नेभिगेशन
सबै कुरा

वाइडबडी विमान खरिदमा भ्रष्टाचारः कङ्साकार,अधिकारी, ढुंगाना र लामिछानेसहित ७ जना दोषी ठहर

काठमाडौँ । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै  तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित  सात जनालाई जेल सजाय सुनाएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई तथा रितेन्द्र थापाको इजलासले निजहरूलाई दोषी ठहर गरेको हो । अदालतले निगमका तत्कालीन महाप्रबन्धक कङ्साकारलाई दुई वर्ष नौ महिना कैद हुने फैसला गरेको छ । त्यसमा बिगो रु एक अर्ब ४७ करोड १० लाखको दामासाही हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना गरिएको छ । निजले  ज्येष्ठ नागरिक ऐनअनुसार ५० प्रतिशत सजाय छुट पाउने छन् ।

Ncell
Extreme Energy

निगमका सञ्चालक समितिका तत्कालीन अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीलाई एक वर्ष नौ महिना कैद सजायको फैसला भएको छ । दामासाहीले हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना भने सोही बराबरको बिगो जफतसमेत हुने फैसलामा उल्लेख छ ।

विशेष अदालतले पूर्वसचिव एवं तत्कालीन निगम सञ्चालक समिति सदस्य शिशिरकुमार ढुङ्गानालाई एक वर्ष छ महिना कैद सजाय सुनाएको छ ।  ढुङ्गानालाई कुल बिगोको दामासाही हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना हुने फैसला भएको छ । 

पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव बुद्धिसागर लामिछानेलाई पनि एक वर्ष छ महिना कैद सजायको फैसला भएको छ । दामासाहीले हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना लामिछानेलाई हुनेछ । बिगो असुलउपरको फैसला लामिछानेलाई पनि लागू हुनेछ ।

अदालतले जहाज खरिद प्रक्रियामा संलग्न विदेशी कम्पनीका तीन प्रतिनिधिलाई पनि दोषी ठहर गरेको छ । ती कम्पनीका प्रनिनिधिलाई एक वर्ष छ महिना कैद र दामासाहीले हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवानाको फैसला गरेको छ । 

अदालतले तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीलाई सफाइ दिएको छ । उक्त प्रकरणमा दुई विदेशीसहित २७ प्रतिवादीले अभियोगबाट सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिदमा भ्रष्टाचार भएको उल्लेख गर्दै मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

प्रहरीका अनुसार गएराति निज शौकत अस्वाभाविक रूपमा हिँडडूल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...