नेभिगेशन
सबै कुरा

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षको तलबको प्रलोभनमा रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । 

विभिन्न देशमा पठाइदिने भनी सर्वसाधारणबाट रकम असुल गरी सम्पर्क विहीन भएका धनुषाको मिथिला नगरपालिका–९ का ४१ वर्षीय रवीन कोइराला, धादिङको सिद्धलेक गाउँपालिका–७ आदमटारका ३६ वर्षीय पदमबहादुर भुजेल र झापा बाह्रदर्शी गाउँपालिका–३का ४१ वर्षीय कार्तिकलाल राजवंशी पक्राउ परेका हुन् ।

Dish Home
Global Ime Bank

रविनले रु एक लाख, पदमले रु तीन र कार्तिक रु सात लाख ७० हजार लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

केवाइसी रूजु गर्ने वालेटका तीन कर्मचारी पक्राउ

सेवाग्राहीको ग्राहक पहिचान फाराम (केवाइसी) रूजु गर्ने वालेटकै  तीन जना कर्मचारी पक्राउ परेका छन् । वालेटको केवाइसी रूजु गर्न ग्राहकले अपलोड गरेका फोटो, नागरिकतालगायत विवरण डाउनलोड गरी आपराधिक गिरोहसँग कमिसन लिई अन्य व्यक्तिहरूको नाममा ५५ वटा खाता सञ्चालन गरेर आर्थिक कारोबारमा संलग्न भएको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।

सो अभियोगमा धादिङको ज्वालामुखी गाउँपालिका–५ का २० वर्षीय साहिल श्रेष्ठ, गोरखाको सिरानचोक गाउँपालिका–४ का २२ वर्षीय सविनकुमार कुमाल र रामेछापको उमाकुण्ड गाउँपालिका–२ का २२ वर्षीय सुरेन्द्र बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि आपराधिक विश्वासघात गर्न नहुने कसूरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

७१ किलो गाँजासहित दुई पक्राउ

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ तिनताप्केस्थित सडकबाट ७१ किलोग्राम गाँजासहित दुई जना प्रहरी नियन्त्रणमा परेका छन् । राक्सिराङ गाउँपालिका–९ खैराङका २० वर्षीय मिलन घलान र २६  वर्षीय दावा थिङ पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ३०५९ नम्बरको बोलेरोलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

झापाको कमल गाउँपालिका–७ ठुलोबाह्रघरे बस्ने ३८ वर्षीय सन्देश बस्नेत नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ९ सय ३० क्याप्सुल, स्पासेन ५ हजार २६ क्याप्सुल र डेकोलिक ४ सय २० क्याप्सुल सहित पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बाह्रघरे र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।  

गौरीगन्ज गाउँपालिका–१ भन्सार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ नौ सय मिलिग्राम सहित २१ वर्षीय उत्तम राजवंशी, १९ वर्षीय गोविन्द राजवंशी र १८ वर्षीय किशोर  पक्राउ परेका छन् ।

कागरेश्वरीमा आगलागी

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ अमरसिंह चोकस्थित कपुरकोट महादेब फर्निचर एण्ड फर्निसिङ पसल र किराँत एक्वारियमलगायत अन्य सहायक सामाग्री पसलमा गएराति आगलागी भएको छ । उक्त आलागीबाट करिब रु ७५ लाख क्षति भएको प्रहरीले जनाएको छ ।

सिन्धुलीको दुधौली नगरपालिका–९ दुधौली बजारस्थित वसन्त खड्काको सुनकोशी जनरल स्टोरमा आज बिहान आगलागी हुँदा पसल  जलेर  रु १५ लाखको क्षति भएको छ । ओखलढुङ्गाको, मानेभन्ज्याङ गाउँपालिका–७ हर्कपुर बस्ने तेजप्रसाद गौतमको घरमा आगालगी हुँदा घर पूर्णरूपमा जलेर करिब रु छ लाखको धनमाल नष्ट भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ

कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ

काभ्रेका नेपाली कांग्रेस नेता गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन्।
बाल मन्दिर जग्गा हिनामिना प्रकरणः  तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

बाल मन्दिर जग्गा हिनामिना प्रकरणः  तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

नेपाल बाल संगठनको नक्सालस्थित जग्गा हिनामिना प्रकरणमा तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न आदेश भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले श्रेष्ठलाई ५ लाख...
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई...