नेभिगेशन
सबै कुरा

बाबुछोराको मृत्यु प्रकरण : फरार छोराले आफूले हत्या गरेकाे स्विकार्दै प्रहरीसामु गरे आत्मसमर्पण

काठमाडौँ । भक्तपुरको बालकोटमा सोमबार मृत भेटिएका बाबुछोराको हत्या आफूले गरेको भन्दै जेठा छोराले प्रहरीसामू आत्मसमर्पण गरेका छन् । उनले काठमाडौँको महाराजगञ्जस्थित प्रहरी वृत्तमा पुगेर आत्मसर्पण गरेको प्रहरीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय कुलप्रसाद आचार्य आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य सोमबार बिहान भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित भाडाको घरमा मृत फेला परेका थिए । 

Ncell
Extreme Energy

दिक्तेलबाट २ छोरा भाडामा बसेको कोठामा आएका कुलप्रसाद र कान्छो छोराको हत्या गरेको अवस्थामा फेला परेका थिए भने जेठा छोरा मिलन आचार्य भने सम्पर्कविहिन थिए । 

मिलनले नै बाबु र भाईको हत्या गरेर फरार भएको निष्कर्शसहित प्रहरीले खोजी तिव्र पारेपछि मिलन मंगलबार बिहान महाराजगञ्ज प्रहरी वृत्त पुगेर आत्मसमर्पण गरेको महाराजगन्ज प्रहरीले जनाएको छ । 

मिलनलाई सोधपुछपछि जिल्ला प्रहरी परिसर भक्तपुरको जिम्मा लगाउने तयारी भएको वृत्तका एक अधिकृतले बताए ।  


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...

भर्खरै