नेभिगेशन
सबै कुरा

कीर्ते हस्ताक्षर गरि २९ लाख अपचलन गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका ५ राजपैडास्थित आधुनिक प्राथमिक विद्यालयका प्रधानाध्यापक किशोरी चौधरी पक्राउ परेका छ्न ।  कीर्ते हस्ताक्षर गरी विद्यालयको बैंक खातामा रोक्का रहेको २९ लाख ३५ हजार ५२९ रुपैयाँ निकाली हिनामिना गरेको आरोपमा हिजो साँझ पक्राउ गरि आज म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ परेका चौधरीविरुद्ध लिखतसम्बन्धी कसुरमा रौतहट जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको रौतहटका डीएसपी दीपककुमार रायले बताए ।

Ncell
Extreme Energy

नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को विशेष अनुदानबाट ४ कोठे भवन निर्माणका लागि ४७ लाख ७५ हजार ५१२ रुपैयाँ निकास भएको थियो । सो भवन निर्माणको ठेक्का सकार ब्रह्म बाबा कन्ट्रक्सनले पाएको थियो । काम पुर्ण रुपमा सम्पन्न भएपछि नियमानुसार रकम भुक्तानी पाउने गरी रोक्का गरिएकोमा प्राविधिक जाँच तथा पहिलो रनिङ बिल भरपाइको आधारमा नगरपालिकाको पत्रद्वारा २० लाख १० हजार ५२९ रुपैयाँ ब्रह्म बाबाले पाउने गरी रकम फुकुवा गरिएको थियो ।

उक्त रकम निकालेपछि प्रधानाध्यापक चौधरीले नगरपालिकाको पत्रहरूमा कीर्ते हस्ताक्षर गरी बाँकी रहेको २९ लाख ३५ हजार ५२९ रुपैयाँ निकाली हिनामिना गरेको आरोपमा पक्राउ परेका हुन् । पालिकाका अन्य कर्मचारी समेतको संलग्नताका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लागुऔषधसहित २० जना पक्राउ

लागुऔषधसहित २० जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिरहाबाट चार, झापाबाट तीन, जुम्ला, रुपन्देही, मोरङ, सुनसरी र दाङबाट दुई/दुई तथा कपिलवस्तु, तनहुँ र काठमाडौँबाट एक/एक जना पक्राउ परेका हुन् ।
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तु वाणगङ्गा नगरपालिका–८ बस्ने पाल्पा रैनादेवी गाउँपालिका–१ घर भएका ३५ वर्षीय माधव अर्याल छन् ।
‘अपराध महाशाखाको एसपी हुँ’ भन्दै सर्वसाधारणलाई धम्की दिने राजकुमार आलेमगर पक्राउ

‘अपराध महाशाखाको एसपी हुँ’ भन्दै सर्वसाधारणलाई धम्की दिने राजकुमार आलेमगर पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं  प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आलेमगरले आफू ‘अपराध महाशाखाबाट एसपी दिलीप घिमिरे’ भएको भन्दै सर्वसाधारणलाई धम्क्याउने, अनावश्यक दबाब दिने तथा दुःख हैरानी...
बाल मन्दिर जग्गा प्रकरणमा तीन जना पक्राउ

बाल मन्दिर जग्गा प्रकरणमा तीन जना पक्राउ

सिआइबीका प्रवक्ता एसएसपी  अनुपम शमशेर जबराले बालमन्दिरको जग्गा अनाधिकृतरुपमा भाडा लगाइएको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको जानकारी दिए ।