नेभिगेशन
सबै कुरा

सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९ दशमलव ७० अङ्कले बढेर दुई हजार सात सय ५६ दशमलव ३६ अङ्कमा बन्द भएको छ । आज नेप्से परिसूचक एक दशमलव ४६ प्रतिशतले बढेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज तीन सय १६ कम्पनीको एक करोड ७१ लाख ४३ हजार पाँच सय ८४ कित्ता शेयर ८९ हजार पटक खरिद बिक्री हुँदा रु नौ अर्ब ३१ करोड २९ लाख ३४ हजार आठ सय ४० को कारोबार भएको छ । आज कारोबारमा आएका सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

Extreme Energy

विशाल बजार कम्पनी, कर्णाली बिकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक,सर्पोट माइक्रोफाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक र मानुशी लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ ।

वित्त समूहको उपसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी व्यापार समूह नौ दशमलव २७ र विकास बैंक समूह तीन दशमलव १८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
२१ दशमलव ३२ अङ्कले बढ्यो नेप्से परिसूचक

२१ दशमलव ३२ अङ्कले बढ्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक  चार दशमलव ७९ अङ्कले बढेर ४७४ दशमलव ९६ मा पुगेको छ । फ्लोट सूचक एक दशमलव ६१ अङ्कले बढेर १८१ दशमलव...
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ३१ अङ्कले बढेर दुई हजार ५७४ दशमलव ६५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य...
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३८ अङ्कले घटेर दुई हजार ५७२ दशमलव ३४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य...
नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३३ अङ्कले घटेर ४६७ दशमलव ४६ मा पुगेको छ । त्यसैगरी फ्लोट सूचक दुई दशमलव ६० अङ्कले घटेर १८०...