नेभिगेशन
सबै कुरा
बालकोट हत्या प्रकरणः

जेठो छोराले बाबु र भाई मारेको खबर पत्याउन सकिरहेकी छैनन् रेजिना, भन्छिन, “छोरोकै मुखबाट सुन्न चाहन्छु”

भक्तपुर । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख भएपछि ५६ वर्षीय कुलप्रसाद आचार्यलाई राज्यले सरकारी स्कुटर उपलब्ध गरायो । तर सवारी चालक अनुमति पत्र भने थिएन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसैले कार्यालय जानआउन सहजताका लागि स्कुटरको लाइसेन्स अर्थात सवारी चालक अनुमति पत्रको परीक्षा दिन गत मङ्सिर २८ गते बिदा लिएर भक्तपुर आएका थिए दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका स्थायी बासिन्दा निमित्त कार्यालय प्रमुख आचार्य । तर सवारी चालक अनुमति पत्र लिने धोको पूरा गर्न नपाउँदै सधैँको लागि अस्ताए।

Extreme Energy
citizen life

सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित भाडाको घरको भुईँतलामा कोठाभित्र मृत अबस्थामा फेला परेका बाबु कूलप्रसाद र कान्छो छोरा २२ वर्षीय प्रवीण आचार्यको हत्या अभियोगमा प्रहरीले जेठा छोरा मिलन भन्ने रुपेश आचार्यलाई मङ्गलबार काठमाडौँ महाराजगञ्जबाट पक्राउ गरेको छ ।

सोमबार बिहानसम्म कोठा नखोलेको, परिवारका कोही पनि बाहिर नदेखिएको र मोवाइलसमेत सम्पर्क नभएपछि सोमबार बिहान प्रहरीलाई खबर गरी कोठाको ताल्चा फुटाएर भित्र पस्दा बाउ–छोरा  छुट्टाछुट्टै कोठामा मृत अबस्थामा भेटिएका थिए । 

कुलप्रसादको हत्यापछि सिरक ओढाएको र भान्छा कोठामा सुतेका प्रवीणको भने बिभत्स तरिकाले टाउँकोमा सिलौटाले प्रहार गरी अनुहारनै चिन्नै नसकिने अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ ।

बालकोटस्थित कान्छो छोरा एकनाथको घरमा बस्दै आएका मृतक कुलप्रसादका बुबा ८२ वर्षीय खडानन्द आचार्य, आमा ७६ वर्षीय तुलसा आचार्य र घट्नापछि दिक्तेलबाट बालकोट आइपुगेकी मृतक कुलप्रसादकी पत्नी रेजिना आचार्य मात्रै होईनन्, आचार्यको सिङ्गो परिवार र आफन्तजन सोमबार देखिनै शोकाकुल बनेका छन् ।

मङ्गलबार साँझ पशुपति आर्यघाटमा बाबुछोराको एकैपटक दाहसंस्कार गर्दा परिवार र आफन्तको शोक निकै पीडादायक थियो । ८२ वर्षीय खडानन्दले आफ्नै छोरा र नातिलाई दागबत्ति दिएर कोरा बारेर किरिया बसेपछिको पीडा पनि परिवार र आफन्तका लागि निकै कठिन बनेको देखिन्थ्यो ।

घर झगडा कहिल्यै नसुनेको, परिवारभित्र कलह कहिल्यै नरहेको, माया र स्नेहमै अगाडि बढिरहेको अबस्थामा माया गर्ने आफ्नै बाबु र भाइको बिभत्स तरिकाले कसरी हत्या गर्नसक्छ भन्ने प्रश्नले यो परिवारलाई पटकपटक चिमोटिरहेको बताउनुहुन्छ मृतक परिवारका आफन्त दीपक पाण्डे ।

कान्छो छोराको घरमा बस्दै आएका बुबा खडानन्द र आमा तुलसासँगै थिए गत शनिवार साँझसम्म कुलप्रसाद । साँझ जेठो छोराले मासु बनाएको छु बाबा खाना खान आउनुस् भनेर बोलाएपछि झोला बुबाआमा सुत्ने कोठामै छाडेर छोराहरुको कोठामा पुगेका थिए । बुबा र दुईभाइ छोराले शनिबार बेलुकाको खानासँगै खाएको तर अचानक राति यस्तो दुःखद घट्ना कसरी भयो ? किन भयो ? मृतकका परिवारजनले अहिले यही प्रश्न बारम्बार गरिरहेका छन् ।  

शनिवार नातिको कोठामा जाँदा छोराले छाडेर गएको झोला हरेर बुढी आमा तुलसाको आँखा ओभाएका छैनन् । अर्कोतिर छोरा र नातिको अकास्मात भएको मृत्युको पीडाले बुबा खडानन्द छटपटाइरहेका छन् । मृतक कुलप्रसादकी पत्नी रेजिनाको आँसु रोकिएको छैन । “मेरो जेठोले आफूले अति माया गर्ने बुबा र भाइका हत्या ग¥यो भनेर मैले कसरी पत्याउनु, मेरो छोरालाई मेरो अगाडि ल्याउ, म उसकै मुखबाट सुन्न चाहन्छु ।” भन्दै भावविव्हल बनेकी रेजिनालाई सम्हाल्न सक्ने अबस्था नरहेको पाण्डे बताउँछन् । यतिखेर मृतकका आफन्तजनलाई पीडित आचार्य परिवारलाई संहाल्न सकस परेको छ ।

परिवारका अनुसार ध्यान, अध्ययन र कलाकारितामा सक्रिय जेठो छोरा मिलन आफन्त र पारिवारिक भेटघाट तथा रमाउँथे । सबैको प्यारो बन्दै आएका मिलनले तयारी गरिरहेको लोकसेवाको परीक्षामा असफल भएपछि त्यसको पीडा भने उनलाई थियो । कान्छो छोरा प्रवीण सूचना प्रबिधिमा स्नातक अध्ययन गरिरहेका थिए । बिभिन्न प्रतियोगिताहरुमा भाग लिने उनी मोडलिङमा पनि जम्दै थिए । मृतक कूलप्रसादका भाइ माधवले मोडलिङमा अगाडि बढेका प्रवीणले केही म्युजिक भिडियोमा अभिनय गरेका जानकारी दिँदै स्नातक तहको अध्ययनपछि अमेरिकामा थप अध्यनका लागि जाने तयारी गरेको बताए ।

मृतक आचार्यकी जेठी छोरीको ललितपुरको लुभुमा बिवाह भएर जीवन अगाडि बढिरहेको र कान्छी छोरी गएको तिहार मानेर पत्रकारितमा स्नातकोत्तर अध्ययनका लागि अष्ट्रेलिया गएकी थिइन् । शिक्षिकाबाट अवकासप्राप्त मृतककी पत्नी रेजिना पनि पछिल्लो समय राजनीतिमा सक्रिय रहँदै आएकी थिइन् । उनी नेकपा एमाले खोटाङ जिल्ला सदस्य तथा अखिल नेपाल महिला सङ्घमा सक्रिय रहेको नेकपा एमालेले जनाएको छ । मृतकका भाइ माधव छोराछोरीलाई पढ्न र उनीहरुको भविश्य बनाउने विषयमा दाजुभाउजूले कुनै कमीकन्जुस्याईं नगरेको बताउँछन् ।

घट्ना हुनुभन्दा दुई दिन अघिमात्रै कुलप्रसादलाई जेठो छोरा मिलनले बुबा कुलप्रसादलाई शिक्षण अस्पताल महाराजगञ्ज लगेर स्वास्थ्य जाँच गराएर आएको र गत शनिवार पनि साथीसँग क्रिकेट हेरेर फर्किएका थिए । तर त्यही दिन राति किन त्यस्ता घट्ना भयो ? परिवार र आफन्तले यसको जवाफ अझै पाउन सकेका छैनन् ।

पक्राउपछि मिलन भन्ने रुपेश आचार्यलाई थप अनुसन्धानसहित कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी परिसर भक्तपुरमा ल्याएर कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको भक्तपुर जिल्लाका प्रहरी उपरीक्षक माधवप्रसाद बढाथोकीले जानकारी दिए ।

प्रहरी बृत्त थिमिमा जाहेरी दिन र घटनाको सत्यतथ्यको गहिराइमा पुगेर अनुसन्धानको माग गर्न पगेका मृतकका परिवारजन र आफन्तले जाहेरी दिएका छन् । प्रहरीका अनुसार आफ्नै बाबु र भाइका कारण तनाव महशुस भइरहेको र लोक सेवा आयोगको परीक्षा असफल भएपछि झनै तनाब बढेकाले दुबै जनाको हत्या गरेपछि आफूले पनि आत्महत्या गर्न खोजेको तर नसकेपछि फरार भएको भन्ने बयान मिलनबाट आएको छ ।

यसैगरी शनिवार राति बुबा र भाइको हत्या आइतबार बिहान करिब ३ बजेतिर कोठामा ताल्चा मारेर बाहिरिएको र स्कुटर लिएर गएपछि प्रहरीले चौतर्फी खोजी गर्नेक्रममा मङ्गलबार महाराजगञ्जमा मिलनलाई पक्राउ गरी उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दाजुभाईको हत्या गरिएको अवस्थामा शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए अपराधको सूचना

दाजुभाईको हत्या गरिएको अवस्थामा शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए अपराधको सूचना

“आर्थिक लेनदेनका सम्बन्धमा उत्पन्न विवाद हुँदा उनीहरूको हत्या गरेर आफू फरार भएको भनी ती व्यक्तिले दिएको सूचनाको आधारमा शव बरामद भएको छ”, प्रनाउ लामाले भने, “अहिले ती व्यक्तिको...
पक्राउ पर्ने सूचनापछि भागेका इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ सिन्धुलीबाट पक्राउ

पक्राउ पर्ने सूचनापछि भागेका इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ सिन्धुलीबाट पक्राउ

निजी क्षेत्रको स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राकिरणले नियन्त्रणमा लिएको अवस्थामा उक्त सम्पत्तिमा सरकारी हक टुटाएर लिलामी प्रक्रियामा संलग्न भएको...
श्रममन्त्रीको सचिवालयमा नियुक्ति पाएका व्यक्ति अपरहरण कसुरमा पक्राउ, १० दिनअघि नै निष्काशन गरिएको  दाबी

श्रममन्त्रीको सचिवालयमा नियुक्ति पाएका व्यक्ति अपरहरण कसुरमा पक्राउ, १० दिनअघि नै निष्काशन गरिएको  दाबी

यता श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयले भने आलमलाई १० दिनअघि नै निष्काशन गरिएको बताएको छ । कार्यालयमा नआउने, काम नगर्ने गरेपछि उनलाई फायर गरिएको...
ई–बिडिङको सफ्टवेयर ह्याक गरेर ३१३ वटा ठेक्का हत्याएको अभियोगमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा (भिडियो)

ई–बिडिङको सफ्टवेयर ह्याक गरेर ३१३ वटा ठेक्का हत्याएको अभियोगमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा (भिडियो)

दायर भएको मुद्दामा कालिका कन्स्ट्रक्सन कम्पनीका सञ्चालक समेत रहेका चितवनको भरतपुर महानगरपालिका १० घर भएका पूर्व सांसद तथा सहरी विकासमन्त्री विक्रम पाण्डे सहित व्यक्तिहरु रहेका छन् ।