नेभिगेशन
सबै कुरा

'पुष्पा २ : द रुल’ का अभिनेता सुपरस्टार अल्लु अर्जुन पक्राउ

काठमाडाैँ । टलिउडका सुपरस्टार अल्लु अर्जुन पक्राउ परेका छन् । गत डिसेम्बर ४ मा ‘पुष्पा २ : द रुल’ को प्रिमियरमा क्रममा भएको भागदौड प्रकरणलाई लिएर हैदरावाद प्रहरीले उनलाई पक्राउ गरेको हो । 

विभिन्न भारतिय सञ्चारमाध्यमका अनुसार गत डिसेम्बर ४ मा फिल्मको प्रदर्शनका क्रममा थिएटरमा भागदौड मच्चिँदा ३५ वर्षीया महिलाको मृत्यु भएको थियो । यस घटनामा प्रहरीले अल्लु अर्जुन र थिएटर व्यवस्थापनविरुद्ध मुद्दा दर्ता गरेको थियो । सोही प्रकरणमा शुक्रबार अल्लु अर्जुन पक्राउ परेका हुन् ।

‘पुष्पा २ : द रुल’ले विश्वभरका थिएटरमा धुम मच्याइरहँदा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका अर्जुनलाई  हैदराबादको चिक्कडपल्ली प्रहरी चौकीमा लगिएको छ । 

डिसेम्बर ४ मा ती महिलाको मृत्यु भएपछि अल्लु अर्जुन र उनको टोलीले महिलाको मृत्युमा शोक व्यक्त गरेका थिए। त्यस्तै उनीहरुले मृतकको परिवारले भेटेर २५ लाख रुपैयाँ दिने घोषणासमेत गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विजयको बुबाआमा भन्दै उहाँहरूलाई गरिने सम्मानलाई शब्दमा व्यक्त गर्न सक्दिनः विजय बराल

विजयको बुबाआमा भन्दै उहाँहरूलाई गरिने सम्मानलाई शब्दमा व्यक्त गर्न सक्दिनः विजय बराल

घरेलु बजारको आकार बढाउने उक्त चलचित्रको सफलताको श्रेय अभिनेता बरालले प्राप्त गर्नुका कारण उनको केन्द्रीय भूमिका थियो । उक्त चलचित्रमा अभिनेता बरालले पूर्णबहादुर गन्धर्वको भूमिका निर्वाह गरेका छन्...
युट्युबमा तीज गीतको लहर

युट्युबमा तीज गीतको लहर

‘दाइ र भाइले पिपलगेडी खाको मैले छाम्दा गोजी रित्तै भाको...’
लोकप्रिय गायिका विष्णु माझीको नयाँ तीज गीत ‘मत नराउरी’ सार्वजनिक

लोकप्रिय गायिका विष्णु माझीको नयाँ तीज गीत ‘मत नराउरी’ सार्वजनिक

नेपाली लोकसंगीतको क्षेत्रकी चर्चित र लोकप्रिय गायिका विष्णु माझीको नयाँ तीज गीत ‘मत नराउरी’ सार्वजनिक भएको छ। तीज पर्वको माहोलमा युट्युबमार्फत सार्वजनिक भएको यस गीतले चेलीबेटीको मनको कुरा,...
‘मैले तयार गरेको गीतहरु आफैँले प्रयोग गर्न नपाउँदाको पीडालाई शब्दमा कसरी बयान गरूँ ?’ : गायक अनिल सिंह

‘मैले तयार गरेको गीतहरु आफैँले प्रयोग गर्न नपाउँदाको पीडालाई शब्दमा कसरी बयान गरूँ ?’ : गायक अनिल सिंह

“मैले तयार गरेको अडियोहरू म आफैँले प्रयोग गर्न नपाउँदाको पीडालाई शब्दमा कसरी बयान गरूँ । मैले श्रव्यदृश्य निर्माणका लागि ती गीतहरू दिएको थिएँ, तर अहिले म आफैँले ती...

भर्खरै