नेभिगेशन
सबै कुरा

रवि लामिछानेलाई जहाजबाट पर्सा लैजाने तयारी, पोखराबाट काठमाडौँ ल्याइँदै

काठमाडाैँ । सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि पर्सा लगिने तयारी गरिएको छ । कास्की प्रहरी हिरासतमा रहेका उनलाई पोखराबाट काठमाडौँ ल्याएर जहाजमार्फत नै पर्सा पुर्याउन लागिएको हो । लामिछानेलाई साढे २ बजे सिमरा पठाइने तयारी भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा लामिछानेमाथि पक्राउ पूर्जी जारी भएपछि उनलाई बयानका लागि पर्सा लग्न लागिएको हो । उनलाई प्रहरीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याएको छ । 

Ncell
Extreme Energy

सहकारी रकम अपचलनको आरोप लागेका लामिछानेलाई कास्की प्रहरीको पत्रका आधारमा कात्तिक २ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेर कास्की पठाएको थियो । 

कास्की जिल्ला अदालतले गत आइतबार रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न छैटौँ पटक म्याद थप गरेको थियो । अदालतले रविलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। 

लामिछानेमाथि  पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा, काठमाडौँको स्वर्णलक्ष्मी, पर्साको सानोपाइला सहकारीको रकम अपचलनमा अनुसन्धान भइरहेको छ । प्रहरीले पर्सा बाहेकका सहकारी भएको ठाउँमा लगेर लामिछानेको बयान लिइसकेको छ भने आज पर्सा पुर्याएर बयान गराउने तयारी गराएको छ। 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अब सांसदले सदनमा उठाएका विषयको सम्बोधन तत्कालै हुने

अब सांसदले सदनमा उठाएका विषयको सम्बोधन तत्कालै हुने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसदमा उठेका विषयको तत्कालै सम्बोधनका लागि संयन्त्रलाई सक्रिय बनाएको छ ।
प्रधानसेनापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि राजुनाथ पाण्डेले दिए स्पष्टीकरण

प्रधानसेनापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि राजुनाथ पाण्डेले दिए स्पष्टीकरण

पाण्डेले विज्ञप्ति जारी गर्नुअघि उनलाई प्रधानमन्त्री बालेन शाहको टिमले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर घटनाका बारेमा सोधपुछ गरेको स्रोतले जनाएको छ ।
ग्यासको हाहाकार भएपछि संसदीय समितिले बोलायो मन्त्री

ग्यासको हाहाकार भएपछि संसदीय समितिले बोलायो मन्त्री

अहिले बजारमा ग्यासको हाहाकार भएपछि संसदीय समितिले छलफल चलाउने भएको छ ।
पाँच वटा संसदीय समितिको बैठक बस्दै

पाँच वटा संसदीय समितिको बैठक बस्दै

संघीय संसदका पाँच वटा संसदीय समितिको बैठक बस्दैछ ।