नेभिगेशन
सबै कुरा

रवि लामिछानेमाथि सरकारले निरङ्कुश र प्रतिशोधपूर्ण व्यवहार गर्यो, यो रोक्नुपर्छ : प्रचण्ड

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले रवि लामिछानेमाथि निरङ्कुश र प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै प्रचण्डले अदालतबाट दोषी ठहर नभएका व्यक्तिलाई सरकारले अपराधीजस्तो व्यवहार गरेको आरोप लगाएका हुन् । 

त्यस्तै प्रचण्डले अत्याधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापतिमाथि भएको खेदजनक व्यवहार रोक्न समेत सरकारलाई आग्रह गरेका छन् । ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु।’, प्रचण्डले लेखेका छन् । 

सहकारी प्रकरणमा अनुसन्धानका लागि चितवन लगिएका लामिछानेलाई सरकार र प्रहरी प्रमुखकै ठाडो निर्देशनमा मंसिर १९ गते मध्यराति १२ः ०५ मा पोखराका लागि हिँडाइएको थियो । दिनभर बयान सकेर आराम गरिरहेका लामिछानेलाई परिवारलाई समेत जानकारी नदिई पोखरा लगिएको थियो । 

अस्वस्थ रहेको अवस्थाका लामिछानेलाई आफन्त र कानुन व्यवसायीलाई समेत झुक्याएर इच्छाविपरीत मध्यराति हिरासत सारिएको घटनाप्रति सर्वत्र प्रश्न उठेको छ । सरकारको सो निर्णयप्रति चौतर्फी विरोध भइरहेको छ । 

भोलिपल्ट  उडानमार्फत पोखरा लैजाने भनिएकोमा सुत्न लागेको अवस्थामा उनलाई जबर्जस्ती गाडीमा राखेर पोखरा लगिएको भन्दै प्रहरीको दुर्व्यवहारमाथि प्रश्न उठिरहेको छ । पोखरा पु¥याइएका लामिछानेको स्वास्थ्य परिक्षण गर्दा रक्तचाप अस्वभाविक देखिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...