नेभिगेशन
सबै कुरा

यालापिकमा हराइरहेका दुई पर्यटकमध्ये एक सम्पर्कमा आए

रसुवा । हिमाल आरोहणको क्रममा हराइ रहेका दुई पर्यटकमध्ये एक पर्यटक सम्पर्कमा आएका छन् । दुई साता अगाडि ठमेलस्थित काठमाडौँ टे«किङ कम्पनीमार्फत गोसाइँकुण्ड गाउँपालिका–३ को उच्च भाग (समुन्द्र सतहदेखि सात हजार दुई सय ३४ मिटर उचाइ) यालापिकमा हराइरहेका चीज रिपप्लिक देशका ५० वर्षीय मारेक होलेसेक्का शुक्रबार साँझ लाङ्टाको क्याङ्जेनस्थित हायर गेष्ट हाउसको सम्पर्कमा आएको स्थानीय पर्यटन व्यवसायीले जनाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सम्पर्कमा आएको पुष्टि रसुवा जिल्लाका प्रहरी प्रमुख केशव भट्टराईले जानकारी दिए । उनीसँग गएका अर्का श्लोभाकियाका ३४ वर्षीय ओनरेज हुसर्के भने सम्पर्कविहीन नै रहेका छन् ।  शुक्रबार र शनिबार दुई दिनसम्म हवाई खोज उद्धारअन्तर्गत हिमाली उच्च भागको ३० मिटरभन्दा बढी गहिरो खोचको डिल्लामा सिल्पिङ व्याग देखिएको ओनरेज त्यहीबाट खोचभित्र खसेको सहकर्मी पर्यटकबाट जानकारी पाएको अल्टिच्युट एयरका पाइलट विवेक खड्काले जानकारी दिए ।         

Ncell
Extreme Energy

 पाइलट खड्काले भने, “क्याङ्जेन माथिको आकाशमा शुक्रबार दिनभर हेलिकप्टरबाट हावाई खोज उद्वारको प्रयास गरे पनि मौसम प्रतिकूलकै कारण राजधानी फिर्ता आउन परेको थियो । शनिबार बिहानको प्रयासबाट सिल्पिङ व्याग देखिएको हो ।”        

 यस्तै गोसाइँकुण्डको यात्राका क्रममा खुट्टामा चोटलागेरबीच बाटोमै अलपत्र परेका जर्मन नागरिक ४३ वर्षीया रोवर्ड जर्ज न्यू वरलाई हवाई उद्धार गरिएको छ । उनलाई अल्टिच्युट एयरको हेलिकप्टरले लौरीविनायक बाट उद्धार गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार वर्षायाम सुरु भएसँगै पर्यटकको आगमन घटेको हो ।
काठमाडौँ –हेटौडा जोड्ने देउरालीमा १० मिनेट: फरक मौसमको अनुभूति, बादलसँग लुकामारी

काठमाडौँ –हेटौडा जोड्ने देउरालीमा १० मिनेट: फरक मौसमको अनुभूति, बादलसँग लुकामारी

काठमाडौँ र हेटौडामा अहिले गर्मी महसुस भइरहे पनि यी दुई सहरलाई जोड्ने सडकको देउराली क्षेत्रमा भने मौसम बिल्कुलै फरक देखिन्छ। केही क्षणमै वरिपरिका हरिया डाँडाकाँडा, सुन्दर इन्द्रसरोवर (कुलेखानी)...
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू, विशेषगर फेवातालाको तालबाराही मन्दिर, विन्ध्यवासिनी, मुक्तिनाथ, तथा विभिन्न पदयात्रामा भारतीय पर्यटकको सङ्ख्या उत्साहजनक रहेको होटल सङ्घ पोखरा, नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले...

भर्खरै