नेभिगेशन
सबै कुरा

सन् २०२४ मा प्राकृतिक विपत्तिका कारण तीन खर्ब १० अर्ब अमेरिकी डलर बराबरको क्षति

प्राकृतिक प्रकोपका कारण यस वर्ष विश्वभर अनुमानित तीन खर्ब १० अर्ब अमेरिकी डलरको आर्थिक क्षति भएको पुनर्बीमा कम्पनी स्विस रेले बिहीबार जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जलवायु सङ्कटका कारण सन् २०२३ को तुलनामा छ प्रतिशतले वृद्धि भएको पनि स्विस रेले जनाएको छ । यसैबीच, हेलेन र मिल्टन नामक विनाशकारी आँधीबेहरीका कारण बिमा गरिएको क्षति १७ प्रतिशतले वृद्धि भई १३५ अर्ब अमेरिकी डलर पुगेको स्विस रेले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

Ncell
Extreme Energy


बीमा घाटा १०० अर्ब डलरभन्दा माथि पुगेको यो लगातार पाँचौं वर्ष भएको कम्पनीले जनाएको छ । स्विस रेका विपत्ति र खतराका प्रमुख बाल्ज ग्रोलिमुन्डले एक विज्ञप्तिमा भनेका छन्, “यो बढ्दो क्षतिको बोझको अधिकांश परिणाम शहरी क्षेत्रमा मूल्य एकाग्रता, आर्थिक वृद्धि र बढ्दो पुनर्निर्माण लागतको परिणाम हो।”

स्विस रेले बीमा कम्पनीहरूको बीमाकर्ताको रूपमा काम गर्छ र जलवायु परिवर्तनको प्रभावमा जोड दिन्छ ।कम्पनीले विशेष गरी बाढीको बढ्दो बीमा लागतलाई महत्व दिएको छ । 


युरोप र संयुक्त अरब इमिरेट्समा मात्र तीव्र बाढीका कारण बीमाकर्ताहरूले १३ अर्ब अमेरिकी डलर खर्च गरेका छन्। सन् २०२४ बाढीका लागि विश्वमा तेस्रो र युरोपका लागि दोस्रो सबैभन्दा महँगो वर्ष हो ।


संयुक्त राज्य अमेरिकाले यसबीचमा सबैभन्दा बढी बीमा गरिएको नोक्सानी व्यहोरेको छ । सेप्टेम्बरको अन्त्य र अक्टोबरको सुरुमा दक्षिणपूर्वी संयुक्त राज्य अमेरिकामा आएको ‘हेलेन’ र ‘मिल्टन’ नामक आँधीका कारण मात्रै ५० अर्ब अमेरिकी डलर बराबरको क्षति भएको स्विस रेले जनाएको छ ।


तीव्र आँधीबेहरीको उच्च श्रृङ्खलाको मतलब संयुक्त राज्य अमेरिकाले सन् २०२४  को कुल विश्वव्यापी बीमा हानिको कम्तिमा दुई–तिहाईको लागी जिम्मेवार रहेको स्वीस बिमा कम्पनीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी खोल्न थालियो

मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी खोल्न थालियो

मनाङको सदरमुकाम चामेमा पहिरोले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ ।
बाढीपहिरोले ३१८ मेगावाटभन्दा बढी जलविद्युत् प्रभावित, प्रसारण संरचना पुनःस्थापनामा प्राधिकरण

बाढीपहिरोले ३१८ मेगावाटभन्दा बढी जलविद्युत् प्रभावित, प्रसारण संरचना पुनःस्थापनामा प्राधिकरण

बाढीपहिरोका कारण जलविद्युत् आयोजना, प्रसारण तथा वितरण संरचनामा पुगेको क्षति मर्मत गरी विद्युत् आपूर्ति व्यवस्थित बनाउन नेपाल विद्युत् प्राधिकरणले पुनःस्थापनाको काम तीव्र पारेको छ।
अवरुद्ध बीपी राजमार्ग खुलाउने प्रयास जारी

अवरुद्ध बीपी राजमार्ग खुलाउने प्रयास जारी

खुर्कोट–भकुण्डेबेँसी खण्डमा यातायात सञ्चालनका लागि अवरोध हटाउने कार्य जारी रहेकाले असोज १३ गते अपराह्नदेखि सडक सञ्चालनमा आउन सक्ने उनले बताए । केहि स्थानमा पहिरो पन्छाइसकेपनि चौकीडाँडा क्षेत्रमा अझै...