नेभिगेशन
सबै कुरा

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षको तलबको प्रलोभनमा रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभिन्न देशमा पठाइदिने भनी सर्वसाधारणबाट रकम असुल गरी सम्पर्क विहीन भएका धनुषाको मिथिला नगरपालिका–९ का ४१ वर्षीय रवीन कोइराला, धादिङको सिद्धलेक गाउँपालिका–७ आदमटारका ३६ वर्षीय पदमबहादुर भुजेल र झापा बाह्रदर्शी गाउँपालिका–३का ४१ वर्षीय कार्तिकलाल राजवंशी पक्राउ परेका हुन् ।

Ncell
Extreme Energy

रविनले रु एक लाख, पदमले रु तीन र कार्तिक रु सात लाख ७० हजार लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

केवाइसी रूजु गर्ने वालेटका तीन कर्मचारी पक्राउ

सेवाग्राहीको ग्राहक पहिचान फाराम (केवाइसी) रूजु गर्ने वालेटकै  तीन जना कर्मचारी पक्राउ परेका छन् । वालेटको केवाइसी रूजु गर्न ग्राहकले अपलोड गरेका फोटो, नागरिकतालगायत विवरण डाउनलोड गरी आपराधिक गिरोहसँग कमिसन लिई अन्य व्यक्तिहरूको नाममा ५५ वटा खाता सञ्चालन गरेर आर्थिक कारोबारमा संलग्न भएको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।

सो अभियोगमा धादिङको ज्वालामुखी गाउँपालिका–५ का २० वर्षीय साहिल श्रेष्ठ, गोरखाको सिरानचोक गाउँपालिका–४ का २२ वर्षीय सविनकुमार कुमाल र रामेछापको उमाकुण्ड गाउँपालिका–२ का २२ वर्षीय सुरेन्द्र बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि आपराधिक विश्वासघात गर्न नहुने कसूरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

७१ किलो गाँजासहित दुई पक्राउ

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ तिनताप्केस्थित सडकबाट ७१ किलोग्राम गाँजासहित दुई जना प्रहरी नियन्त्रणमा परेका छन् । राक्सिराङ गाउँपालिका–९ खैराङका २० वर्षीय मिलन घलान र २६  वर्षीय दावा थिङ पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ३०५९ नम्बरको बोलेरोलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

झापाको कमल गाउँपालिका–७ ठुलोबाह्रघरे बस्ने ३८ वर्षीय सन्देश बस्नेत नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ९ सय ३० क्याप्सुल, स्पासेन ५ हजार २६ क्याप्सुल र डेकोलिक ४ सय २० क्याप्सुल सहित पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बाह्रघरे र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।  

गौरीगन्ज गाउँपालिका–१ भन्सार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ नौ सय मिलिग्राम सहित २१ वर्षीय उत्तम राजवंशी, १९ वर्षीय गोविन्द राजवंशी र १८ वर्षीय किशोर  पक्राउ परेका छन् ।

कागरेश्वरीमा आगलागी

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ अमरसिंह चोकस्थित कपुरकोट महादेब फर्निचर एण्ड फर्निसिङ पसल र किराँत एक्वारियमलगायत अन्य सहायक सामाग्री पसलमा गएराति आगलागी भएको छ । उक्त आलागीबाट करिब रु ७५ लाख क्षति भएको प्रहरीले जनाएको छ ।

सिन्धुलीको दुधौली नगरपालिका–९ दुधौली बजारस्थित वसन्त खड्काको सुनकोशी जनरल स्टोरमा आज बिहान आगलागी हुँदा पसल  जलेर  रु १५ लाखको क्षति भएको छ । ओखलढुङ्गाको, मानेभन्ज्याङ गाउँपालिका–७ हर्कपुर बस्ने तेजप्रसाद गौतमको घरमा आगालगी हुँदा घर पूर्णरूपमा जलेर करिब रु छ लाखको धनमाल नष्ट भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...