नेभिगेशन
सबै कुरा

इजरायल भएको आक्रमणमा परेका नेपालीहरुको अवस्थाबारे परराष्ट्रमन्त्रीद्वारा सदनलाई जानकारी

काठमाडाैँ : परराष्ट्रमन्त्री एनपी साउदले आइतबार सदनलाई इजरायल भएको आक्रमणमा परेका नेपालीहरुको अवस्थाबारे सदनलाई जानकारी गराएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार  इजरायलमा हाल ४ हजार ५ सय नेपाली केयर गिभरको रुपमा कार्यरत रहेका छन् । त्यस्तै नेपालको कृषि विश्वविद्यालयबाट १ सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदुरपश्चिम विश्वविद्यालयबाट ४९ जना गरी कुल २६५ जना नेपाली विद्यार्थी इजरायलको 'लर्न एण्ड अर्न प्रोगाम' अन्तर्गत गएर अध्ययनरत रहेका मन्त्री साउदले बताएका छन्  । 

Extreme Energy

यीमध्ये सुदुरपश्चिम विश्वविद्यालयबाट गएका १७ जना नेपालीहरु दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत छन् । यो स्थान गाजाक्षेत्रबाट नजिक रहेका कारण हमासले गरेको आक्रमणमा परि १७ मध्ये २ जना सकुशल रहेको, ३ जना घाइते नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेका कारण उनीहरुको हताहत भएको आशंकामा छ । उनीहरुको अवस्था पत्ता लगाउन सम्पूर्ण संयन्त्र परिचालन गरिएको मन्त्री साउदले बताएका छन् ।

त्यस्तै इजरायलमा भएको घटनालाई नेपाल सरकारले गम्भिरताका साथ लिएको परराष्ट्रमन्त्री साउदले जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा इजरायलमा रहेका नेपालीहरूलाई सहयोग गर्न सरकार प्रतिबद्ध रहेको उनले बताएका छन् ।

त्यस्तै आइतबार बिहान प्रधानमन्त्री प्रचण्डको अध्यक्षता साथै परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकायहरु सम्मिलित एक समन्वय संयन्त्र गठन गरिएको समेत उनले बताएका छन् । उक्त संयन्त्रले इजरायलमा नेपालीहरुको वास्तविक स्थिति पहिचान गर्न, नेपालीहरूलाई सुरक्षित तवरले राख्न, उद्धार तथा सहयोग गर्नको लागि आवश्यक सहजीकरण र समन्वय गर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।