नेभिगेशन
समाज

दुबईमा च्यारिटी भलिबल गरेर बाढी पीडितलाई सहयोग

यूएई । संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका पूर्वराष्ट्रिय भलिबल खेलाडीहरूको पहलमा दुबईमा आयोजित च्यारिटी भलिबल प्रतियोगिताबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा पठाइएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्व राष्ट्रिय भलिबल खेलाडीहरू निता शाह, मुना भोम्जन र सरिता राईको पहलमा आयोजित उक्त च्यारिटी प्रतियोगिताबाट संकलित १ लाख ७४ हजार ८ सय ९० रुपैयाँ प्रधानमन्त्री राहत कोषमा पठाइएको यूएईको खेलकुद क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर तथा रेफ्री जगन अधिकारीले जानकारी दिएका छन्।

Marvel
Extreme Energy

नेपालमा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा यूएईमा रहेका नेपाली समुदाय तथा भलिबलप्रेमीहरूको सहभागिता रहेको थियो। खेलकुदलाई सामाजिक सेवासँग जोड्दै गरिएको यस पहलबाट संकलित रकम विपद्मा परेका नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतियोगिताका आयोजक निता शाह, मुना भोम्जन र सरिता राईले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण खेलाडी, सहयोगदाता, स्वयंसेवक तथा नेपाली समुदायप्रति आभार व्यक्त गरेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफूले कुनै आर्थिक लेनदेन वा अनैतिक काम नगरेको दाबी गरेका छन्।
आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन् ।
लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई अब कुन दिशामा अघि बढाउने भन्ने बहस सुरु भएको छ। वर्षौंदेखि अधुरो रहेको गुरुयोजना पूरा गर्ने, रोकिएका आयोजना...