नेभिगेशन
सबै कुरा

रवि लामिछानेमाथि भएको अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहार रोक्न सरकारसँग नारायणकाजीको माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाने क्रममा भएको अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहारको विरोध गरेका छन् । सरकारले आफ्नालाई जोगाउन एक व्यक्तिमाथि मानव अधिकार हनन हुने गरि स्वेच्छाचारी बनेको आरोप लगाएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै श्रेष्ठले भ्रष्टाचारको आरोपमा मुछिएका आफ्ना नेता कार्यकर्तालाई छानवीन र अनुसन्धानमा नल्याई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि गरेको ज्यादतीले सरकार प्रतिशोधमा उत्रिएको प्रष्ट पारेको बताएका छन् । ‘सरकारले श्री लामिछाने बाहेक नेका र एमालेका नेताहरुको हकमा कुनै छानविन, अनुसन्धान नगरी उनीहरुलाई बचाउने नाङ्गो भेदभावपूर्ण कार्य गरिरहेकाले हाम्रो पार्टीले त्यसको घोर बिरोध गर्दै उनीहरूमाथि पनि तत्काल अनुसन्धान गरियोस भनी जोडदार माग गर्दै आएको सबैलाई विदितै छ ।’, श्रेष्ठले लेखेका छन् । 

त्यस्तै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले लामिछानेमाथि अनुसन्धानको क्रममा हिरासतमा भएको अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहारले आफू दुखि भएको र सरकारको त्यो कदमको भर्त्सना गर्दै त्यस्तो मानवअधिकार विरोधी दुर्व्यवहार रोक्न आग्रह गरेका छन् । श्रेष्ठले लेखेका छन्, ‘यसबीचमा हाल म देश बाहिर रहेकै अवस्थामा श्री लामिछाने लाई चितवनबाट पोखरा लैजाने सन्दर्भमा अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहार भएको भन्ने खबर सुन्नुपर्दा ज्यादै दुःख लागेको छ । यो सत्य हो भने म यसको कडा विरोध एवं भर्त्सना गर्दछु र यसप्रकारको गैरकानुनी ,मानवअधिकार विरोधी ,अपमानजनक तथा प्रतिशोशपूर्ण दुर्व्यवहार तत्काल रोक्न सरकारसँग जोडदार माग गर्दछु ।’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...