नेभिगेशन
सबै कुरा

चन्द्रपुरमा नगरपालिकाले नै बनायाे विधुतीय सवारी चार्जिङ स्टेसन

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा विधुतीय सवारी चार्जिङ स्टेसन औपचारिक रुपमा सुरु भएको छ । 

बिहिबार मधेश प्रदेशका पुर्व भौतिक पुर्वाधार विकाश मन्त्री तथा नेपाली काङ्ग्रेस मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादबले उद्घाटन गर्दै औपचारिक सुरुवात भएको हो । 

CG

मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरशिप फण्ड’ र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा करिब साढे पाँच कठ्ठा सरकारी जमिनमा निर्माण भएको उक्त चार्जिङ सेन्टरबाट एक पटकमा ४ वटा चारपाङ्ग्रे गाडी, तीन पाङ्ग्रे ११ वटा गरेर १५ वटा चार्जिङ प्वाइन्ट रहेको उक्त चार्जिङ स्टेशन  ‘एनके थापा कन्स्ट्रक्सन’ काठमाडौँका प्रबन्ध निर्देशक देबराज अधिकारीले चन्द्रपुर नगरपालिकालाई हस्तान्तरण गरेसँगैविधिवत रुपमा सुरुवात भएको हो । 

चार्जिङ स्टेसनको उद्घाटन गर्दै पुर्व मन्त्री यादबले विधुतिय सवारीले कम खर्चमा यात्रा गर्न सकिने हुदा देशैभरी विधुतीय चार्जिङ स्टेसन थप्नुपर्ने धारणा राखे । 

चन्द्रपुर नगरपालिकामा मेयर सन्जय काफ्लेले मधेस प्रदेशको चन्द्रपुरमा सुविधा सम्पन्न चार्जिङ स्टेसन बन्नु नगरको गौरवको कुरा भएको बताए ।  दुई करोड ७२ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको सो चार्जिङ सेन्टेरमा यात्रुहरुका लागि पार्क सहित रिफ्रेसमेन्ट सेन्टर समेत निर्माण भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोजपुर–सङ्खुवासभा जोड्ने अरुण नदीमा पुल नहुँदा नागरिकलाई सास्ती(तस्बिरहरू)

भोजपुर–सङ्खुवासभा जोड्ने अरुण नदीमा पुल नहुँदा नागरिकलाई सास्ती(तस्बिरहरू)

त्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने मुख्य नाकामा स्थायी पुल नहुँदा आवतजावत र व्यापारिक गतिविधि प्रभावित बनेको छ । वैकल्पिक रूपमा २०७६ सालदेखि फेरी सञ्चालनमा ल्याइए पनि प्राविधिक...
सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छः मन्त्री घिसिङ

सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छः मन्त्री घिसिङ

नेपाल सौर्य विद्युत उत्पादक सङ्घको २५औँ वार्षिक साधारणसभालाई मंगलबार सम्बोधन गर्दै उनले नेपालमा सौर्य ऊर्जा बढ्दो क्रममा रहेकाले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन । उनले भने, “सौर्य ऊर्जा...
ढलान निर्माणमा माटो मिसिएको गिट्टी प्रयोग गरेपछि जनप्रतिनिधिले नै भत्काए

ढलान निर्माणमा माटो मिसिएको गिट्टी प्रयोग गरेपछि जनप्रतिनिधिले नै भत्काए

योजना अनुगमनका लागि सोमबार झिनडाँडा पुगेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन), धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगरले ढलान भत्काएर पुनर्निर्माण गर्न लगाएका हुन ।
म्याग्दीको रघुगङ्गामा व्यवस्थित पदमार्ग निर्माण सुरु

म्याग्दीको रघुगङ्गामा व्यवस्थित पदमार्ग निर्माण सुरु

चालु आर्थिक वर्ष २०८२ र ८३ मा रघुगङ्गा गाउँपालिकाबाट विनियोजन भएको रु तीन लाख ५० हजार बजेटमा श्रमदान र सहयोग जुटाएर पदमार्ग निर्माण गर्न लागिएको रानीपौवा घोरेढुङ्गा चमेरे...