नेभिगेशन
सबै कुरा

रवि लामिछानेलाई जहाजबाट पर्सा लैजाने तयारी, पोखराबाट काठमाडौँ ल्याइँदै

काठमाडाैँ । सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि पर्सा लगिने तयारी गरिएको छ । कास्की प्रहरी हिरासतमा रहेका उनलाई पोखराबाट काठमाडौँ ल्याएर जहाजमार्फत नै पर्सा पुर्याउन लागिएको हो । लामिछानेलाई साढे २ बजे सिमरा पठाइने तयारी भएको छ । 

पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा लामिछानेमाथि पक्राउ पूर्जी जारी भएपछि उनलाई बयानका लागि पर्सा लग्न लागिएको हो । उनलाई प्रहरीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याएको छ । 

सहकारी रकम अपचलनको आरोप लागेका लामिछानेलाई कास्की प्रहरीको पत्रका आधारमा कात्तिक २ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेर कास्की पठाएको थियो । 

कास्की जिल्ला अदालतले गत आइतबार रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न छैटौँ पटक म्याद थप गरेको थियो । अदालतले रविलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। 

लामिछानेमाथि  पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा, काठमाडौँको स्वर्णलक्ष्मी, पर्साको सानोपाइला सहकारीको रकम अपचलनमा अनुसन्धान भइरहेको छ । प्रहरीले पर्सा बाहेकका सहकारी भएको ठाउँमा लगेर लामिछानेको बयान लिइसकेको छ भने आज पर्सा पुर्याएर बयान गराउने तयारी गराएको छ। 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...