नेभिगेशन
सबै कुरा

सिरिया विद्रोहीकाे कब्जामा,राष्ट्रपति बसर अल असाद राजधानी छाडेर भागे

काठमाडौं । सिरियामा विद्रोही समूहले प्रमुख शहर कब्जा गरेपछि सिरियाका राष्ट्रपति बसर अल असाद राजधानी दमिस्क छाड्न बाध्य भएका छन् । विद्रोही समूहहयात तहरिर अल शाम (एचटीएएस) का कमाण्डरहरुले राजधानी दमिस्क असादको शासनबाट मुक्त भएको घोषणा गरेका छन् । रोयटसका अनुसार राष्ट्रपति बसर अल असादले राजधानी छाडेपनि  कहाँ गए भन्ने खुलाइएको छैन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले राजधानी दमिस्कबाट एउटा निजी विमान उडेको र त्यसमा राष्ट्रपति बशर अल असद हुनसक्ने जनाएको छ ।

Ncell
Extreme Energy

 विद्रोही समूह हयात तहरिर अल शाम (एचटीएएस) ले आफ्नो टेलिग्राम च्यानलमार्फत् बशर अल असादले देश छोडेको र सिरिया अब स्वतन्त्र भएको बताएको छ । उनीहरुले एउटा कालो अध्याय अन्त्य भएर नयाँ शुरुवात भएको घोषणा गरेका छन् । 

सिरियाका विद्रोही समूहले हमा, देरा र तेस्रो ठूलो शहर होम्स समेत कब्जा भएसँगै राजधानी दमिस्कको सम्पर्क अरु शहरबाट टुटेको छ । 

विद्रोहीहरु उत्तर, पूर्व र दक्षिणतर्फबाट अगाडि बढेपछि उनीहरुलाई रोक्न सरकारी सेना असफल भएको छ ।  केही स्थानमा सरकारी सेना विद्रोहीहरु सामु निरीहजस्ता देखिएको तथा  कुनै स्थानमा विद्रोहीहरुलाई रोक्ने कोसिस समेत नगरेको, कुनै स्थानमा आत्मसर्पण गरेको र कुनै स्थानमा उनीहरु आफ्नो स्थान छाडेर भागेको बीबीसीले जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

अर्बपति एलोन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले एक महत्त्वपूर्ण ऐतिहासिक सफलता हासिल गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमकाअनुसार सोमबार १४औँ परीक्षण उडानका क्रममा कम्पनीको विशाल रकेट स्टारशिप पहिलोपटक सफलतापूर्वक...
स्ट्रेट अफ होर्मुज खोल्न इरानले अघि सारेको प्रस्ताव ट्रम्पले गरे अस्वीकार, इरानको कडा प्रतिक्रिया

स्ट्रेट अफ होर्मुज खोल्न इरानले अघि सारेको प्रस्ताव ट्रम्पले गरे अस्वीकार, इरानको कडा प्रतिक्रिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज सात दिनभित्र खोल्न इरानले अघि सारेको प्रस्ताव अस्वीकार गरेका छन् । इरानले यसमा कडा प्रतिक्रिया जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तान आमनेसामने

संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तान आमनेसामने

भारतले शनिवार संयुक्त राष्ट्रसङ्घीय महासभामा पाकिस्तानद्वारा व्यक्त भनाइप्रति कडा आपत्ति जनाएको छ ।
ओपनएआईले अष्ट्रेलियाको सरकारी वेबसाइट ह्याक गरेको भन्दै छानबिन कार्यदल गठन

ओपनएआईले अष्ट्रेलियाको सरकारी वेबसाइट ह्याक गरेको भन्दै छानबिन कार्यदल गठन

ओपनएआईको एक एआई एजेन्टले गत जुन महिनामा अष्ट्रेलियाको सरकारी स्वास्थ्य डेटा पोर्टलमा अनधिकृत पहुँच (ह्याक) पुर्‍याएको अष्ट्रेलिया सरकारले बिहीबार जानकारी दिएको छ ।