नेभिगेशन
सबै कुरा

बङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस

अपदस्थ नेत्री शेख हसिनाको शासनकालमा भएको दुव्र्यवहारको छानबिन गरिरहेको बङ्गलादेशको एक आयोगले बहुचर्चित सशस्त्र प्रहरी एकाइ भंग गर्न सिफारिस गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

गत अगष्ट ५ मा विद्यार्थीको नेतृत्वमा भएको विद्रोहका कारण  ढाकास्थित प्रधानमन्त्रीको कार्यालयबाट ७७ वर्षीया हसिना हेलिकप्टरबाट छिमेकी मुलुक भारततर्फ भागेपछि छानविनका लागि बनेको आयोगले उक्त सिफारिस गरेको हो । 


उनको सरकारमाथि सयौँ राजनीतिक विरोधीहरूको गैरन्यायिक हत्या र सयौँको गैरकानुनी अपहरण र बेपत्ता पार्नेलगायत व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लगाइएको छ ।


कामचलाउ सरकारले गठन गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले रेपिड एक्सन बटालियन (आरएबी) ले बेपत्ता पार्ने कार्यमा हसिना र अन्य पूर्ववरिष्ठ अधिकारीहरू संलग्न रहेको प्रारम्भिक प्रमाण फेला पारेको जनाएको छ।


सन् २०२१ मा हसिनाको १५ वर्ष लामो शासनकालमा भएका केही सबैभन्दा खराब मानव अधिकार उल्लङ्घनमा दोषी ठहरिएको रिपोर्टको जवाफमा संयुक्त राज्य अमेरिकाले आरएबी अर्धसैनिक प्रहरी बललाई यसका सात वरिष्ठ अधिकारीहरूसहित प्रतिबन्ध लगाएको थियो।


आयोगका सदस्य नुर खान लिटनले एएफपीसँग भने, “आरएबीले कहिल्यै पनि कानूनको पालना गरेको छैन र बलपूर्वक बेपत्ता पार्नु, गैरन्यायिक हत्या र अपहरणका घटना समावेश यसको ज्यादतीका लागि विरलै जवाफदेही ठहरिएको छ ।


आयोगले आफ्नो प्रारम्भिक प्रतिवेदन अन्तरिम सरकारका नेता मोहम्मद युनुसलाई बुझाएको छ ।


बङ्गलादेशको सबैभन्दा ठूलो राजनीतिक दलमध्येको एक बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले पनि आरएबीको खारेजीको माग गरेको छ ।


बीएनपीका वरिष्ठ नेता एम. हफिजुद्दिन अहमदले भने, “आरएबी यति विकृत छ कि छ कि यसलाई सुधार गर्न नै सकिँदैन ।


उनले भने, “मेडिकल अध्ययनअनुसार कुनै बिरामीलाई ग्यागरिन हुन्छ तब त्यसको एक मात्र उपाय भनेको प्रभावित अङ्ग काट्नु हो ।”


सन् २००४ मा न्यायिक प्रणाली निकै सुस्त भएको देशमा द्रुत परिणाम प्रदान गर्ने उपायका रूपमा ‘एलिट पुलिस युनिट’को सुरुवात गरिएको थियो ।


यो एकाइले गैरन्यायिक हत्याका लागि गम्भीर प्रतिष्ठा कमाएको थियो र अपहरण र हत्याको माध्यमबाट असहमतिलाई दबाएर हसिनाको राजनीतिक महत्वाकाङ्क्षालाई समर्थन गरेको आरोप लगाइएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
स्ट्रेट अफ होर्मुज खोल्न इरानले अघि सारेको प्रस्ताव ट्रम्पले गरे अस्वीकार, इरानको कडा प्रतिक्रिया

स्ट्रेट अफ होर्मुज खोल्न इरानले अघि सारेको प्रस्ताव ट्रम्पले गरे अस्वीकार, इरानको कडा प्रतिक्रिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज सात दिनभित्र खोल्न इरानले अघि सारेको प्रस्ताव अस्वीकार गरेका छन् । इरानले यसमा कडा प्रतिक्रिया जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तान आमनेसामने

संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तान आमनेसामने

भारतले शनिवार संयुक्त राष्ट्रसङ्घीय महासभामा पाकिस्तानद्वारा व्यक्त भनाइप्रति कडा आपत्ति जनाएको छ ।
ओपनएआईले अष्ट्रेलियाको सरकारी वेबसाइट ह्याक गरेको भन्दै छानबिन कार्यदल गठन

ओपनएआईले अष्ट्रेलियाको सरकारी वेबसाइट ह्याक गरेको भन्दै छानबिन कार्यदल गठन

ओपनएआईको एक एआई एजेन्टले गत जुन महिनामा अष्ट्रेलियाको सरकारी स्वास्थ्य डेटा पोर्टलमा अनधिकृत पहुँच (ह्याक) पुर्‍याएको अष्ट्रेलिया सरकारले बिहीबार जानकारी दिएको छ ।
चीनले नेपाललाई एआईयुक्त मौसम पूर्वसूचना प्रणाली हस्तान्तरण गर्‍यो

चीनले नेपाललाई एआईयुक्त मौसम पूर्वसूचना प्रणाली हस्तान्तरण गर्‍यो

चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता सुधार्न सहयोग पुर्‍याउने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’को नेपालका लागि तयार पारिएको संस्करण हस्तान्तरण गरेको छ...

भर्खरै