नेभिगेशन
सबै कुरा

सरकारले समयमा नै प्रतिनिधिसभाको अधिवेशन आह्वान नगरे बिशेष अधिवेशनको माग गर्छाैँ : प्रचण्ड

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले समयमा नै प्रतिनिधिसभाको अधिवेशन आह्वान नगरे बिशेष अधिवेशनको माग गर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय कर्मचारी महासङ्घको १८ औं स्थापना दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्डले सरकारले तत्काल प्रतिनिधिसभाको अधिवेशन आह्वान नगर्ने सूचना आफुले पाएको भन्दै समयमा नै अधिवेशन आह्वान नभए विशेष अधिवेशनको माग गर्ने बताएका हुन् । 

Ncell
Extreme Energy

उनले जरुरी परे संसदको विशेष अधिवेशनबाट संघर्षको घोषणा गर्ने र सडकमा लाखौ जनतासंग मिलेर प्रतिक्रियाबादीबिरुद्ध लड्ने बताए । सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोहीलाई कारवाही गर्ने प्रक्रियाको थालनी गरेकै कारण आफु नेतृत्वको सरकारलाई हटाइएको उनले बताए । 

प्रचण्डले अहिले सरकारमा रहेका दलका नेताहरुको हातमा राजनीति नरहेको र उनीहरुको राजनीति विचौलिया र दलालहरूको हातमा छ भन्ने प्रष्टै देखिएको आरोप लगाए । बिचौलियाहरुले घुमाएर अहिलको सरकारमा रहेका नेताहरुलाई रातारात उठबस गराएको उनले बताए । 

उनले बिचौलियाहरुले संख्याको ताकत देखाएको भन्दै आफुहरुले जनताको ताकत देखाउने उल्लेख गरे । प्रचण्डले माओवादीको सकारात्मक पहल र ज्ञानेन्द्र शाहको नकारात्मक क्रियाकलापले मुलुकमा गणतन्त्र सम्भव भएको धारणा राखे ।

त्यस्तै उनले अहिलेको शासकीय स्वरुप र निर्वाचन प्रणाली देशका लागि हितकर नभएकाले परिवर्तन गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपा सचेतक धितालले यी दुई विषयमा सरकारलाई दिइन् धन्यवाद

रास्वपा सचेतक धितालले यी दुई विषयमा सरकारलाई दिइन् धन्यवाद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभामा उठाएको विषय र पछिल्लो बाढीमा जनधनको ठूलो क्षति हुन नदिन अपनाएको सावधानीका लागि सरकारलाई...
चोलेन्द्र प्रकरणमा प्रचण्डको प्रतिक्रिया– छोरी पिटेर बुहारी तर्साउने नियत

चोलेन्द्र प्रकरणमा प्रचण्डको प्रतिक्रिया– छोरी पिटेर बुहारी तर्साउने नियत

उनले भने– ‘यदि साँच्चिकै सुरक्षा थ्रेट थियो भने पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाइदिनु पर्थ्यो।’
विपक्षीले सोधे– चोलेन्द्रलाई किन पक्राउ गरेको ?

विपक्षीले सोधे– चोलेन्द्रलाई किन पक्राउ गरेको ?

विपक्षी दलका सांसदहरुले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।