नेभिगेशन
सबै कुरा

मधेशमा एक वर्ष सवारीसाधनको कर र जरिवानामा शत्प्रतिशत छुट

सिरहा । सवारीसाधनको कर र जरिवानामा लाग्ने शुल्कलाई मधेश प्रदेश सरकारले शत्प्रतिशत छुट दिने भएको छ । मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०८१  गत मङ्सिर १९ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियोे । 

सोही ऐनअन्तर्गत सवारीसाधनको कर र जरिवानामा शत्प्रतिशत छुटसम्बन्धी निर्णय भएको श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशका शाखा अधिकृत सुनिलकुमार शाहले जारी गरेको सूचनामा उल्लेख छ । 

City Express

यस्तै, यातायात व्यवस्था कार्यालय लहान, सिरहाले पनि आज यससम्बन्धी सूचना जारी गरेर जानकारी दिएको छ । कार्यालयका वरिष्ठ शाखा अधिकृत विनीतकुमार झाले जारी गरेको सूचनामा ऐनको दफा ३४ को उफदफा ४ बमोजिम ऐन प्रारम्भ भएको एक वर्षभित्र म्याद नाघेको सवारी दर्ता प्रमाणपत्र नवीकरण गराउँदा, सवारीसाधन कर र नवीकरण दस्तुरमा लाग्ने जरिवानामा शत्प्रतिशत छुट दिने उल्लेख छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको हालसम्म ६१ दशमलव छ प्रतिशत भौतिक प्रगति भएको छ भने वित्तीय प्रगति ५१ दशमलव एक प्रतिशत रहेको आयोजना...
निर्माणाधीन मितेरी पुल दसैँ अघिनै सम्पन्न हुने

निर्माणाधीन मितेरी पुल दसैँ अघिनै सम्पन्न हुने

आफ्नो तर्फको भागमा पुल निर्माणसम्बन्धी काम पूरा गरिसकेको चिनियाँ पक्षले नेपालतर्फको भागमा समेत पिलर राख्ने भुइँ सहतको ढलान गर्ने काम आज सम्पन्न गरेसँगै अब छिट्टै पुल बन्ने भएको...
एनसेलमा तोडफोड, आगजनी र डकैती गर्नेहरुकाे सिसिटिभी फुटेजसहित प्रहरीमा उजुरी

एनसेलमा तोडफोड, आगजनी र डकैती गर्नेहरुकाे सिसिटिभी फुटेजसहित प्रहरीमा उजुरी

प्रहरीमा दिइएको उजुरी अनुसार कम्पनीले घटनामा पुगेको क्षतिको विवरण तथा लुटिएका सम्पत्तिको सूची प्रहरीलाई उपलब्ध गराएको छ । साथै, घटनाको क्रममा कैद भएका सम्पूर्ण सिसिटिभि फुटेज पनि अनुसन्धानलाई...
खानेपानी मन्त्रालयका कामकाज नियमित सञ्चालनमा

खानेपानी मन्त्रालयका कामकाज नियमित सञ्चालनमा

परिस्थिति सामान्य बन्दै गएपछि सोमबार देखि मन्त्रालय र मातहतका सम्पूर्ण निकायको काम नियमित रुपमा सञ्चालन भएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले राससलाई जानकारी दिए । उनले भने, “यही भदौ...