नेभिगेशन
सबै कुरा

रवि लामिछानेमाथि सरकारले निरङ्कुश र प्रतिशोधपूर्ण व्यवहार गर्यो, यो रोक्नुपर्छ : प्रचण्ड

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले रवि लामिछानेमाथि निरङ्कुश र प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै प्रचण्डले अदालतबाट दोषी ठहर नभएका व्यक्तिलाई सरकारले अपराधीजस्तो व्यवहार गरेको आरोप लगाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै प्रचण्डले अत्याधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापतिमाथि भएको खेदजनक व्यवहार रोक्न समेत सरकारलाई आग्रह गरेका छन् । ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु।’, प्रचण्डले लेखेका छन् । 

Ncell
Extreme Energy

सहकारी प्रकरणमा अनुसन्धानका लागि चितवन लगिएका लामिछानेलाई सरकार र प्रहरी प्रमुखकै ठाडो निर्देशनमा मंसिर १९ गते मध्यराति १२ः ०५ मा पोखराका लागि हिँडाइएको थियो । दिनभर बयान सकेर आराम गरिरहेका लामिछानेलाई परिवारलाई समेत जानकारी नदिई पोखरा लगिएको थियो । 

अस्वस्थ रहेको अवस्थाका लामिछानेलाई आफन्त र कानुन व्यवसायीलाई समेत झुक्याएर इच्छाविपरीत मध्यराति हिरासत सारिएको घटनाप्रति सर्वत्र प्रश्न उठेको छ । सरकारको सो निर्णयप्रति चौतर्फी विरोध भइरहेको छ । 

भोलिपल्ट  उडानमार्फत पोखरा लैजाने भनिएकोमा सुत्न लागेको अवस्थामा उनलाई जबर्जस्ती गाडीमा राखेर पोखरा लगिएको भन्दै प्रहरीको दुर्व्यवहारमाथि प्रश्न उठिरहेको छ । पोखरा पु¥याइएका लामिछानेको स्वास्थ्य परिक्षण गर्दा रक्तचाप अस्वभाविक देखिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अब सांसदले सदनमा उठाएका विषयको सम्बोधन तत्कालै हुने

अब सांसदले सदनमा उठाएका विषयको सम्बोधन तत्कालै हुने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसदमा उठेका विषयको तत्कालै सम्बोधनका लागि संयन्त्रलाई सक्रिय बनाएको छ ।
प्रधानसेनापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि राजुनाथ पाण्डेले दिए स्पष्टीकरण

प्रधानसेनापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि राजुनाथ पाण्डेले दिए स्पष्टीकरण

पाण्डेले विज्ञप्ति जारी गर्नुअघि उनलाई प्रधानमन्त्री बालेन शाहको टिमले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर घटनाका बारेमा सोधपुछ गरेको स्रोतले जनाएको छ ।
ग्यासको हाहाकार भएपछि संसदीय समितिले बोलायो मन्त्री

ग्यासको हाहाकार भएपछि संसदीय समितिले बोलायो मन्त्री

अहिले बजारमा ग्यासको हाहाकार भएपछि संसदीय समितिले छलफल चलाउने भएको छ ।
पाँच वटा संसदीय समितिको बैठक बस्दै

पाँच वटा संसदीय समितिको बैठक बस्दै

संघीय संसदका पाँच वटा संसदीय समितिको बैठक बस्दैछ ।