नेभिगेशन
सबै कुरा

रामराजा क्याम्पस प्रमुख कुशवाहाको हत्याका मुख्य अभियुक्त पक्राउ

बारा । प्रहरीले बाराको आदर्शकोतवाल गाउपालिका ३ स्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कुशवाहा हत्याका मुख्य अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्याको मुख्य अभियुक्त सुरेन्द्र कुशवाहालाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

क्याम्पस प्रमुखको हत्या भएको करिब ६ महिनापछि प्रहरीले अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो । विराटनगरमा लुकेर बसेको विशेष सूचनाका आधारमा अभियुक्त कुशवाहालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  उनलाई बुधबार विराटनगरबाट पक्राउ गरिएको हो । 

CG

गत जेठ ३२ गते साँझ साढे पाँच बजेको समयमा जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर २ खजुरीया निवासी क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या गरिएको थियो।क्याम्पस प्रमुख कुशवाहा मोटरसाईकल चलाई खजुरियाबाट कलैयातर्फ आउने क्रममा आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बतरा टोलस्थित ग्रावेल सडक खण्डमा पुग्दा अपरचित व्यक्तिहरुको समूहले उनको गोली हानी हत्या गरेका थिए । 

गोली लागेर गम्भीर घाइते उनलाई तुरुन्तै बयोधा अस्पताल, वीरगञ्ज लगिएको थियो । त्यसबेला उनले गोली प्रहारमा सुरेन्द्रको संलग्नता रहेको बताएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

कुशवाहाले जग्गा सम्बन्धी विवादमा कुशवाहाको गोली हानी हत्या गरेको बताइएको छ । क्याम्पस प्रमुख कुशवाहाको हत्यामा सुरेन्द्र सहित १७ जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका कुशवाहालाई जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ

प्रहरीले केही दिनअघि गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट एक हजार दरको ९३ थान नक्कली नोटसहित छ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ...
युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

पक्राउ पर्नेमा दाङ राप्ति गाउँपालिका–१ बस्ने प्युठान, प्युठान नगरपालिका–९ घर भएका ३९ वर्षीय इन्द्रबहादुर केसी, काठमाडौँ स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका–५ का ४० वर्षीय आइते तामाङ र काठमाडौँ...
छुरा प्रहार गरी श्रीमतीको हत्या, श्रीमानद्वारा आत्महत्याको प्रयास

छुरा प्रहार गरी श्रीमतीको हत्या, श्रीमानद्वारा आत्महत्याको प्रयास

आइतबार बिहान करिब ८ बजेको समयमा बेलका नगरपालिका–३ किरात चोक बस्ने ३० वर्षका खगेन्द्र राई र उनकी २७ वर्षीया श्रीमती भावना भनिने गंगा राईबीच आपसी विवाद हुँदा श्रीमानले...
सन् २०२५ मा १२८ पत्रकारको हत्या

सन् २०२५ मा १२८ पत्रकारको हत्या

तीमध्ये आधाभन्दा बढी मध्यपूर्वमा भएको हो । आइएफजेका महासचिव एन्थोनी बेलाङ्गरले भने, “सन् २०२४ भन्दा बढेको यो सङ्ख्या केवल तथ्याङ्क मात्र होइन, यो हाम्रा सहकर्मीहरूका लागि विश्वव्यापी रेड...