नेभिगेशन
सबै कुरा

नेपाल र कोरियाबीच टिआइपीएफ सम्झौता

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाका समकक्षी इन्क्यो च्योङबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन फ्रेमवर्क (टिआइपीएफ) सम्झौतामा हस्ताक्षर भएको छ । गणतन्त्र दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापित भएको ५० वर्ष पूरा भएका अवसरमा आज दक्षिण कोरियाको राजधानी सोलमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो ।


Dish Home
Global Ime Bank

मन्त्री भण्डारीले टिआइपीएफ सम्झौताले दुई देशबीचको कूटनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए ।

मन्त्री च्योङले दक्षिण कोरियाली कम्पनीहरुद्वारा नेपालमा जलविद्युत्, अटोमोबाइल एसेम्बललगायत क्षेत्रमा लगानी गरेको बताए । उनले टिआइपीएफ सम्झौताले दुई देशबीचको सम्बन्ध र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउने बताए । साथै विगतका सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै दुई देश एकअर्काका सहयात्री बन्नुपर्नेमा जोड दिए ।


नेपाल र कोरियाका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको सहभागिता रहेको उक्त कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीको वातावरण र अवसरहरुबारे प्रस्तुतीकरण गरे ।


यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय द्विपक्षीय व्यापार महाशाखा प्रमुख तथा प्रवक्ता बाबुराम अधिकारीले नेपालको व्यापारसम्बन्धी विद्यमान नीति तथा सो सम्बन्धमा हाल भइरहेका सुधारका विषयमा प्रस्तुतीकरण गरे ।। 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
सिफारिस
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सभामुखले एउटा सहमति गरेर अर्कै व्यवहार देखाएः मनिष झा

सभामुखले एउटा सहमति गरेर अर्कै व्यवहार देखाएः मनिष झा

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले बिहान सभामुखसँग भएको छलफलमा पहिला आन्दोलनरत दल रास्वपालाई बोल्ने दिने र अन्य प्रक्रिया अघि बढाउने सहमति भएपनि त्यसबिपरित सभामुखले आफुहरुलाई...
सभामुख विचौलियको पक्षमा उभिएः ज्ञानेन्द्र शाही

सभामुख विचौलियको पक्षमा उभिएः ज्ञानेन्द्र शाही

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै शाहीले भिजिट भिसा प्रकरणमा बिपक्षी दलको विरोध हुँदा हुँदै पनि जवरजस्त सदन चलाएर संसद र सभामुख बिचौलियाको पक्षमा उभिएकाले आफुहरुले...
एमालेसंग भएको सहमतिमा कुनै लेनदेन भएको छैनः वर्षमान पुन

एमालेसंग भएको सहमतिमा कुनै लेनदेन भएको छैनः वर्षमान पुन

आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा पुनले २ बुँदे सहमतिलाई लिएर बिभिन्न टिकाटिप्पणी हुने गरेको भन्दै यसमा कुनै लेनदेन नभएको स्पष्ट पारेका हुन् । उनले भिजिट भिसा प्रकरणमा...
संसदमा रास्वपाको विरोध जारीः वेल अगाडि पलेटी कसेर बसे सांसदहरु (तस्विरहरु)

संसदमा रास्वपाको विरोध जारीः वेल अगाडि पलेटी कसेर बसे सांसदहरु (तस्विरहरु)

उनीहरुले रोष्ट्रम अगाडी गएर नारावाजी गरेका छन् । तर सभामुखले पेलेरै बैठक अघि बढाएपछि राप्रपा र नेकपा एकिृकत समाजवादीले यो सही नभएको बताए । राप्रपाले आफ्नै आसनमा उभिएर...