नेभिगेशन
सबै कुरा

सिरियाली नवनियुक्त प्रधानमन्त्रीद्वारा विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कन आग्रह

लामो समयदेखि राष्ट्रपति रहँदै आएका सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेपछि प्रधानमन्त्री बन्नुभएका नयाँ सङ्क्रमणकालीन सरकारका प्रधानमन्त्रीले विदेशमा शरण लिएका नागरिकलाई स्वदेश फर्कन आह्वान गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विद्रोही समूहहरूले मार्चसम्म देश सञ्चालनका लागि सङ्क्रमणकालीन सरकार प्रमुखको रूपमा नियुक्त गरेका मोहम्मद अल–बशीरले इटालीको कोरिएरे डेला सेरा दैनिकसँगको कुराकानीमा उनले भने, “उनको पहिलो लक्ष्य ‘विदेशमा रहेका लाखौं सिरियाली शरणार्थीहरूलाई फिर्ता ल्याउनु’ हो । 

Ncell
Extreme Energy

विदेशमा रहेका नागरिकको मानव पूँजी र अनुभवले देशलाई आर्थिक रूपमा फस्टाउन सहयोग गर्ने भन्दै आफ्नो पहिलो काम विदेशमा रहेका सिरियाली नागरिकलाई स्वदेश फिर्ता गर्नु रहेको उनले बताए ।

उनले भने, “मेरो विदेशस्थित सबै सिरियालीहरूलाई एउटा अपील छस् सिरिया अब एक स्वतन्त्र देश हो जसले आफ्नो गर्व र प्रतिष्ठा कमाएको छ। फर्किनुहोस्, हामीले पुनर्निर्माण गर्नुपर्छ, पुनर्जन्म लिनुपर्छ र हामीलाई सबैको सहयोग चाहिन्छ।”

इस्लामिक नेतृत्वको विपक्षी गठबन्धनले सिरियाको राजधानी दमास्कसमा पाँच दशक लामो क्रूर शासनको अन्त्य गरेपछि असद सिरियाबाट भागेका थिए  । सिरियामा करिब १४ वर्ष लामो गृहयुद्धमा परी पाँच लाख मानिसको मृत्यु हुनुका साथै आधा जनसङ्ख्या कुनै न कुनै रूपमा विस्थापित बनेका थियो ।”

असदको पलायनसँगै देशले अहिले ठूलो अनिश्चितताको सामना गरिरहेको छ ।

साम्प्रदायिक हिंसाको बारेमा चिन्ता प्रकट भएको छ, यद्यपि विद्रोही आक्रमणको नेतृत्व गर्ने इस्लामीक समूह हयात तहरीर अल–शाम (एचटीएस) ले धार्मिक अल्पसङ्ख्यकहरूलाई नयाँ सिरियामा सुरक्षित हुने विश्वास दिलाउने प्रयास गरेको छ ।

इसाई, कुर्द र अलावीलगायत देशका विविध समुदायहरू अब बशीरले कस्तो सरकारको नेतृत्व गर्छन् भनेर पर्खिरहेका छन् ।

सिरियाको इसाई समुदायले सन् २०११ मा गृहयुद्ध सुरु भएदेखि नै असद सरकारलाई समर्थन गर्दै आएका थिए । निवर्तमान् राष्ट्रपति असद स्वयं अल्पसङ्ख्यक अलावी सम्प्रदायका थिए र उनले आफूलाई अल्पसङ्ख्यकहरूको संरक्षकको रूपमा स्थापित गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
परीक्षा धाँधली र तीव्र आन्दोलनकाबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

परीक्षा धाँधली र तीव्र आन्दोलनकाबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

राजीनामा दिएलगत्तै सामाजिक सञ्जाल एक्समा एक पत्र सार्वजनिक गर्दै धर्मेन्द्र प्रधानले यो निर्णय आफ्नो व्यक्तिगत प्रतिष्ठाको विषय नभएको उल्लेख गरेका छन्. उनले देशको युवा शक्ति नै राष्ट्रको वास्तविक...
भारतीय अभियानी सोनम वाङ्चुकले २६ दिनमा तोडे अनसन

भारतीय अभियानी सोनम वाङ्चुकले २६ दिनमा तोडे अनसन

भारतीय चर्चित वातावरण तथा शिक्षा अभियानी सोनम वाङ्चुकले २६ दिनदेखि जारी राखेको भोक हड्ताल तोडेका छन् ।
भारतमा देशव्यापी बन्दैछ विद्यार्थी आन्दोलन

भारतमा देशव्यापी बन्दैछ विद्यार्थी आन्दोलन

भारतमा चिकित्सा शिक्षाको प्रवेश परीक्षा नीटको प्रश्नपत्र लीक प्रकरण र व्यापक अनियमितताविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनले उग्र रूप लिँदै गएको छ।