नेभिगेशन
सबै कुरा

रामराजा क्याम्पस प्रमुख कुशवाहाको हत्याका मुख्य अभियुक्त पक्राउ

बारा । प्रहरीले बाराको आदर्शकोतवाल गाउपालिका ३ स्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कुशवाहा हत्याका मुख्य अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्याको मुख्य अभियुक्त सुरेन्द्र कुशवाहालाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

क्याम्पस प्रमुखको हत्या भएको करिब ६ महिनापछि प्रहरीले अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो । विराटनगरमा लुकेर बसेको विशेष सूचनाका आधारमा अभियुक्त कुशवाहालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  उनलाई बुधबार विराटनगरबाट पक्राउ गरिएको हो । 

Ncell
Extreme Energy

गत जेठ ३२ गते साँझ साढे पाँच बजेको समयमा जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर २ खजुरीया निवासी क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या गरिएको थियो।क्याम्पस प्रमुख कुशवाहा मोटरसाईकल चलाई खजुरियाबाट कलैयातर्फ आउने क्रममा आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बतरा टोलस्थित ग्रावेल सडक खण्डमा पुग्दा अपरचित व्यक्तिहरुको समूहले उनको गोली हानी हत्या गरेका थिए । 

गोली लागेर गम्भीर घाइते उनलाई तुरुन्तै बयोधा अस्पताल, वीरगञ्ज लगिएको थियो । त्यसबेला उनले गोली प्रहारमा सुरेन्द्रको संलग्नता रहेको बताएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

कुशवाहाले जग्गा सम्बन्धी विवादमा कुशवाहाको गोली हानी हत्या गरेको बताइएको छ । क्याम्पस प्रमुख कुशवाहाको हत्यामा सुरेन्द्र सहित १७ जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका कुशवाहालाई जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लागुऔषधसहित २० जना पक्राउ

लागुऔषधसहित २० जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिरहाबाट चार, झापाबाट तीन, जुम्ला, रुपन्देही, मोरङ, सुनसरी र दाङबाट दुई/दुई तथा कपिलवस्तु, तनहुँ र काठमाडौँबाट एक/एक जना पक्राउ परेका हुन् ।
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तु वाणगङ्गा नगरपालिका–८ बस्ने पाल्पा रैनादेवी गाउँपालिका–१ घर भएका ३५ वर्षीय माधव अर्याल छन् ।
‘अपराध महाशाखाको एसपी हुँ’ भन्दै सर्वसाधारणलाई धम्की दिने राजकुमार आलेमगर पक्राउ

‘अपराध महाशाखाको एसपी हुँ’ भन्दै सर्वसाधारणलाई धम्की दिने राजकुमार आलेमगर पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं  प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आलेमगरले आफू ‘अपराध महाशाखाबाट एसपी दिलीप घिमिरे’ भएको भन्दै सर्वसाधारणलाई धम्क्याउने, अनावश्यक दबाब दिने तथा दुःख हैरानी...
बाल मन्दिर जग्गा प्रकरणमा तीन जना पक्राउ

बाल मन्दिर जग्गा प्रकरणमा तीन जना पक्राउ

सिआइबीका प्रवक्ता एसएसपी  अनुपम शमशेर जबराले बालमन्दिरको जग्गा अनाधिकृतरुपमा भाडा लगाइएको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको जानकारी दिए ।