नेभिगेशन
सबै कुरा

चन्द्रपुरमा नगरपालिकाले नै बनायाे विधुतीय सवारी चार्जिङ स्टेसन

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा विधुतीय सवारी चार्जिङ स्टेसन औपचारिक रुपमा सुरु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहिबार मधेश प्रदेशका पुर्व भौतिक पुर्वाधार विकाश मन्त्री तथा नेपाली काङ्ग्रेस मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादबले उद्घाटन गर्दै औपचारिक सुरुवात भएको हो । 

Ncell
Extreme Energy

मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरशिप फण्ड’ र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा करिब साढे पाँच कठ्ठा सरकारी जमिनमा निर्माण भएको उक्त चार्जिङ सेन्टरबाट एक पटकमा ४ वटा चारपाङ्ग्रे गाडी, तीन पाङ्ग्रे ११ वटा गरेर १५ वटा चार्जिङ प्वाइन्ट रहेको उक्त चार्जिङ स्टेशन  ‘एनके थापा कन्स्ट्रक्सन’ काठमाडौँका प्रबन्ध निर्देशक देबराज अधिकारीले चन्द्रपुर नगरपालिकालाई हस्तान्तरण गरेसँगैविधिवत रुपमा सुरुवात भएको हो । 

चार्जिङ स्टेसनको उद्घाटन गर्दै पुर्व मन्त्री यादबले विधुतिय सवारीले कम खर्चमा यात्रा गर्न सकिने हुदा देशैभरी विधुतीय चार्जिङ स्टेसन थप्नुपर्ने धारणा राखे । 

चन्द्रपुर नगरपालिकामा मेयर सन्जय काफ्लेले मधेस प्रदेशको चन्द्रपुरमा सुविधा सम्पन्न चार्जिङ स्टेसन बन्नु नगरको गौरवको कुरा भएको बताए ।  दुई करोड ७२ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको सो चार्जिङ सेन्टेरमा यात्रुहरुका लागि पार्क सहित रिफ्रेसमेन्ट सेन्टर समेत निर्माण भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी खोल्न थालियो

मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी खोल्न थालियो

मनाङको सदरमुकाम चामेमा पहिरोले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ ।
बाढीपहिरोले ३१८ मेगावाटभन्दा बढी जलविद्युत् प्रभावित, प्रसारण संरचना पुनःस्थापनामा प्राधिकरण

बाढीपहिरोले ३१८ मेगावाटभन्दा बढी जलविद्युत् प्रभावित, प्रसारण संरचना पुनःस्थापनामा प्राधिकरण

बाढीपहिरोका कारण जलविद्युत् आयोजना, प्रसारण तथा वितरण संरचनामा पुगेको क्षति मर्मत गरी विद्युत् आपूर्ति व्यवस्थित बनाउन नेपाल विद्युत् प्राधिकरणले पुनःस्थापनाको काम तीव्र पारेको छ।
अवरुद्ध बीपी राजमार्ग खुलाउने प्रयास जारी

अवरुद्ध बीपी राजमार्ग खुलाउने प्रयास जारी

खुर्कोट–भकुण्डेबेँसी खण्डमा यातायात सञ्चालनका लागि अवरोध हटाउने कार्य जारी रहेकाले असोज १३ गते अपराह्नदेखि सडक सञ्चालनमा आउन सक्ने उनले बताए । केहि स्थानमा पहिरो पन्छाइसकेपनि चौकीडाँडा क्षेत्रमा अझै...