नेभिगेशन
सबै कुरा

बागलुङको छुर्पी अमेरिका निर्यात

गलकोट । पछिल्लो समय यहाँ उत्पादित  छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुने गरेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण हुने गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वार्षिक आठ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने सहकारी सङ्घले आर्थिक वर्ष २०८०र८१ मा मात्रै रु। ३८ लाख ५४ हजार चार सय १० को छुर्पी अमेरिका निर्यात गरेको हो । दुग्ध सहकारी सङ्घ बागलुङका अध्यक्ष दिपक गौतमकाअनुसार सहकारीबाट उत्पादित दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवामध्ये छुर्पीको माग अन्तर्राष्ट्रिय बजारमा उच्च छ । “दूध, तथा अन्य उत्पादनहरु बागलुङमै खपत भइरहेको हुन्छ, तर छुर्पीको बजार अन्तर्राष्ट्रियस्तरमा छ”, गौतमले भने ।  

Ncell
Extreme Energy

दुग्ध उत्पादक सहकारी सङ्घमा एक हजार पाँच सय किसान आबद्ध छन् । सङ्घले किसानबाट सङ्कलित दूधसहित अन्य सात प्रकारका दुग्धजन्य परिकार उत्पादन गरी बिक्री तथा वितरण गर्दै आएको छ । सङ्घले बागलुङ जिल्ला दूधमा आत्मनिर्भर बनाएको छ । सहकारीले गत आवमा सात करोड ८३ लाखको दूध, एक करोडको दही, २० लाखको घ्यू, ३२ लाखको पनिर र ८० हजारको खुवा बिक्री गरेको जनाएको छ ।

हाल सहकारी सङ्घले छुर्पी प्रतिकिलो रु एक हजार दुई सयमा बिक्री गर्दै आएको छ । सहकारीमा आबद्ध किसानले सहकारीमा आवद्ध भएपछि दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएकाले हौसला मिलेको बताएका छन् । सहकारी सङ्घमा १६ कर्मचारीले सङ्कलित दूध बागलुङ बजारका घरघरमै लगेर बिक्री गर्ने गरेको सहकारीका लेखापाल गणेश खड्काले बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

यस सहयोगले विपदबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको जनाएको छ । सफ्टी हाइजिनले विपद्को यस कठिन समयमा सामाजिक उत्तरदायित्वप्रतिको...
कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।