नेभिगेशन
सबै कुरा

विषम परिस्थितिको कारण देखाउँदै आन्दोलनको तयारी गर्न जनमत पार्टीको निर्देशन

जनमत पार्टीले वर्तमान राजनीतिक विषम परिस्थितिका कारण आन्दोलनका लागि तयारी गर्न पार्टी संरचनालाई निर्देशन दिएको छ । 

आइतबार पार्टीको केन्द्रीय कार्यालय मध्यबानेश्वरमा बसेको सचिवालय बैठकको निर्णय अनुसार सबै तहका सङ्गठनलाई आन्दोलनको लागि तयार रहन आदेश दिइएको पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी गराएका छन् ।

बैठकले मङ्सिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि १४ कात्तिकसम्म उम्मेदवारको नाम केन्द्रीय सचिवालयमा पठाउन पार्टीका सदस्यहरूलाई निर्देशन समेत दिएको छ । बैठकमा स्थानीय उपनिर्वाचनको लागि जिल्ला इन्चार्जको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ । 

बैठकले स्थानीय उपनिर्वाचनको लागि जिल्ला इन्चार्जको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने र निर्वाचन समितिमा निर्वाचन हुने वडा र पालिकाको केन्द्रीय समिति सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश सदस्य, पालिका अध्यक्ष, पालिका पूर्व अध्यक्ष, वडा अध्यक्ष र वडा पूर्व अध्यक्ष रहने व्यवस्था पार्टीले गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...