नेभिगेशन
समाज

संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तान आमनेसामने

काठमाडौँ । भारतले शनिवार संयुक्त राष्ट्रसंघीय महासभामा पाकिस्तानद्वारा व्यक्त भनाइप्रति कडा आपत्ति जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतीय विदेशमन्त्री एस. जयशङ्करले शनिबार राति महासभालाई सम्बोधन गर्दै निरन्तर आतङ्कवाद फैलाउने मुलुकले आतङ्कवादलाई सामान्यीकरण गर्न र त्यसको परिणामबाट उम्किन खोज्नु कदापि स्वीकार्य नहुने स्पष्ट पारे ।

Ncell
Extreme Energy

विदेशमन्त्री जयशङ्करले पाकिस्तान वा त्यहाँका प्रधानमन्त्री शहबाज शरीफको प्रत्यक्ष नाम नलिई भने, "हिजो निरन्तर आतङ्कवादलाई प्रश्रय दिने एउटा देशले यस महासभासामु तथ्यहरूलाई गलत तरिकाले प्रस्तुत गर्यो ।' उनले अगाडि थपे, 'हामीलाई आतङ्कवादविरुद्ध आफ्नो रक्षा गर्ने पूर्ण अधिकार छ र हामी त्यसको प्रयोग गर्नेछौँ।'

भारतीय विदेशमन्त्रीले मित्रता र सद्भाव आतङ्कवादसँगसँगै अगाडि बढ्न नसक्ने बताए । आतङ्कवादलाई प्रश्रय दिने सरकारहरूलाई जबाफदेही बनाउनुपर्ने जोड दिँदै उनले भने, 'हाम्रो आतङ्कवादविरुद्धको शून्य सहनशीलताको नीतिमा कुनै सम्झौता हुनुहुँदैन । खासगरी आतङ्कवादका वित्तीय स्रोतहरू सार्वजनिक गरी तिनमा रोक लगाउनु अत्यावश्यक छ ।'

यसअघि, संयुक्त राष्ट्रसङ्घको न्यूयोर्कस्थित मुख्यालयमा बोलिरहँदा पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले दक्षिण एसियालाई सन् २०२५ को जस्तै सम्भावित सङ्घर्षबाट जोगाउन काश्मिर मुद्दाको 'न्यायपूर्ण र निष्पक्ष समाधान' हुनुपर्ने दाबी गरेका थिए । साथै, भारतले सिन्धु जल सम्झौता स्थगित गर्नुको कुनै कानुनी आधार नरहेको बताउँदै यदि भारतले पाकिस्तानको भागमा पर्ने सिन्धु नदीको पानी रोक्ने वा बहाव मोड्ने प्रयास गरेमा त्यसलाई 'युद्धको घोषणा' मानिने चेतावनी दिएका थिए । 

पाकिस्तानी प्रधानमन्त्री शरीफले आफ्नो सम्बोधनका क्रममा सन् २०२५ मा भारतसँग भएको तनावमा 'समयमै मध्यस्थता' गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा समेत गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पर्वतमा बाढीले पाँच घर बगायो

पर्वतमा बाढीले पाँच घर बगायो

कालीगण्डकीको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से र लस्ती बजारका पाँच घर बगाएको छ भने त्यहाँका कैयौँ घर बाढीको जोखिममा छन् ।
बागलुङमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गयो

बागलुङमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गयो

बागलुङमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ ।
नारायणी र सहायक नदीहरूमा बाढीको उच्च जोखिम, तत्काल सुरक्षित स्थानमा सर्न आग्रह

नारायणी र सहायक नदीहरूमा बाढीको उच्च जोखिम, तत्काल सुरक्षित स्थानमा सर्न आग्रह

बाढी पूर्वानुमान महाशाखाले नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा धेरै माथि पुगेको जनाएको छ ।
राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा भारतको स्थायी सदस्यताको दावेदारीलाई रूसले बलियो समर्थन जनाएको छ ।