नेभिगेशन
सबै कुरा

आंशिक बन्द गरेर यसरी बनाइँदैछ मुग्लिन–नौबिसे सडकखण्ड (तस्विरहरु)

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आजदेखि एक हप्तासम्म दिउँसोमा आंशिक बन्द हुने भएको छ । सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले पुस ७ गते देखि १३ गते सम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो ।

नागढुङगा–मुग्लिन सडक योजना अन्तर्गत पश्चिम खण्ड बिहान ११ बजेदेखि दिनको २ बजेसम्म सवारी रोकेर काम गर्न लागिएको हो । सो खण्डको पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिनेछ ।

City Express

यसैगरी चितवनतर्फबाट नौबिसे छिर्ने भारी सवारीसाधन चालिसे र हलुका सवारीसाधन घाटबेसीमा रोकिनेछ । 

यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिनेछ भने मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिने छ ।









प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको हालसम्म ६१ दशमलव छ प्रतिशत भौतिक प्रगति भएको छ भने वित्तीय प्रगति ५१ दशमलव एक प्रतिशत रहेको आयोजना...
निर्माणाधीन मितेरी पुल दसैँ अघिनै सम्पन्न हुने

निर्माणाधीन मितेरी पुल दसैँ अघिनै सम्पन्न हुने

आफ्नो तर्फको भागमा पुल निर्माणसम्बन्धी काम पूरा गरिसकेको चिनियाँ पक्षले नेपालतर्फको भागमा समेत पिलर राख्ने भुइँ सहतको ढलान गर्ने काम आज सम्पन्न गरेसँगै अब छिट्टै पुल बन्ने भएको...
एनसेलमा तोडफोड, आगजनी र डकैती गर्नेहरुकाे सिसिटिभी फुटेजसहित प्रहरीमा उजुरी

एनसेलमा तोडफोड, आगजनी र डकैती गर्नेहरुकाे सिसिटिभी फुटेजसहित प्रहरीमा उजुरी

प्रहरीमा दिइएको उजुरी अनुसार कम्पनीले घटनामा पुगेको क्षतिको विवरण तथा लुटिएका सम्पत्तिको सूची प्रहरीलाई उपलब्ध गराएको छ । साथै, घटनाको क्रममा कैद भएका सम्पूर्ण सिसिटिभि फुटेज पनि अनुसन्धानलाई...
खानेपानी मन्त्रालयका कामकाज नियमित सञ्चालनमा

खानेपानी मन्त्रालयका कामकाज नियमित सञ्चालनमा

परिस्थिति सामान्य बन्दै गएपछि सोमबार देखि मन्त्रालय र मातहतका सम्पूर्ण निकायको काम नियमित रुपमा सञ्चालन भएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले राससलाई जानकारी दिए । उनले भने, “यही भदौ...