नेभिगेशन
सबै कुरा

गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मुलुक सङ्कटमा पर्दा नेपालका ठूला दल नेपाल कम्युनिष्ट पार्टी(एमाले) र नेपाली कांग्रेस सधैँ एकजुट भएर निकास दिएको दाबी गरेका छन् । 

राइनास नगरपालिका–८ तार्कुघाटस्थित वीरभक्ति माध्यमिक विद्यालयको ५७औँ वार्षिकोत्सव तथा ५१औँ अभिभावक दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकार ढलिहाल्छ कि भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरे ।

 

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरूङले भने, “तपाईंहरूलाई धेरै भ्रम फैलाइएको छ होला, कि सरकार फेरिन्छ, भनेर । मन्त्रीहरू फेरबदल हुन सक्लान् तर, कांग्रेस र एमालेको सरकार रहिरन्छ ।” गठबन्धन सरकारबीचको यो समझदारीमा तलमाथि नहुने स्पष्ट पारे ।


“हाम्रो यो गठबन्धनको सरकार तीनै वर्ष चल्छ”, मन्त्री गुरुङले भने, “विसं २०८४ को चुनाव सम्पन्न गरेर मात्रै यो सरकार आ–आफ्नो बाटो लाग्छ ।” 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...