नेभिगेशन
सबै कुरा

एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’

महोत्तरी । नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करण विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु महोत्तरीमा आज आयोजित ‘ट्रफी परेड’मा सहभागी भएका छन् । मधेस प्रदेशका सबै जिल्लामा विजयोत्सव मनाउने क्रममा आज यहाँ आइपुगेको उक्त टोलीलाई मटिहानीका नगरबासीले भव्य स्वागत गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, जनप्रतिनिधि र नगरबासीले विजेता टोलीको स्वागत गरेका थिए । विजेता टिमका खेलाडीलाई फूलका माला तथा दोसल्ला ओढाएर नगरप्रमुख मण्डलले स्वागत गर्नुभयो । खेलाडीलाई ट्रफीसहित मटिहानी नगर परिक्रमा गराइएको थियो ।

Ncell
Extreme Energy

खेलाडीको स्वागतमा मुलुककै जेठो विद्यालय राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकूल) मटिहानीका वटुकले न्यानो स्वागत गरेका थिए । नगर परिक्रमाका क्रममा गुरुकूल परिसर पुगेका जनकपुर बोल्टसका खेलाडीलाई वटुकले वैदिक मन्त्रले स्वस्तीवाचन गरेका थिए । 

मटिहानीको स्वागत ग्रहणपछि टोली आज जलेश्वर नगरपालिकातर्फ अघि बढेको थियो । जलेश्वरका नगरप्रमुख सुरेश साह सोनारले खेलाडीहरुको स्वागत गरेका थिए । नगरबासीले जनकपुर बोल्ट्सका खेलाडीलाई काँधमा बोकेर खुशी व्यक्त गरेका थिए ।

त्यस अवसरमा नगरप्रमुख सोनारले खेलमार्फत मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्ने खेलाडीलाई नगरमा स्वागत गर्न पाउँदा निकै खुसी लागेको बताए । विजयी टोली जलेश्वरबाट  एकडारा गाउँपालिका, मनराशिशवा नगरपालिका, सम्सी र सोनमा गाउँपालिकाका विभिन्न बस्तीहरुमा विजयोत्सव मनाउँदै सर्लाहीतर्फ प्रस्थान गर्नेछन् ।

जनकपुर बोल्टस्का प्रबन्ध निर्देशक निरज खतिवडाले आम नागरिकको चासो र आफूहरुले जितमा देखिएको खुसी एवं आत्मीयताबाट आफू्हरुलाई ऊर्जा मिलेको बताए ।

जनकपुर बोल्टस्ले एनपिएल जितेको खुशियालीमा मधेस प्रदेशका आठवटै जिल्लामा विजयोत्सव मनाउँदै छ । शुक्रबार धनुषाको जनकपुरधामबाट सुरु भएको ‘ट्रफी परेड’ आज महोत्तरी, सर्लाही र रौतहटमा आयोजना गरिएको हो । टोलीले आइतबार बारा र पर्सा, सोमबार सिरहा र सप्तरी पुग्ने तालिका छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चेस ओलम्पियाडमा नेपाली खेलाडीले दिँदैछन् चुनौती

चेस ओलम्पियाडमा नेपाली खेलाडीले दिँदैछन् चुनौती

उज्बेकिस्तानको समरकन्दमा सञ्चालन भइरहेको ४६औं (फिडे) चेस ओलम्पियाडमा नेपाली खेलाडीहरु पनि सहभागी भएका छन् ।
दुबईमा च्यारिटी भलिबल गरेर बाढी पीडितलाई सहयोग

दुबईमा च्यारिटी भलिबल गरेर बाढी पीडितलाई सहयोग

संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका पूर्वराष्ट्रिय भलिबल खेलाडीहरूको पहलमा दुबईमा आयोजित च्यारिटी भलिबल प्रतियोगिताबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा पठाइएको छ।
एसियाली खेलकुदमा सुस्मिता तामाङ १३औँ स्थानमा

एसियाली खेलकुदमा सुस्मिता तामाङ १३औँ स्थानमा

नेपालकी उसु खेलाडी सुस्मिता तामाङले जापानमा जारी २०औँ एसियाली खेलकुदको महिला चाङछ्वान विधामा १३औँ स्थान हासिल गरेकी छन्।