नेभिगेशन
सबै कुरा

विषम परिस्थितिको कारण देखाउँदै आन्दोलनको तयारी गर्न जनमत पार्टीको निर्देशन

जनमत पार्टीले वर्तमान राजनीतिक विषम परिस्थितिका कारण आन्दोलनका लागि तयारी गर्न पार्टी संरचनालाई निर्देशन दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार पार्टीको केन्द्रीय कार्यालय मध्यबानेश्वरमा बसेको सचिवालय बैठकको निर्णय अनुसार सबै तहका सङ्गठनलाई आन्दोलनको लागि तयार रहन आदेश दिइएको पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी गराएका छन् ।

Ncell
Extreme Energy

बैठकले मङ्सिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि १४ कात्तिकसम्म उम्मेदवारको नाम केन्द्रीय सचिवालयमा पठाउन पार्टीका सदस्यहरूलाई निर्देशन समेत दिएको छ । बैठकमा स्थानीय उपनिर्वाचनको लागि जिल्ला इन्चार्जको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ । 

बैठकले स्थानीय उपनिर्वाचनको लागि जिल्ला इन्चार्जको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने र निर्वाचन समितिमा निर्वाचन हुने वडा र पालिकाको केन्द्रीय समिति सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश सदस्य, पालिका अध्यक्ष, पालिका पूर्व अध्यक्ष, वडा अध्यक्ष र वडा पूर्व अध्यक्ष रहने व्यवस्था पार्टीले गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संघीय संसद्का दुवै सदनको चालु अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ ।
सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा मेलाको शुभारम्भ गरिएको थियो । कार्यक्रममा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति  थियो । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा,...
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
चार विधेयक दफावार छलफलका लागि समितिमा

चार विधेयक दफावार छलफलका लागि समितिमा

। प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।