दो अभ्यास गरेबाट सुशासनको अडानमा धरमराएकोरुपमा बुझेको जनाएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘विपद्को पूर्वतयारीमा चुकेको सरकार व्यवस्थापनमा पनि असफल भएको छ । मुद्दा खेपिरहेका विवादित व्यापारीबाट करोडौं मूल्य पर्ने जग्गा दान लिएर सत्ताको नेतृत्व गर्ने दलले नै स्वार्थको द्वन्द्वको दरलाग्दो अभ्यास गरेबाट सुशासनको अडान धरमराएको छ । संविधान संशोधनको बहसमा औचित्य पुष्टि हुनेगरी सरकारले श्वेतपत्र नै जारी गर्ने अपेक्षा थियो, तर उक्त विषय अहिले ओझेलमा पारिएको छ ।’



सरकारको तीन महिने अवधि पूर्ण मूल्यांकनको आधार नभए पनि यसबीचमा घोषित प्रतिबद्धताहरु पूरा गर्नेतर्फ सरकारले प्रारम्भिक संकेतसम्म नदेखाएको रास्वपाको निष्कर्ष छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...