नेभिगेशन
सबै कुरा

इजरायल भएको आक्रमणमा परेका नेपालीहरुको अवस्थाबारे परराष्ट्रमन्त्रीद्वारा सदनलाई जानकारी

काठमाडाैँ : परराष्ट्रमन्त्री एनपी साउदले आइतबार सदनलाई इजरायल भएको आक्रमणमा परेका नेपालीहरुको अवस्थाबारे सदनलाई जानकारी गराएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार  इजरायलमा हाल ४ हजार ५ सय नेपाली केयर गिभरको रुपमा कार्यरत रहेका छन् । त्यस्तै नेपालको कृषि विश्वविद्यालयबाट १ सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदुरपश्चिम विश्वविद्यालयबाट ४९ जना गरी कुल २६५ जना नेपाली विद्यार्थी इजरायलको 'लर्न एण्ड अर्न प्रोगाम' अन्तर्गत गएर अध्ययनरत रहेका मन्त्री साउदले बताएका छन्  । 

Ncell
Extreme Energy

यीमध्ये सुदुरपश्चिम विश्वविद्यालयबाट गएका १७ जना नेपालीहरु दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत छन् । यो स्थान गाजाक्षेत्रबाट नजिक रहेका कारण हमासले गरेको आक्रमणमा परि १७ मध्ये २ जना सकुशल रहेको, ३ जना घाइते नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेका कारण उनीहरुको हताहत भएको आशंकामा छ । उनीहरुको अवस्था पत्ता लगाउन सम्पूर्ण संयन्त्र परिचालन गरिएको मन्त्री साउदले बताएका छन् ।

त्यस्तै इजरायलमा भएको घटनालाई नेपाल सरकारले गम्भिरताका साथ लिएको परराष्ट्रमन्त्री साउदले जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा इजरायलमा रहेका नेपालीहरूलाई सहयोग गर्न सरकार प्रतिबद्ध रहेको उनले बताएका छन् ।

त्यस्तै आइतबार बिहान प्रधानमन्त्री प्रचण्डको अध्यक्षता साथै परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकायहरु सम्मिलित एक समन्वय संयन्त्र गठन गरिएको समेत उनले बताएका छन् । उक्त संयन्त्रले इजरायलमा नेपालीहरुको वास्तविक स्थिति पहिचान गर्न, नेपालीहरूलाई सुरक्षित तवरले राख्न, उद्धार तथा सहयोग गर्नको लागि आवश्यक सहजीकरण र समन्वय गर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।