नेभिगेशन
सबै कुरा

सरकार परिवर्तन हुने हल्ला मात्रै हुन्, कुनै सम्भावना छैनः गृहमन्त्री लेखक

चितवन । गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको दाबी गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चितवनमा पत्रकारहरुसँग कुरा गर्दै लेखकले सरकारको स्थायित्वनै कमजोर भएको अवस्थामा स्थिर सरकार गठन, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक गतिविधिलाई अघि बढाउने, मुलुकको अर्थतन्त्र लयमा ल्याउन, विकास निर्माणलाई गति दिन नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनेको बताए । यो सरकार परिवर्तन हुने कुनै सम्भावना नभएको भन्दै उनले भने , “कांग्रेस र एमालेबीचमा सहमति भएको छ, २०८४ सालसम्म त्यही सहमतिअनुसार हामी अघि बढ्छौँ ।” दुई दलबीचमा कुनै समस्या नरहेको दाबी गर्दै उनले सरकार परिवर्तन हुने भन्ने हल्ला हल्ला मात्रै भएको बताए ।

Ncell
Extreme Energy

गृहमन्त्री लेखकले संविधान संशोधन सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशीतालाई बलियो बनाउनका लागि गर्न लागिएको बताए । उनले भने, “संविधान संशोधनको विषयमा प्रारम्भिक छलफल सुरू भएको छ । संशोधन दुईवटा दलले मात्रै गर्ने होइन ।” 

संविधानको अभ्यासको विषयमा समीक्षा, संविधानको अभ्यास  गर्ने क्रममा देखिएका सबल पक्ष र दुर्वल पक्षलाई हेरेर सबै राजनीतिक पक्षसँग वार्ता छलफल गरेर सबैको सहमतिका साथ संविधान संशोधन गर्ने उनले बताए । 

उनले थपे “संविधान संशोधनका लागि कसै न कसैले त पहल गर्नु पर्‍यो । प्रारम्भिक छलफल भएको छ । सबै दललाई समेटेर संविधान संशोधन गर्छौँ ।” - रासस


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपा सचेतक धितालले यी दुई विषयमा सरकारलाई दिइन् धन्यवाद

रास्वपा सचेतक धितालले यी दुई विषयमा सरकारलाई दिइन् धन्यवाद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभामा उठाएको विषय र पछिल्लो बाढीमा जनधनको ठूलो क्षति हुन नदिन अपनाएको सावधानीका लागि सरकारलाई...
चोलेन्द्र प्रकरणमा प्रचण्डको प्रतिक्रिया– छोरी पिटेर बुहारी तर्साउने नियत

चोलेन्द्र प्रकरणमा प्रचण्डको प्रतिक्रिया– छोरी पिटेर बुहारी तर्साउने नियत

उनले भने– ‘यदि साँच्चिकै सुरक्षा थ्रेट थियो भने पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाइदिनु पर्थ्यो।’
विपक्षीले सोधे– चोलेन्द्रलाई किन पक्राउ गरेको ?

विपक्षीले सोधे– चोलेन्द्रलाई किन पक्राउ गरेको ?

विपक्षी दलका सांसदहरुले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।

भर्खरै