नेभिगेशन
सबै कुरा

माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक पुस २१ गते बस्ने

काठमाडाैँ । नेकपा माओवादी केन्द्रले उपनिर्वाचनको परिणामले दुई दलीय व्यवस्थालाई खण्डित गरेको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकले उपनिर्वाचनमा उत्साहपूर्ण नजिता आएको र अहिलेको नजिताले दुई दलीय व्यवस्थालाई खण्डित गरेको निष्कर्ष निकालेको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

त्यस्तै सत्तातिर नभई जनतातिर फर्कनुपर्छ भन्ने जनताको सन्देश प्राप्त भएको उनले बताए । चुनावी नतिजाले सुशासन, सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण गर्ने लगायतका बिषयमा सरकारका प्रति जनताले निशारा प्रकट गरेको पार्टीको ठहर रहेको प्रवक्ता सापकोटाको भनाइ छ ।

त्यस्तै बैठकले केन्द्रीय समिति बैठक पुस २१ गते बस्ने गरि मिति तय गरेको छ । यसअघि पुस २ गतेदेखि सुरु हुने भनिएको बैठक खवरदारी सभा र पालीका सम्मेलन मंसिर मसान्तभित्र सम्पन्न हुन नसकेकाले केन्द्रीय समिति बैठक पुस २१ गतेदेखि बस्नेगरि तय भएको प्रवक्ता सापकोटाले बताए । 

केन्द्रीय समितिको तयारीका लागि स्थायी कमिटी बैठक पुष १८, १९ र २० गते बस्ने उनले जनाए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...