नेभिगेशन
कर्पाोरेट

उद्योग वाणिज्य महासङ्घमा लघु घरेलु साना एवं मझौला उद्यम विकास केन्द्र स्थापना

काठमाडौँ । उद्योग वाणिज्य महासङ्घमा लघु घरेलु साना एवं मझौला उद्यमीलाई आइपर्ने चुनौतीको सामना गर्ने उद्देश्यले महासङ्घमै लघु घरेलु साना एवं मझौला उद्यम विकास केन्द्र स्थापना गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो केन्द्रको अध्यक्ष चन्द्र ढकाल सहित राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनी र उद्योग वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतले उद्घाटन गरेका छन् । केन्द्रले नीतिगत व्यवस्थाहरू, प्रक्रियागत सहजता तथा क्षमता अभिवृद्धि र बजार विस्तारमा उद्यमीहरूलाई सहयोग पुर्‍याउने लक्ष्य लिएको छ  ।

Ncell
Extreme Energy

सो क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात व्यापार बढाउने रणनीतिमा थप सहकार्यका लागि सरकार तथा सरोकारवालाहरुलाई आग्रह गरेका छन् । 

अति कम विकसित  मुलुकको सूचीबाट विकासशीलमा स्तरोन्नति हुने समय नजिकिँदै गर्दा बाह्य बजारसँग प्रतिस्पर्धी हुन थप तयारी आवश्यक भएको तर्फ अध्यक्ष ढकालले ध्यानाकर्षण गराएका हुन् । 

महासंघले सोमवार आयोजना गरेको अन्तर्क्रियामा अध्यक्ष ढकालले स्वदेशमै माग घटेका बेला विदेशी बजारमा प्रतिस्पर्धा गर्नु पर्ने चुनौती नजिक आइरहेको बताए । नवप्रवर्तन तथा सूचना प्रविधिको उपयोग मार्फत प्रतिस्पर्धी क्षमता बढाउनुको विकल्प नरहेको पनि अध्यक्ष ढकालको भनाइ थियो । स्तरोन्नतिबाट फाइदा लिन राष्ट्रिय योजना आयोगले तयार गरेको रणनीतिलाई व्यवसायीहरूको सुझाव अनुसार थप परिमार्जन गर्नुपर्ने अवस्था रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे । 

अध्यक्ष ढकालले लघु घरेलु साना एवं मझौला उद्यमले पुँजी र प्रविधिका आधारमा पनि प्रतिस्पर्धी क्षमता कम हुने भएकाले यस्ता उद्यमीलाई थप सहयोगको जरुरी रहेको पनि उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कर्पाोरेट
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका...
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...