नेभिगेशन
सबै कुरा

टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरु अब इटहरीमा, के छन् अफर ?

काठमाडौँ । नेपालको लागि टाटा मोटर्सको एक मात्रै अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रा. लि.ले कोशी प्रदेशस्थित इटहरीमा विशेष औपचारिक कार्यक्रमकाबीच टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरु सार्वजनिक गरेको छ । दशैं–तिहार विशेष छुट अफरसहित सुलभ मूल्यमा आफ्ना ग्राहक महानुभावहरुको खुसियालीको सारथीकै रुपमा नयाँ मोडेल ल्याइएको जनाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टाटाद्वारा सार्वजनिक नयाँ मोडेलका उक्त गाडीहरुको मूल्य फरक–फरक रहेको छ । ग्राहकहरुले एसीइभी फ्ल्याटबेड रु.२१,९९,००० । (एक्काइस लाख उनानसय हजार) नेपाली रुपैँया पाउन सक्नेछन् भने टाटाकै सिएलभी विद्युतीय गाडीका लागि रु.२२,७९,००० । (बाइस लाख उन्नासी हजार) मा उपलब्ध गराउन सकिने टाटाको अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रा. लि.ले जनाएको छ । 

Ncell
Extreme Energy

कम्पनीले पहिलो एक हप्ता भित्र बुकिङ्ग गर्ने ग्राहकलाई यस योजना अन्तर्गत टाटाका माथि उल्लेखित गाडीहरुमा रु.५०,०००। ( पचाँस हजार ) सम्मको विशेष नगद छुटको व्यवस्था समेत गरेको छ । यसका अतिरिक्त ग्राहकहरुले उक्त गाडीहरुको खरिदमा एक वर्षका लागि निःशुल्क विमाको सुविधा, तीन पटकसम्म गाडी निःशुल्क सर्भिसिङ्ग, एक वर्षका लागि सवारी कर, आकर्षक एक्सचेञ्ज बोनस दिइनुका साथै गाडी नामसारी गर्दा लाग्ने खर्चसमेत कम्पनी आफैँले नै व्यहोर्ने लगायतका विभिन्न खाले थप सेवा÷सुविधा प्रदान गरिएको कम्पनीले कार्यक्रममा जानकारी दिएको छ । 

उक्त कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघका कोशी प्रदेशका सचिव श्री लाल बहादुर कार्की ज्यू, उद्योग वाणिज्य संघ,इटहरीका महासचिव श्री पिताम्वर पोख्रेल ज्यू, नेपाल वितरक महासंघ कोशी प्रदेश महासचिव श्री राजेश खनाल ज्यू, सिप्रदीका च्यानल पार्टनरहरु लगायत यातायात क्षेत्रसँग आबद्ध रहनुभएका विशिष्ट व्यक्तित्वहरुको समु–उपस्थितिमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का सहायक महाप्रबन्धक दिवश बाबु सुबेदीले विद्युतीय गाडीहरुको फाइदा र सञ्चालनका हिसावले अत्यन्तै किफायती, सहज र सुविधायुक्त हुनुका साथै सुरक्षाका दृष्टिकोणले समेत टाटाका गाडीहरु सुरक्षित देखिएको उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागू

दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार प्राधिकरणले एनसेलको नयाँ पल्स दरका लागि निर्णयानुसार स्वीकृति प्रदान गरेको हो ।
एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी

यस सहकार्यले नेपालमा आईओटी नवप्रवर्तनको क्षेत्रमा एनसेलको अग्रणी स्थानलाई थप सुदृढ बनाएको छ । यसलाई अवलम्बन गर्दै, एनसेलले विभिन्न क्षेत्रमा कनेक्टेड प्रविधिको प्रयोगलाई थप प्रवद्र्धन गर्ने प्रतिबद्धतालाई निरन्तरता...
नाडा अटो शो २०२६ भाद्र ९ देखि १४ गतेसम्म काठमाण्डौँमा आयोजना हुने

नाडा अटो शो २०२६ भाद्र ९ देखि १४ गतेसम्म काठमाण्डौँमा आयोजना हुने

नाडाको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा यस नाडा अटो शो को १८औं संस्करणलाई स्वर्ण उत्सव संस्करणको रूपमा भव्यताका साथ आयोजना गरिने भएको छ । यस प्रदर्शनीले अटोमोबाइल कम्पनीहरूलाई आफ्ना नवीनतम...
एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

तर २०८३ साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । र अहिले सर्वोच्चले साउन २६ गतेको एनसेलको प्रतिवेदन सार्वजनिक गर्नेसम्बन्धी निर्णय कार्यान्वयन नगरी...

भर्खरै