नेभिगेशन
सबै कुरा

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न

चितवन । भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले समग्रमा ७० प्रतिशत काम सम्पन्न भएको जनाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार अहिले केवल (तार) बिच्छ्याउने कार्य र घरघरमा जडान कार्य (सर्भिस कनेक्सन)को काम बाँकी रहेको छ । अहिले शहीदचोक र पुलचोक क्षेत्रमा काम भइरहेको उनले बताए ।  निर्माण कार्य तिव्र पारिएकाले सन् २०२५ को जुलाईसम्म काम सक्ने गरी कार्ययोजना निर्माण गरेर काम गरिएको छ । 

Ncell
Extreme Energy

जमिनको सतहभन्दा माथि देखिने काम र जमिनमा नदेखिने गरी दुई चरणमा विभाजन गरेर काम गरिएको छ । डिभाइस र फाउण्डेसन निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको उहाँले बताउनुभयो । अन्य कामलाई तिव्र गतिमा लैजान निर्माण कम्पनीलाई आयोजनाले आग्रह गरेको छ । 

सुवेदीले भने, “निर्माण कम्पनीले समय थप गर्न गरेको निवेदनलाई मध्यनजर गर्दै दश महिनाको समय थप गरिएको छ ।” सन् २०२२ को अक्टोबरमा दुई वर्षमा काम सम्पन्न गर्ने गरी भारतीय ठेकेदार कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले ठेक्का सकारेको थियो । 

पछिल्लो सम्झौताअनुसार महानगरपालिकाभित्र चनौली लाइन जडानका लागि भरतपुर महानगरको मुख्य शहरी क्षेत्रमा भूमिगत मार्फत गर्दै लगिने उनले जानकारी दिए । उनले भने, “बसेनीदेखि भरतपुर महानगरपालिका अगाडिसम्म, आँपटारीदेखि पोखरा बसपार्कसम्मको सडक र केन्द्रीय बस ट्रमिनलदेखि गोन्द्राङ्सम्मको सडक थपिएको छ ।” केन्द्रीय बस ट्रमिनलदेखि गोन्द्राङ्सम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र ४०० भोल्टको लाइनलाई भूमिगत गरिने उनले बताए ।

उनका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि रु एक अर्ब ४० करोड लागत लाग्ने छ । सुरुवाती समयमा रु एक अर्ब ३० करोड वजेट भरतपुरलाई विनियोजन गरिएको थियो । एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी खोल्न थालियो

मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी खोल्न थालियो

मनाङको सदरमुकाम चामेमा पहिरोले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ ।
बाढीपहिरोले ३१८ मेगावाटभन्दा बढी जलविद्युत् प्रभावित, प्रसारण संरचना पुनःस्थापनामा प्राधिकरण

बाढीपहिरोले ३१८ मेगावाटभन्दा बढी जलविद्युत् प्रभावित, प्रसारण संरचना पुनःस्थापनामा प्राधिकरण

बाढीपहिरोका कारण जलविद्युत् आयोजना, प्रसारण तथा वितरण संरचनामा पुगेको क्षति मर्मत गरी विद्युत् आपूर्ति व्यवस्थित बनाउन नेपाल विद्युत् प्राधिकरणले पुनःस्थापनाको काम तीव्र पारेको छ।
अवरुद्ध बीपी राजमार्ग खुलाउने प्रयास जारी

अवरुद्ध बीपी राजमार्ग खुलाउने प्रयास जारी

खुर्कोट–भकुण्डेबेँसी खण्डमा यातायात सञ्चालनका लागि अवरोध हटाउने कार्य जारी रहेकाले असोज १३ गते अपराह्नदेखि सडक सञ्चालनमा आउन सक्ने उनले बताए । केहि स्थानमा पहिरो पन्छाइसकेपनि चौकीडाँडा क्षेत्रमा अझै...