नेभिगेशन
सबै कुरा

टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरु अब इटहरीमा, के छन् अफर ?

काठमाडौँ । नेपालको लागि टाटा मोटर्सको एक मात्रै अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रा. लि.ले कोशी प्रदेशस्थित इटहरीमा विशेष औपचारिक कार्यक्रमकाबीच टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरु सार्वजनिक गरेको छ । दशैं–तिहार विशेष छुट अफरसहित सुलभ मूल्यमा आफ्ना ग्राहक महानुभावहरुको खुसियालीको सारथीकै रुपमा नयाँ मोडेल ल्याइएको जनाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टाटाद्वारा सार्वजनिक नयाँ मोडेलका उक्त गाडीहरुको मूल्य फरक–फरक रहेको छ । ग्राहकहरुले एसीइभी फ्ल्याटबेड रु.२१,९९,००० । (एक्काइस लाख उनानसय हजार) नेपाली रुपैँया पाउन सक्नेछन् भने टाटाकै सिएलभी विद्युतीय गाडीका लागि रु.२२,७९,००० । (बाइस लाख उन्नासी हजार) मा उपलब्ध गराउन सकिने टाटाको अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रा. लि.ले जनाएको छ । 

Ncell
Extreme Energy

कम्पनीले पहिलो एक हप्ता भित्र बुकिङ्ग गर्ने ग्राहकलाई यस योजना अन्तर्गत टाटाका माथि उल्लेखित गाडीहरुमा रु.५०,०००। ( पचाँस हजार ) सम्मको विशेष नगद छुटको व्यवस्था समेत गरेको छ । यसका अतिरिक्त ग्राहकहरुले उक्त गाडीहरुको खरिदमा एक वर्षका लागि निःशुल्क विमाको सुविधा, तीन पटकसम्म गाडी निःशुल्क सर्भिसिङ्ग, एक वर्षका लागि सवारी कर, आकर्षक एक्सचेञ्ज बोनस दिइनुका साथै गाडी नामसारी गर्दा लाग्ने खर्चसमेत कम्पनी आफैँले नै व्यहोर्ने लगायतका विभिन्न खाले थप सेवा÷सुविधा प्रदान गरिएको कम्पनीले कार्यक्रममा जानकारी दिएको छ । 

उक्त कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघका कोशी प्रदेशका सचिव श्री लाल बहादुर कार्की ज्यू, उद्योग वाणिज्य संघ,इटहरीका महासचिव श्री पिताम्वर पोख्रेल ज्यू, नेपाल वितरक महासंघ कोशी प्रदेश महासचिव श्री राजेश खनाल ज्यू, सिप्रदीका च्यानल पार्टनरहरु लगायत यातायात क्षेत्रसँग आबद्ध रहनुभएका विशिष्ट व्यक्तित्वहरुको समु–उपस्थितिमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का सहायक महाप्रबन्धक दिवश बाबु सुबेदीले विद्युतीय गाडीहरुको फाइदा र सञ्चालनका हिसावले अत्यन्तै किफायती, सहज र सुविधायुक्त हुनुका साथै सुरक्षाका दृष्टिकोणले समेत टाटाका गाडीहरु सुरक्षित देखिएको उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका...
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...