नेभिगेशन
सबै कुरा

बादलमाथिको मानुङकोटबाट देखिने सूर्योदय र कुहिरो (तस्विरहरु)

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकनका लागि निकै भिड लाग्न थालेको छ । जाडो मौसम लागेसँगै मानुङकोटमा एकाबिहानै भीड बढ्न थालेको छ । प्राकृतिक सौन्दर्य दृश्यावलोकन गर्ने आन्तरिक पर्यटकले अहिले यो ठाउँ भरिभराउ देखिन्छ । डाँडामा पुगेपछि तलसम्म हेर्न मिल्ने भ्युटावर पनि बनिसकेको छ। मौसम खुलेसँगै उक्त ठाउँदेखि धौलागिरी, मनास्लु, लमजुङ, अन्नपूर्ण, माछापुछ्रेजस्ता थुप्रै हिमश्रृङ्खला देखिन्छ। दमौली बजार, मादी नदी, रिसिंग, साङ्गे खोला र दक्षिणमा सेती नदी क्षेत्र, गुणादी पनि देख्न सकिन्छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Extreme Energy

पौराणिक किम्बदन्ती अनुसार महर्षि वेद व्यासकी माता माछेगन्दसँग प्रेममा थिए महर्षि परासर। उनीसँगको प्रेमलीला अरुले नदेखुन् भन्ने हेतुले महर्षि परासरले कुहिरोको उत्पति गरेको कथन छ भने मनुङकोट डाँडाबाटै कुहिरोको उत्पति भएको हो पनि भन्ने गरिन्छ । 

काठमाडौँदेखि १६० किलो मिटर र पोखरा देखि ५५ किलो मिटर दुरी मा पर्ने मानुङकोट पुग्न तनहुँ जिल्लाको सदरमुकाम दमौलीदेखि मनुङकोट  १० किलोमीटर लामो कतै पिच कतै कच्ची बाटो छिचोल्नु पर्छ। गन्तव्यसम्म स्कुटर, बाइक, गाडीमा सजिलै पुग्न सकिन्छ। पैदल यात्री ले भने दमौली देखि करिव १ घण्टा हिँड्नुपर्छ। विशेष गरेर शुक्रबार र शनिबार बढी भीड हुने मानुङकोटमा शनिबार मात्र ५ हजारभन्दा बढी  पर्यटक पुग्ने  गरेको होटेल संचालक हरु बताउँछन् । 

खानेपानीको अभावमा विसं २०५२ साल तिर स्थानीयवासीले त्यस ठाउँ छाडेका थिए । अहिले पनि खाने पानि को भने दुख नै छ। बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ । मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन्। अहिले त्यहा बस्न र खान को लागि प्रशस्त होटेल खाजा घर समेत खुली सकेका छन् । 








प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको...
गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार काठमाडौँस्थित कस्मो एडभेन्चर कम्पनीमार्फत नेपाली पथप्रदर्शक सहित हिमाल आरोहणमा गएका उनीहरू गत असोज २९ गतेदेखि सम्पर्कविहीन भएका थिए ।
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
सौराहामा आन्तरिक पर्यटक घटे

सौराहामा आन्तरिक पर्यटक घटे

यहाँको पर्यटकीय गन्तव्य सौराहामा यस वर्षको दसैँमा अहिलेसम्म उत्साहजनक रुपमा आन्तरिक पर्यटक आएका छैनन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे आफ्नो सौराहाको होटल ल्याण्डमार्कमा बिहीबार ७५...

भर्खरै