नेभिगेशन
सबै कुरा

सिरियाली नवनियुक्त प्रधानमन्त्रीद्वारा विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कन आग्रह

लामो समयदेखि राष्ट्रपति रहँदै आएका सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेपछि प्रधानमन्त्री बन्नुभएका नयाँ सङ्क्रमणकालीन सरकारका प्रधानमन्त्रीले विदेशमा शरण लिएका नागरिकलाई स्वदेश फर्कन आह्वान गरेका छन् ।

विद्रोही समूहहरूले मार्चसम्म देश सञ्चालनका लागि सङ्क्रमणकालीन सरकार प्रमुखको रूपमा नियुक्त गरेका मोहम्मद अल–बशीरले इटालीको कोरिएरे डेला सेरा दैनिकसँगको कुराकानीमा उनले भने, “उनको पहिलो लक्ष्य ‘विदेशमा रहेका लाखौं सिरियाली शरणार्थीहरूलाई फिर्ता ल्याउनु’ हो । 

City Express

विदेशमा रहेका नागरिकको मानव पूँजी र अनुभवले देशलाई आर्थिक रूपमा फस्टाउन सहयोग गर्ने भन्दै आफ्नो पहिलो काम विदेशमा रहेका सिरियाली नागरिकलाई स्वदेश फिर्ता गर्नु रहेको उनले बताए ।

उनले भने, “मेरो विदेशस्थित सबै सिरियालीहरूलाई एउटा अपील छस् सिरिया अब एक स्वतन्त्र देश हो जसले आफ्नो गर्व र प्रतिष्ठा कमाएको छ। फर्किनुहोस्, हामीले पुनर्निर्माण गर्नुपर्छ, पुनर्जन्म लिनुपर्छ र हामीलाई सबैको सहयोग चाहिन्छ।”

इस्लामिक नेतृत्वको विपक्षी गठबन्धनले सिरियाको राजधानी दमास्कसमा पाँच दशक लामो क्रूर शासनको अन्त्य गरेपछि असद सिरियाबाट भागेका थिए  । सिरियामा करिब १४ वर्ष लामो गृहयुद्धमा परी पाँच लाख मानिसको मृत्यु हुनुका साथै आधा जनसङ्ख्या कुनै न कुनै रूपमा विस्थापित बनेका थियो ।”

असदको पलायनसँगै देशले अहिले ठूलो अनिश्चितताको सामना गरिरहेको छ ।

साम्प्रदायिक हिंसाको बारेमा चिन्ता प्रकट भएको छ, यद्यपि विद्रोही आक्रमणको नेतृत्व गर्ने इस्लामीक समूह हयात तहरीर अल–शाम (एचटीएस) ले धार्मिक अल्पसङ्ख्यकहरूलाई नयाँ सिरियामा सुरक्षित हुने विश्वास दिलाउने प्रयास गरेको छ ।

इसाई, कुर्द र अलावीलगायत देशका विविध समुदायहरू अब बशीरले कस्तो सरकारको नेतृत्व गर्छन् भनेर पर्खिरहेका छन् ।

सिरियाको इसाई समुदायले सन् २०११ मा गृहयुद्ध सुरु भएदेखि नै असद सरकारलाई समर्थन गर्दै आएका थिए । निवर्तमान् राष्ट्रपति असद स्वयं अल्पसङ्ख्यक अलावी सम्प्रदायका थिए र उनले आफूलाई अल्पसङ्ख्यकहरूको संरक्षकको रूपमा स्थापित गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अमेरिकासँगको सम्बन्ध सकारात्मक रहेको भारतका प्रधानमन्त्री मोदीको भनाइ

अमेरिकासँगको सम्बन्ध सकारात्मक रहेको भारतका प्रधानमन्त्री मोदीको भनाइ

“राष्ट्रपति ट्रम्पको भावना र हाम्रो सम्बन्धको सकारात्मक मूल्याङ्कनको गहिरो प्रशंसा र पूर्ण रूपमा मूल्याङ्कन गरियोस्”, मोदीले एक्समा लेखेका छन्, “भारत र संयुक्त राज्य अमेरिकाबीच ‘धेरै सकारात्मक र व्यापक...
एससीओ सम्मेलनः चीन, रूस र भारतबीच रणनीतिक सम्वादको नयाँ चरण

एससीओ सम्मेलनः चीन, रूस र भारतबीच रणनीतिक सम्वादको नयाँ चरण

शाङ्घाई सहयोग सङ्गठन (एससीओ) अन्तर्गत आयोजित यो सम्मेलन सोमबारसम्म जारी रहनेछ । सम्मेलनको सुरक्षालाई मध्यनजर गर्दै तियानजिनमा उच्च सतर्कता अपनाइएको छ । केही दिनपछि राजधानी बेइजिङमा दोस्रो विश्वयुद्धको...
फ्रान्सद्वारा प्यालेस्टिनी राज्यलाई मान्यताः इजरायल–अमेरिका असन्तुष्ट

फ्रान्सद्वारा प्यालेस्टिनी राज्यलाई मान्यताः इजरायल–अमेरिका असन्तुष्ट

म्याक्रोनले फ्रान्सको पहल ‘गाजामा भयावह मानवीय सङ्कटप्रति आक्रोश बाट प्रेरित भएको बताएका छन् । सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि सुरु भएको युद्धमा मृतक प्यालेस्टिनीको सङ्ख्या ६३...
युएई सरकारद्वारा १२० नेपालीलाई आममाफी

युएई सरकारद्वारा १२० नेपालीलाई आममाफी

संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ ।