नेभिगेशन
सबै कुरा

रवि लामिछानेमाथि भएको अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहार रोक्न सरकारसँग नारायणकाजीको माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाने क्रममा भएको अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहारको विरोध गरेका छन् । सरकारले आफ्नालाई जोगाउन एक व्यक्तिमाथि मानव अधिकार हनन हुने गरि स्वेच्छाचारी बनेको आरोप लगाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै श्रेष्ठले भ्रष्टाचारको आरोपमा मुछिएका आफ्ना नेता कार्यकर्तालाई छानवीन र अनुसन्धानमा नल्याई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि गरेको ज्यादतीले सरकार प्रतिशोधमा उत्रिएको प्रष्ट पारेको बताएका छन् । ‘सरकारले श्री लामिछाने बाहेक नेका र एमालेका नेताहरुको हकमा कुनै छानविन, अनुसन्धान नगरी उनीहरुलाई बचाउने नाङ्गो भेदभावपूर्ण कार्य गरिरहेकाले हाम्रो पार्टीले त्यसको घोर बिरोध गर्दै उनीहरूमाथि पनि तत्काल अनुसन्धान गरियोस भनी जोडदार माग गर्दै आएको सबैलाई विदितै छ ।’, श्रेष्ठले लेखेका छन् । 

Ncell
Extreme Energy

त्यस्तै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले लामिछानेमाथि अनुसन्धानको क्रममा हिरासतमा भएको अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहारले आफू दुखि भएको र सरकारको त्यो कदमको भर्त्सना गर्दै त्यस्तो मानवअधिकार विरोधी दुर्व्यवहार रोक्न आग्रह गरेका छन् । श्रेष्ठले लेखेका छन्, ‘यसबीचमा हाल म देश बाहिर रहेकै अवस्थामा श्री लामिछाने लाई चितवनबाट पोखरा लैजाने सन्दर्भमा अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहार भएको भन्ने खबर सुन्नुपर्दा ज्यादै दुःख लागेको छ । यो सत्य हो भने म यसको कडा विरोध एवं भर्त्सना गर्दछु र यसप्रकारको गैरकानुनी ,मानवअधिकार विरोधी ,अपमानजनक तथा प्रतिशोशपूर्ण दुर्व्यवहार तत्काल रोक्न सरकारसँग जोडदार माग गर्दछु ।’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपा सचेतक धितालले यी दुई विषयमा सरकारलाई दिइन् धन्यवाद

रास्वपा सचेतक धितालले यी दुई विषयमा सरकारलाई दिइन् धन्यवाद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभामा उठाएको विषय र पछिल्लो बाढीमा जनधनको ठूलो क्षति हुन नदिन अपनाएको सावधानीका लागि सरकारलाई...
चोलेन्द्र प्रकरणमा प्रचण्डको प्रतिक्रिया– छोरी पिटेर बुहारी तर्साउने नियत

चोलेन्द्र प्रकरणमा प्रचण्डको प्रतिक्रिया– छोरी पिटेर बुहारी तर्साउने नियत

उनले भने– ‘यदि साँच्चिकै सुरक्षा थ्रेट थियो भने पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाइदिनु पर्थ्यो।’
विपक्षीले सोधे– चोलेन्द्रलाई किन पक्राउ गरेको ?

विपक्षीले सोधे– चोलेन्द्रलाई किन पक्राउ गरेको ?

विपक्षी दलका सांसदहरुले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।