नेभिगेशन
सबै कुरा

सरकारले समयमा नै प्रतिनिधिसभाको अधिवेशन आह्वान नगरे बिशेष अधिवेशनको माग गर्छाैँ : प्रचण्ड

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले समयमा नै प्रतिनिधिसभाको अधिवेशन आह्वान नगरे बिशेष अधिवेशनको माग गर्ने बताएका छन् । 

राष्ट्रिय कर्मचारी महासङ्घको १८ औं स्थापना दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्डले सरकारले तत्काल प्रतिनिधिसभाको अधिवेशन आह्वान नगर्ने सूचना आफुले पाएको भन्दै समयमा नै अधिवेशन आह्वान नभए विशेष अधिवेशनको माग गर्ने बताएका हुन् । 

उनले जरुरी परे संसदको विशेष अधिवेशनबाट संघर्षको घोषणा गर्ने र सडकमा लाखौ जनतासंग मिलेर प्रतिक्रियाबादीबिरुद्ध लड्ने बताए । सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोहीलाई कारवाही गर्ने प्रक्रियाको थालनी गरेकै कारण आफु नेतृत्वको सरकारलाई हटाइएको उनले बताए । 

प्रचण्डले अहिले सरकारमा रहेका दलका नेताहरुको हातमा राजनीति नरहेको र उनीहरुको राजनीति विचौलिया र दलालहरूको हातमा छ भन्ने प्रष्टै देखिएको आरोप लगाए । बिचौलियाहरुले घुमाएर अहिलको सरकारमा रहेका नेताहरुलाई रातारात उठबस गराएको उनले बताए । 

उनले बिचौलियाहरुले संख्याको ताकत देखाएको भन्दै आफुहरुले जनताको ताकत देखाउने उल्लेख गरे । प्रचण्डले माओवादीको सकारात्मक पहल र ज्ञानेन्द्र शाहको नकारात्मक क्रियाकलापले मुलुकमा गणतन्त्र सम्भव भएको धारणा राखे ।

त्यस्तै उनले अहिलेको शासकीय स्वरुप र निर्वाचन प्रणाली देशका लागि हितकर नभएकाले परिवर्तन गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...