नेभिगेशन
सबै कुरा

इजरायलबाट विद्यार्थीको गुनासो : सरकार र दूतावासले झूटो प्रचार गरे, हामी अझै असुरक्षित छौँ

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इजरायलको जोखिममा रहेका विद्यार्थीले आफूहरू सुरक्षित रहेको भनेर दूतावासले भ्रम छरेको गुनासो गरेका छन् ।

Ncell
Extreme Energy

सोमबार साँझ इजरायलस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दै इजरायलको उत्तरी क्षेत्रमा जोखिममा रहेका ७२ नेपाली विद्यार्थीको उद्धार गरि अझ सुरक्षित स्थानमा सारिएको बताएको थियो । साथै गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेको ५५ नेपाली विद्यार्थीलाई इजरायली सुरक्षा संयन्त्रबाट उद्धार गरि सुरक्षित स्थानमा लगेको थियो ।


तर इजरायलमा रहेका विद्यार्थी सुरज भण्डारीले फेसबुकमा सबै असुरक्षित स्थानमा रहेको भन्दै दूतावासले गलत समाचार प्रचार गरेको गुनासो गरेका छन् । साथै उनले नेपाल फर्काउन नसक्ने भए अन्य मुलुकमा भएपनि पुर्याउन आग्रह गरेका छन् ।

यस्तै इजरायलको कादेश बर्नियामा रहेका निर्मल गुरागाँईका अनुसार अहिले सुरक्षित भनिएको ठाँउ समेत सीमा क्षेत्रबाट ५ सय मिटरको दूरीमा मात्रै रहेको छ । साथै उनीहरू टिनको छानामुनि बसिरहेका छन् भने लुक्ने बंकर समेत छैन । उनले लेखेको छन् सुरक्षित भनिएको ठाँउमा सबैभन्दा असुरक्षित महसुस भैरहेको छ, सीमाबाट ५ सय मिटर दुरीमा रहेको बसिरहेको ठाँउमा कङ्क्रिटको छानो छैन, लुक्ने बंकरपनि छैन । सरकार र दूतावासले बुझिबुझि बुझ पचाएको गुनासो गर्दै भ्रामक कुराले देश बस्नेको आँट टाल्न सकिएपनि विद्यार्थीको मन टाल्दैन

 

दूतावासले जारी गरेको विज्ञप्तिमा नेपाल फर्कन इच्छुक नेपाली नागरिकहरूको स्वदेश फिर्तीका लागि ३५० जनाले विवरण बुझाएको जनाएको छ । उनिहरुको सुरिक्षत स्वदेश फिर्तीको प्रक्रिया सुरु गरेको दूतावासले प्रक्रिया के हो भन्ने खुलाएको छैन । फारम भरेका विद्यार्थीहरुले फारम भरेपछि फर्किने बारेमा कुनै जानकारी नगराइएको बताएका छन् । सरकारले नेपाल फर्काउने प्रचार गरेपनि दूतावासमा फोन गर्दा कर्मसियल फलाइटहरु चलिरहेको छ भन्ने जवाफ आएको गुनासो गरेका छन् । यसका लागि टिकट कसले काट्ने भन्नेमा दूतावासमा दुबिधामा देखिएको छ । इजरायलको नेतिभोतको कृषि फार्मबाट सोमबार उद्धार गरि सुरक्षित स्थान मानिएको रामत नेगेभको कृषि फार्ममा राखिएका नेपाली विद्यार्थीले फेसबुकमा सार्वजनिक भिडियोमा जे भने :

"हामी सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरूलाई सोमबार रातिबाट रामेत नागेभको कृषि फार्ममा ल्याएर राखिएको छ । हामी तलबाट आउने आतङ्ककारीलाई होल्ड गर्न सक्छौं । माथिबाट आउने मिसाइल हो । साथीहरू भए जस्तै पनि हुन सक्छ । बाँच्न पनि सकिन्छ । मर्न पनि सकिन्छ । दूतावासमा फोन गर्दा हरेक समय चनाखो भएर बस्नु भनेको छ । हामीसँगै ल्याएको कम्बोडिया र थाइल्यान्डका नागरिकलाई सोमबार नै उद्धार गरेर लागिसके । चार दिन भइसक्यो बैठक बस्दैछौं भनिरहेको छ सरकार । प्राथमिकता केलाई दिने भन्ने कुरा नै देशको सरकारले छुटाउन सकेको छैन । अहिले बैठक त बसिरहेको छ । त्यो बैठकले साथीहरुको मूल्यमात्रै तोकिरहेको छ । कहिले आठ लाख भनेको छ । कहिले १० लाख भनेको छ । तर, हामी जुन तरिकाले शारीरिक र मानसिक तरिकाले गुज्रिरहेका छौं । भलै, दुई दिन अगाडिसम्म खाना पाएका थिएनौं । अहिले खाना खान पाएका छौं । त्यो फरक कुरा हो । जुन तरिकाले समाचार पढिरहेका छौं । त्यो कठिनाई छ । यसको पनि ख्याल गरिदिनुहोला । दूतावासलाई फोन गर्दा कमर्सियल विमानहरु चलिरहेको छ भन्छ । यसको लागि पैसा चाहिने रहेछ । यो पैसाको जिम्मेवारी कसले लिने भन्ने कुरा आएको छ । पैसा हाल्नु पर्ने भए हामी तयार छौं । सरकारले पैसा हाल्न सक्तैनौं भन्नुप¥यो । पैसा हाल्न नसक्ने भए आज साँझभित्र नै हामीलाई सूचना प्रदान गर्नुप¥यो । हामीलाई जहिल्यै पनि मानसिक, इमोसनली बलियो हुनुपर्छ भनेर सबैले भनिरहेका छन् । आफूले सकेसम्म शतप्रतिशत दिइसकेका छौं । अब ५ दिन भइसक्यो, बमको आवाज गर्जेको गर्ज्यै छ । यो ठाउँ अहिलेको लागि सेफ हो । यो बमको आतंक कम भएको ठाउँमा रिलोकेट गरेको मात्रै हो । एउटा ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गरेको मात्रै हो । हामी पूर्णरुपमा सुरक्षित छैन । अब १६ अक्टोबरबाट उडानहरु कतैबाट पनि बाहिर जान नदिने कुराहरु चलिरहेको छ । इजरायलका मान्छेहरुलाई बिदामा दुई÷तीन महिनाको लागि बाहिर जाऊ भनिरहेको छ । हामीलाई नेपाल सरकारले किन अहिलेसम्म लिन आइरहेको छैन ? हामीलाई खाना पाएको छ, बस्न पाएको छ भनेर सोध्न पर्दैन । हामीलाई यो ठाउँमा बस्नु नै छैन । हामीले साथीहरु गुमाइसक्यौं । हामीलाई जसरी नै नेपाल फर्कनु छ । अब अरु साथीहरुलाई गुमाउनु छैन ।"

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उपत्यकाको यातायात सुधार्न अघि सारिएको गुरुयोजनामा केके छ?

उपत्यकाको यातायात सुधार्न अघि सारिएको गुरुयोजनामा केके छ?

ठमाडौं उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउने लक्ष्यसहित दीर्घकालीन यातायात गुरुयोजना सार्वजनिक गरिएको छ।
अब नारायणगढदेखि बुटवलसम्मको यात्रा दुई घण्टामै, यस्तो बन्यो ६ लेनको सडक

अब नारायणगढदेखि बुटवलसम्मको यात्रा दुई घण्टामै, यस्तो बन्यो ६ लेनको सडक

नारायणगढ–बुटवल सडक दुई लेनबाट चार लेनमा विस्तार गरिएको हो । बस्ती भएका ठाउँमा छ लेन बनाइएको छ ।
एक झर पानीमै जमल डुब्नुका यी हुन् कारण

एक झर पानीमै जमल डुब्नुका यी हुन् कारण

'पानी परेपछि जमलको बाटो पार गर्नै डर लाग्छ,' उनी भन्छन्, 'कहिलेकाहीँ स्कुटी नै पल्टिन्छ कि जस्तो हुन्छ । सार्वजनिक बसमा चढ्दा अत्यधिक भीड हुन्छ, आफ्नै स्कुटी चलाउँदा दुर्घटनाको...
नेपालले आफै उत्पादन गर्न थाल्यो बिजुलीका पोल, ऊर्जामन्त्री भन्छन्: आत्मनिर्भरतातर्फ महत्वपूर्ण पाइला

नेपालले आफै उत्पादन गर्न थाल्यो बिजुलीका पोल, ऊर्जामन्त्री भन्छन्: आत्मनिर्भरतातर्फ महत्वपूर्ण पाइला

नेपालले आफै बिजुलीका पोल उत्पादन गर्न थालेको छ ।

भर्खरै